Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

श्रमिक दिवसले नछोएका अनौपचारिक क्षेत्रका कामदारहरु

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित एक निर्माणस्थलमा भेटिएकी उदयपुरकी सरिता परियार आफूलाई सार्वजनिक बिदा वा अन्तर्राष्ट्रिय श्रमिक दिवसले खान लाउन नदिने ठानेर सदाझैँ नियमित काममा खटिरहेकी छिन् । 

वास्तवमै अनौपचारिक क्षेत्रका श्रमिकको पहुँच राजनीतिक उच्च र नीति निर्माणको तहमा पुग्न गाह्रो हुनेरहेछ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सार्वजनिक बिदा भए पनि अनौपचारिक क्षेत्रका श्रमिक नियमित काममै व्यस्त रहनुले यही कुराको छनक दिन्छ । 

सरकारी बिदाको दिन भए पनि दुई बच्चालाई घरमा खाजाको व्यवस्था गरेर आफू खाना बोकेर बिहानै घरबाट काममा निस्किएको परियारको भनाइ छ । “महिला भएपछि ज्यामी सिमेन्ट, बालुवा बोक्ने, तिनलाई घोल्नेजस्ता काम गर्न झन गाह्रो हुँदोरहेछ”, मध्याह्नको घाममा काम गर्दा गर्दै निधारको पसिना पुछ्दै उनले भनिन्, “भनेजस्तो काम नभए पनि यही भए पनि गर्नुको विकल्प छैन । यसमा पनि सोचे जति पैसा पाइन्नँ । दिन्छु भनेर वाचा गरिएका पैसा पनि समयमा पाइँदैन ।” 

गत महिना एक निर्माणस्थलमा गरेको कामको रु पचास हजार अझै ठेकेदारसँग लिन बाँकी रहेको र ठेकेदारले झुलाइरहेको उनको गुनासो छ । सरिताले ज्यामी काम गरेर भए पनि दुई सन्तानलाई निजी विद्यालयमा पढाइरहेकी छिन् । 

भृकुटीमण्डपमा गरिएको विशेष समारोहमा औपचारिक क्षेत्रका श्रमिक र विभिन्न दल निकट श्रम सङ्गठनका कार्यकर्ता भेला भए पनि अनौपचारिक क्षेत्रका अधिकांश श्रमिक भने आफ्ना नियमित काममै व्यस्त रहेका पाइए । दिनभरि भारी नबोकी वा काम नगरी बेलुका छाक टार्न मुस्किल पर्ने श्रमिकलाई सभा–समारोहमा कमै बोलाइन्छ । उनीहरुलाई बोलाइए पनि काम छोडेर जान मान्दैनन् । सबैको नेतृत्व गर्ने राजनीतिले नै हो तर भाषण र प्रतिबद्धताअनुसार श्रमिकका पक्षमा पर्याप्त काम नभएका कारण अनौपचारिक क्षेत्रका श्रमिकले दिवसका औपचारिक कार्यक्रममा ध्यान दिन नचाहेको पाइयो ।

मैतीदेवीमा रिक्सा चलाइरहेका सिन्धुलीका जीवन बुढाथोकी भने पुरुष भएकाले र सामान ओसारपसारको काम भएकाले प्रायः कामको  हाताहाती नै कारोबार हुने हुँदा अहिलेसम्म ठगिनु नपरेको बुझाइ छ । “कुनै दिन त कामको चाप हुन्छ । असिनपसिन भएर काम गरिन्छ । उस्तै परे रु चार/पाँच हजारसम्म कमाइ हुन्छ, कुनै दिन एक हजार पनि हुँदैन”, ढाडको समस्याका कारण आजभोलि ठूला ठूला भारी बोक्ने काम भने आफूले गर्न नसक्ने भएकाले भतिजालाई पनि साथमै ल्याएर दुई जना भएर एउटै रिक्साबाट काम गर्दै आएका छन् । 

भतिजा किरण बुढाथोकी यसअघि एक कार्यालयमा सुरक्षा गार्डका रुपमा काम गर्दथे । महिनामा रु २२ हजार पाउन आठ/नौ घण्टा उभिनुपर्ने र नचिनेका मान्छेलाई पनि ढोकामा सलाम ठोक्नुपर्ने हुन्थ्यो । त्यो काम छोडेर अहिले किरण काकासँगै ज्यामी काममा भिडेका छन् । 

अनौपचारिक क्षेत्रका श्रमिका बारेमा कानुन र नीति स्पष्ट छैन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित गर्न उनले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा अनौपचारिक क्षेत्रका श्रमिकको पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए । 

श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा सामाजिक न्याय र समृद्धि सम्भव नहुने उनको ठोकुवा रहेको छ । उच्च तहका प्रतिबद्धताको कार्यान्वयन हुने हो भने अनौपचारिक क्षेत्रका श्रमिकले सम्मानपूर्वक ज्याला पाउनेमा विवाद छैन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजै ‘कानुन’ कार्यक्रममार्फत श्रमिकलाई कानुनीरूपमा सक्षम बनाउने घोषणा गरेको छ । विसं २०८० वैशाख १ गतेदेखि अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने गरी गत मङ्सिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयले स्वीकृत गरेको थियो । यही वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेको जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending