Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

श्रम अधिकार कानुनमा छ, व्यवहारमा छैन

खबरडबली संवाददाता

काठमाडौं  । ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष धुमधामका साथ यो दिवस मनाए पनि श्रमिकका पक्षमा खासै काम हुन नसकेको गुनासो भइरहेका छन् ।  

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग गर्दै सुरु गरिएको मजदुर आन्दोलनको सम्झनास्वरूप विश्वभर यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष मे महिनाको पहिलो दिन मनाउने भएकाले यसलाई ‘मे दिवस’ भनिएको हो । 

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय ग¥यो र त्यसयता १८९० बाट विश्वभर श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा २००३ सालमा विराटनगर जुट मिलबाट श्रमिकको आन्दोलन सुरु भएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि ‘मे दिवस’ विशेष पर्वका रूपमा मनाउन थालियो ।

समान ज्याला अझै लागु भएन 

पछिल्लो श्रम सर्वेक्षण अनुसार समान कामका लागि पुरुषको तुलनामा महिलाको ज्याला ३० प्रतिशत कम छ । अधिकांश श्रम क्षेत्रमा सङ्ख्यात्मक रूपमा महिलाको सहभागिता धेरै छन् तर ज्याला भने न्यून छ । 

श्रम ऐन, २०७४ तथा नियमावली २०७५ लाई कार्यान्वयन गर्दै गत साउन १ गतेबाट श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । यसअघि मासिक १५ हजार पारिश्रमिक पाउँदै आएका श्रमिकको पारिश्रमिक वृद्धि भएर मासिक १७ हजार तीन सय रुपियाँ कायम भएको हो । कायम भएको न्यूनतम पारिश्रमिकका आधारमा श्रमिकको सञ्चय कोष, उत्पादन, सामाजिक सुरक्षा कोष तथा सामाजिक सुरक्षाको सुनिश्चितता गरिएको छ । योसँगै श्रमिकले पाउने चाडपर्व खर्च, बिदाबापतको भुक्तानी, सुत्केरी एवं सुत्केरी स्याहार खर्च र स्वास्थ्य एवं दुर्घटना बिमाबापतको रकमसमेत बढाइएको छ । 

सामाजिक सुरक्षा कार्यक्रम लागु

सरकारले ‘मर्यादित जीवन र सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा’ भन्ने नाराका साथ २०७५ मङ्सिर ११ बाट सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ । संयुक्त ट्रेड  युनियन समन्वय केन्द्र (जेटयुसिसी) अध्यक्ष योगेन्द्रबहादुर कुँवरले सामाजिक सुरक्षा योजनाको बढी आवश्यकता अनौपचारिक क्षेत्रका श्रमिकलाई आवश्यकता भए पनि त्यो वर्गलाई यस क्षेत्रमा आकर्षित गर्न नसक्नु सरकारी निकायको कमजोरी भएको बताए । 

सामाजिक सुरक्षा कोषको योजनामा हालसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी १३ लाख बढी श्रमिक आबद्ध भएकोमा सबैभन्दा धेरै साढे आठ लाख त वैदेशिक रोजगारीमा जाने रहेका छन् । 

कोषका अनुसार अनौपचारिकतर्फका २७१ जना र स्वरोजगारतर्फका ९० जना श्रमिक मात्रै आबद्ध भएका छन् । सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि औपचारिक, वैदेशिक अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकले धेरै आशा गरेका थिए तर अहिलेसम्मको अवस्था हेर्दा अपेक्षित उपलब्धि भने हासिल हुन सकेको छैन । 

नेपाल ट्रेड  युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम आन्दोलनबाट कानुनी रूपमा प्राप्त भएका उपलब्धिलाई कार्यान्वयन गर्ने कार्यमा सरकार र रोजगारदाता चुकेको बताउनुभयो । सरकारले सामाजिक सुरक्षा योजनालाई अनौपचारिक र स्वरोजगार र सरकारी करार सेवामा कार्यरत श्रमिकलाई कोषको योजनामा आबद्ध गराउन सकेमा मात्रै यस वर्षको राष्ट्रिय नारा ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने नारा सार्थक हुने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुर । मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस...

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले से...

हुरीबतासका कारण बाँकेमा विद्युत् आपूर्ति प्रभावित

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण, ...

सत्ता र शक्तिको दुरूपयोग गरी प्रतिशोध साँध्न खोजियो, विचलित हुन्नँः कैलाश सिरोहिया

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरूपयोग गरी आफूमाथि प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् ।  नागरिकता द...

अध्यादेश ल्याएर सरकार अरू पार्टी फुटाउन लागिर्नु आपत्तिजनक: रामहरि खतिवडा

काठमाडौं  । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सकि...

राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा सरकार विरूद्व मोटरसाईकल र्याली निकालेको छ । पार्टीले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे ...

कवितात्मक कथा : खेल

माेफसलकाे प्याराफिटमा बसेर हेर्दा रमणीय देखिँदाेरहेछ खेल त्रिकाेणात्मक चतुरभुजीय झेल नठगीकन ठग्नेहरूका अङ्क गणितीय खेल ! ……………………...

आफ्नो फाइल खेलेर देखाउन आरजु देउवाको चुनाैती

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिय...

उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलवारको प्रति...

कांग्रेको नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies