Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल

खबरडबली संवाददाता

एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तका मङ्लबार मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँच जानाको मृत्यु भएपछि आफुहरूको सुरक्षाका लागि भक्तजनहरूले प्रशासनसँग आग्रह गरेका छन् । 

सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणकारीको पहिचान अहिलेसम्म खुल्न सकेको छैन् । बन्दुकधारीले साँझको प्रार्थनाका क्रममा पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा आक्रमण गरेका थिए ।

हेरातका बासिन्दा मोहम्मद जमानले प्रार्थनास्थल सुरक्षित गर्न आह्वान गर्दै सरकारले सबै मस्जिदहरू सुरक्षित राख्नुपर्ने विषयमा ध्यान दिनु समग्र राष्ट्रवासीको माग भएको बताए । यसैबीच, राज्यले सुरक्षाको जिम्मा लिनुपर्ने बताउदै आगामी दिनमा नागरिकको सुरक्षाको सुनिश्चितताका लागि आग्रह गरेको अर्का बासिन्दा असदुल्ला किमेटलाई उद्धृत गरी टोलोन्यूज जनाएको छ । 

हेरात सहरको पश्चिममा रहेको जाबरियालको छिमेकमा बन्दुकधारीहरूले दुई शिया पादरीसहितका बासिन्दाहरूलाई आक्रमण गरेको पाँच महिनापछि यो अर्को आक्रमण भएको हो । उक्त आक्रमणमा दुई जना महिलासहित छ  जनाको मृत्यु भएको थियो । 

हेरातका बासिन्दाहरूले आफ्नो प्रान्तमा आक्रमण गर्ने दोषीहरूको यथाशीघ्र पहिचान गरी उचित सजाय हुनुपर्ने माग गरेका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । घटनाको अनुसन्धान जारी छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ

काठमाडौँ । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् ।  झुठ्ठा विवरण पेस गरी ना...

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी नियुक्त

काठमडौँ  । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending