एजेन्सी । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको छ ।
उक्त सहयोग आर्थिक सङ्टकसँग जुध्न, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरूलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरूलाई सहयोग गर्न प्रयोग गरिने विश्व बैंकले जनाएको छ ।
परियोजना सन् २०२२ मा ग्रामीण र सहरी क्षेत्रमा आजीविका सहयोग र सेवाहरू प्रदान गर्न, महिला र सबैभन्दा कमजोरका लागि सामाजिक अनुदानलाई समर्थन गर्न र समावेशी सेवा वितरणका लागि सामुदायिक संस्थाहरूलाई सुदृढ पार्न एआरटीएफबाट २६ करोड ५० लाख डलरको अनुदानका साथ सुरु भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
अर्थ मन्त्रालयले विश्व बैंकको सहयोगलाई स्वागत गर्दै आर्थिक विस्तार र परियोजना संशोधनहरूलाई सहयोग गर्न सक्ने बताएको छ, जसको परिणामस्वरूप देशको रोजगारी सिर्जनामा योगदान पु्ग्नेछ ।
परियोजनाको कार्यान्वयनले रोजगारी सिर्जना गर्न, सहरी र ग्रामीण क्षेत्रमा सेवा वितरणमा सुधार ल्याउन तथा आप्रवासी समस्यालाई सम्बोधन गर्न सक्ने तालिबानी अर्थ मन्त्रालयका प्रवक्ता अब्दुल रहमान हबीबले बताए ।
यसैबिच, काबुलका नागरिकहरूले हालको परिस्थितिलाई ध्यानमा राख्दै अझ बढी सहयोग आवश्यक रहेको बताउदै यसलाई खुल्लारुपममा दिनुपर्ने माग राखेको टोलो न्यूजले जनाएको छ ।
अफगानीस्तानमा मानिसहरू गरिब तथा निराश्रित भई महिनामा तीन दिन मात्र काम पाउने अवस्थामा छन् । काबुलका बासिन्दा उमर अलीले आफ्नो घरमा दस जना आश्रित भएको तथा डेढ वर्षदेखि भाडाका लागि ऋणमा डुबेको बताए ।
तालिबानले अफगानिस्तानमा अधिकार पुनः प्राप्त गरेपछि विश्व बैंकसहित अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानिस्तानमा काम गर्न छोडेका छन् । यी संस्थाहरूको पुनः सञ्चालनले अफगान अर्थतन्त्रलाई बढावा दिने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: