Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

अनुकरणीय बन्दै आचार्यको व्यावसायिक कृषिकर्म

खबरडबली संवाददाता

पोखरा । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ नै केही गर्न सकिन्छ भन्ने पोखरा महानगरपालिका-३३ भरतपोखरीका युवा रमेश आचार्य यतिखेर अन्यका लागि पनि अनुकरणीय बनेका छन् । 

स्नातकसम्म्को अध्ययन गरेको उनी आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिक समेतका अनुभव सगाल्दै अहिले भने व्यावसायिक कृषिमा निरन्तर क्रियाशील बनेका हुन् । 

विगत चार वर्षअघि तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषिमा लागेका आचार्यले पोखरा महानगरपालिका-३३ स्थित सुरौदीखोला तिखेढुङ्गामा पशुपालनसँगै व्यावसायिक रुपमा तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन् ।

आफ्नो् फर्मअन्तर्गत हाल लगभग २० रोपनी क्षेत्रफलमा मकै खेती, दुई रोपनी क्षेत्रफलमा खरबुजा, काँक्रो, लसुन, प्याज आदिको खेतीसँगै २० वटा भैँसीपालन गरिरहेको उनले जानकारी  दिए । 

“फर्ममार्फत बहुउद्देश्यीय रुपमा पशुपालन तथा अन्य कृषिजन्य उत्पादन गरिरहेको छु”, उनले भने, “मैले गतवर्ष मात्रै १५ वटा लैना भैँसी बिक्री गरेको थिएँ ।” 

उनले गतवर्ष प्रति लैनो भैँसी लगभग ९५/९६ हजार  सम्ममा बिक्री गरेका थिए । व्यावसायिक कृषिमा लाग्ने हो भने जो कोहीले सामान्य रुपमा पनि मासिक ५०/६० हजारसम्मको आम्दानीका लागि विदेशिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

व्यावसायिक कृषिमा नयाँ नयाँ प्रयोग गर्न रुचाउने आचार्यले दुई रोपनी क्षेत्रफलमा लगाएको खरबुजा अब उत्पादन दिने क्रममा छ । 

अघिल्लो वर्ष परीक्षणस्वरुप १५/२० बोट लगाएका उनले त्यसकै अनुभवका आधारमा अहिले लगाएको खरबुजाले राम्रो उत्पादन दिने विश्वास व्यक्त गरे । 

सुरौदी फाँटमा व्यावसायिक कृषिको राम्रो सम्भावना रहेको भन्दै उनले हाल परीक्षणका रुपमा लगाएको लसुन तथा प्याज पनि राम्रो फलेको अनुभव सुनाए । आचार्यको व्यावसायिक कृषिको लगावमा परिवारको पनि राम्रो साथ र सहयोग छ । 

उनलाई श्रीमती धनलक्ष्मी तथा स्नातक तहमा अध्ययन गरिहेका छोराछोरीले पनि साथ दिइरहेका छन् । सुरौदी फाँटमा व्यावसायिक कृषिको धेरै सम्भावना भएर पनि यसतर्फ अन्यलाई आकर्षित गर्न भने अझै नसकिएको उनको बुझाइ छ । 

राष्ट्रव्यापी ठूलो समस्याका रुपमा देखिएको बाँदरको समस्या सुरौदीमा पनि रहेको बताउँदै उनले वरपरका सबै मिलेर पालो लगाएर बाँदर कुर्नुपरेको दुःखेसो गरे । थप दुई चार जना व्यवसायिक खेती गर्ने साथी भएमा मिलेर धेरै उत्पादन गर्न सकिने उनको भनाइ छ ।

बजारीकरणमा खासै समस्या छैन

उत्पादन गर्न सकेमा यहाँ उत्पादित कृषिजन्य वस्तुको बजार समस्या नरहेको आचार्यले बताए । आफ्नो फर्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको उल्लेख गर्दै उनले सुरौदीसम्म जाने बाटोलाई थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पुर्याउन सहज हुने धारणा राखे ।

सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउछन् । व्यवस्थित गर्न सकेमात्रै पनि यहाँका उपलब्ध पानीका स्रोतलाई उत्पादनसँग जोड्न सकिने उनले बताए । 

सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा पर्दै गएका छन् । 

कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरेपछि जलाधार संरक्षणको प्रयास थालिए पनि त्यसले अपेक्षित गति लिन भने नसकेको स्थानीयको गुनासो छ ।

जलाधारको संरक्षण र उपयोग गर्नसके स्याङ्जाको प्यूरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका खेतीयोग्य भू-भाग खोलाको पानीले सिँचाइ गर्न सकिनुका साथै माछापालन आदिबाट पनि आम्दानी गर्न सकिने किसान बताउँछन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन् । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका ...

निर्वाचन आउन ४८ दिन बाँकी: यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन्...

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending