Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

आर्थिक स्वतन्त्रताका लागि अफगानी महिलाहरू व्यवसायमा संलग्न

खबरडबली संवाददाता

एजेन्सी । अफगान महिलाहरू घरायसी भूमिकामा सीमित छन् भन्ने प्रचलित अवधारणाबीच आर्थिक स्वतन्त्रताका लागि साहसपूर्वक व्यवसाय सुरु गरी विद्यमान अवरोधहरू तोड्दैछन् । 

अफगानिस्तानको राजधानी काबुलमा आयोजित कृषि उत्पादनहरूको वार्षिक मेलामा आफ्ना व्यवसाय र बिक्री विस्तार गर्ने आशामा आफ्ना उत्पादनहरू प्रदर्शन गर्दै देखिएकी सोना मिर्जादा यस्तै एक व्यवसाय सुरु गरेकी अग्रगामी महिला छन् । 

अफगान कार्यवाहक सरकारको कृषि, सिँचाइ र पशुधन मन्त्रालयले कृषि उत्पादन र व्यापारलाई बढावा दिने उद्देश्यले बुधबारदेखि चार दिने कार्यक्रमको आयोजना गरेको छ । स्थानीय व्यापारी तथा कृषकले ५६ महिलासहित दुई सय ६३ वटा स्टलमा उत्पादित र उपभोग्य वस्तु प्रदर्शनीमा राखेका छन् । 

“हामी कृषि र पशुपालनमा संलग्न छौँ र कृषि क्षेत्रमा मरिच  लगायतका बिरुवा रोप्छौँ”, मिर्जादाले भने । मिर्जादाले आफ्नो कम्पनीले ६० जना महिला कामदारलाई रोजगार दिएको बताए । बाल्खको प्रान्तीय राजधानी मजार–ए–सरिफकी बासिन्दा मिर्जादाले एक वर्षअघि एक लाख अफगानीको प्रारम्भिक पूँजी लिएर आम्दानी बढाउने परियोजना सुरु गरेको बताए । 

गत वर्ष आफ्नो पूँजी ११ लाख अफगानी भएको उल्लेख गर्दै उनले आफ्ना प्रत्येक कामदारले मासिक पाँच हजार अफगानी कमाउन सक्ने जानकारी दिए । “हामीसँग काम गर्ने कुनै पनि महिलाले मासिक तीन हजारदेखि पाँच हजार अफगानी कमाउन सक्छन्, उनीहरूले आफ्नै बगैँचामा काम गर्छन्, घरबाहिर जानुपर्दैन”, एक व्यवसायीले भने । उनका ग्राहकहरूमा घरपरिवार, रेस्टुरेन्ट र मसलायुक्त खानाका उत्साहीहरू रहेका छन् । 

अर्का व्यवसायी नाजिमा ख्वाजाजादाले हातले बुनेका गलैँचा, हस्तशिल्प र चाँदीका गहना बेच्ने गरेको बताए । एक महिला उद्यमीको नेतृत्वमा रहेको स्थानीय उद्यम नार्सिस कम्पनीमा बिक्रेताको रूपमा कार्यरत ख्वाजाजादाले अफगान महिलालाई समर्थन र सशक्तीकरण गर्ने आफ्नो मालिकको प्रयासलाई प्रष्ट पारे । 

मालिक महिला भएकाले महिला सशक्तीकरणमा योगदान पुर्याउन प्रयासरत रहेको उनको भनाइ छ । अहिले कम्पनीमा काम गरिरहेका लगभग एक सय ७० महिलामध्ये अधिकांश आफ्नो परिवारका लागि कमाउने व्यक्ति भएको ख्वाजाजादाले बताए । 

यद्यपि उनले आर्थिक कठिनाइ र घट्दो मागका बीच कम्पनीको घट्दो आम्दानीको बारेमा चिन्ता व्यक्त गरे । कम्पनीको मासिक आम्दानी पहिले पाँचदेखि छ हजार डलरको बीचमा रहेको तर आजभोलि आर्थिक मन्दीका कारण मुस्किलले एक लाख अफगानी कमाउने गरेको उनले बताए । 

युद्धग्रस्त अफगानिस्तानको करिब तीन करोड पचास लाख जनसङुख्याको करिब ८० प्रतिशत जीविकोपार्जन र परिवारको भरणपोषणका लागि कृषिमा निर्भर छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE