Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

धुम्म मौसमले पर्यटनमा असर

खबरडबली संवाददाता

गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ । वायु प्रदूषणले आकाश धुम्मिएको छ । 

नजिकैका डाँडाकाँडा पनि तुँवालोले ढाकिएका छन् । हवाई उडान नियमित नहुँदा पर्यटक आगमन रोकिएको छ । लम्बिँदो सुक्खा यामका कारण डढेलो अनियन्त्रित रुपमा फैलिएको छ । पर्यटकले घुम्न रुचाउने याम यसै उराठलाग्दो बनेको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुली पुनले गत १० गतेयता घोरेपानी–पुनहिल क्षेत्रमा पर्यटकीय गतिविधि सुस्ताएको बताइन । “पदयात्राको याममा मौसम प्रतिकुल छ, हिमाल खुलेको छैन”, उनले भनिन्, “चार/पाँच दिनदेखि पोखराको हवाई सेवा प्रभावित हुँदा विदेशी पर्यटक पनि आउन पाएनन् ।” नयाँ वर्षमा पर्यटकीय चहलपहल बढेकामा त्यसयता विस्तारै पर्यटकको आउजाउ घट्दै गएको पुनले बताइन् । 

उनका अनुसार स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक घोरेपानी र पुनहिल आउने गरेका छन् । तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलबाट विश्वका १० अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धौलागिरि, मनास्लुलगायत दर्जनौँ हिमाल एकसाथ देख्न सकिने पुनले बताइन् । “असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखको गुराँस फुल्ने याममा यहाँ धेरै पर्यटक आउँछन्”, पुनले भनिन् । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले वातावरणीय प्रदूषणको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि परेको बताइन् । “पर्यटक घुम्न र ठाउँ हेर्न आउने हो अहिले मौसम खुलेको छैन, हवाई उडान पनि प्रभावित बनेको छ, सडक मार्ग पनि उस्तै छ”, उनले भने, “एक सातायता पोखरामा पर्यटकको आगमन ह्वात्तै घटेको छ ।”

बढ्दो वायु प्रदुषणले जनस्वास्थ्यसँगै अन्य मानवीय गतिविधिमा पनि असर पुर्‍याइरहको अध्यक्ष अधिकारीले बताए । चैत–वैशाखको याममा पदयात्रा गर्न विदेशी पर्यटक बढी आउने गरेकामा मौसमले चुनौती थपेको उनको भनाइ छ । प्रतिकूल मौसमकै कारण कतिपय पर्यटकले यात्रा रद्द गरेको पर्यटन व्यवसायी बताउँछन् । गत महिना बेमौसमी झरीले पदयात्रा पर्यटन प्रभावित भएकामा अहिले सुक्खा याम र तुवाँलोले पर्यटन क्षेत्र प्रभावित बनेको हो । 

दोस्रो मुख्य पर्यटकीय याममै पर्यटकीय राजधानीको मौसम कयौँ दिनसम्म धुम्म हुँदा पर्यटन व्यवसायी निराश बनेका छन् । उनीहरु मौसम खुल्ने प्रतीक्षामा छन् । गण्डकी प्रदेश वन निर्देशनालयका अनुसार गत सोमबारसम्ममा प्रदेशका चार सय ६७ स्थानमा डढेलो लागेको छ । डढेलोले प्रदेशका नौ जिल्लाको करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । 

सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका १० वटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । वायुमण्डलमा प्रदुषण बढ्नुमा डढेलोलाई प्रमुख कारक मानिएको छ । डढेलोले पर्यावरणीय स्वच्छतामा नकारात्मक असर पुर्‍याइरहेको वन अधिकृत थापाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपालका विवेक दोस्रो

काठमाडौं । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका छन् ...

विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौं । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नार...

मोरङका अस्पतालमा रगतको अभाव

बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरा...

कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने: सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।  ...

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले ...

साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ...

कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गरेका छन् । न...

जेबी ट्रान्सपोर्टमा राजश्व अनुसन्धान कार्यालय इटहरीकाे छापा

माेरङ । विराटनगर महानगरपालिका सात घुम्ती मोडमा रहेको जेबी ट्रान्सपोर्टमा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । महानगरपालिका ७ स्थित ट्रान्...

दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ

काठमाडौं । भारतको राजधानी दिल्ली राज्यमा नयाँ सरकार बनेको छ । अरविन्द केजरीवालको राजीनामापछि आम आदमी पार्टीले नेतृत्व परिवर्तन गरेको छ ।  केजरीवाल ...

एन्फा महिला लिग: पुलिसको अपराजित यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । सातौँ जित निकाल्ने क्रममा शनिबार भएको खेलमा पुलिसले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy