Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बारामा विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध

खबरडबली संवाददाता

बारा । बाराको निजगढ नगरपालिका १० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध भएको छ । 

स्थानीयको शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय ईकाइ बाराबाट सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गरेका शिक्षकहरुलाई हाजिर नगराउन भन्दै केही अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा गत मंगलवार तालाबन्दी गरेका थिए । 

प्रधानाध्यापक साहको कार्यकक्षमा भएको तालाबन्दीको खोल्ने बारेमा पहल नभएपछि विद्यालयका शिक्षक कर्मचारीहरुले बिहीवारबाट पठनपाठन ठप्प पार्ने निर्णय गरेका हुन । बिहीवार बसेको शिक्षक कर्मचारीहरुको संयुक्त बैठकले केही मान्छेहरुले विद्यालयका प्रधानाध्यापक साहको कार्यकक्षमा तालाबन्दी गरेपछि पठनपाठनको लागि सहज वातावरण नभएको भन्दै तालाबन्दी नखोलिएसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । 

शिक्षक सेवा आयोगको परीक्षा उर्तीण गरेका २ जना शिक्षकहरुलाई जिल्ला शिक्षा समन्वय ईकाइको सिफारिमा निजगढ नगरपालिका शिक्षा शाखाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेपछि रुष्ट बनेका केही अभिभावकहरुले प्रधानाध्यापक साहको कार्यकक्षमा तालबान्दी गरेका थिए । 

उनीहरुले निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनुपर्ने माग गरेका छन् । विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदास्थपना गरेका शिक्षकहरुलाई प्राथमिकतामा राखेर हाजिर गराउनु पर्ने अवस्था रहेको र सरुवा प्रक्रिया पनि पूरा नभएकोले शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने जनाएको छ । 

अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भएपनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएका छैनन् । ‘सहमति माग गर्न आउनुभएको थियो, प्रधानाध्यापक साहले भने, तर विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएकोले सहमति पत्र दिन सकिएन ।’ उनले समितिको निर्णय बेगर प्रधानाध्यापकले एक्लै सरुवा सहमति दिन नसक्ने पनि बताए । विद्यालयमा अभिभावकबाट चुनिने ४ जना सदस्यको चयन भइसकेको भए पनि व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको प्रधानाध्यापक साहले जानकारी दिए ।

नगर शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर नगरपालिकामा शिक्षा समन्वय इकाइबाट सिफारिस लिएर आएकी रेखा साह र लक्ष्मी रावललाई शिक्षा समितिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालमा पदस्थपाना गर्ने निर्णय गरेको थियो । शिक्षा समितिको गत चैत्र ३० गतेको बैठकले उक्त विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेको हो ।

निजगढ नगरपालिका १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले विद्यालय जस्तो पवित्र संस्थामा तालाबन्दी गर्नु राम्रो कार्य नभएको बताए । उनले शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर आएका शिक्षकको पदस्थापन गर्ने निर्णय गरेकोले शिक्षक अधिकारीलाई सोही दरबन्दीमा सरुवा गरेर ल्याउन नमिल्ने पनि बताए । विद्यालयमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: