Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौं:नेता कोइराला

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् ।

कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताएका छन् । निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे ।

२०६४ को संविधानसभा पछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, '२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो ।'

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए ।

बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं- १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सहकारी ठगिमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए ।

'हामीले गृहमन्त्रीको राजिनामा मागेका होइनौं, संसदिय छानबिन बनाऔं सहकारी ठगिमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?', कोइराला प्रश्न गरे ।

अर्को प्रसङ्गमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा बिगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए । पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनु नपर्ने बताए ।

लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिश्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको बताउँदै कोइराला भने, 'तर त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधै हिडिराख्नु राम्रो होइन ।'

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्दै आएको बताएका छन् ।  ...

दिक्तेल-खानीडाँडा-आहाले सडक: छ वर्षपछि कालोपत्र सुरु

खोटाङ । कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०...

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनि...

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताएका छन् ।  कश्यपप्रसाद प...

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसा...

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटेका छन् ।  सत्तारुढ दलका शिर्ष नेताहरु छलफल गरिरहेकै बेला प्रमुख प्रत...

‘कोपिलाका सुगन्ध’ बजारमा

काठमाडौं । देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ आज एक कार...

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धरासयी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सुत्रीय अभ...

बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्री अधिकारी

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका लागि  पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।  बेगनास ताल ...

ताइवानको संसदमा झडप, सांसदहरुबीच हानाहान !

काठमाडौं । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies