Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कक्षा ८ को नतिजा नै निराशाजनक, औसत ५० प्रतिशतभन्दा तल

खबरडबली संवाददाता

काठमाडौं । कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गरियो। उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शंका लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा यसको पुष्टि भयो। 

प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तरपुस्तिका आफैँ परीक्षण गरेको, विद्यार्थीको प्राप्तांकभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएको लगायतका बदमासी फेला पर्‍यो।

यति धेरै बदमासी गर्दा पनि नगरपालिकाभित्रको कक्षा ८ को विद्यार्थीको उत्तीर्ण दर औसतमा ३८.३४ प्रतिशत मात्रै थियो।  नतिजामध्ये संस्थागत विद्यालयतर्फ ६९.८७ प्रतिशत रहे पनि सामुदायिकतर्फ भने १४.८० प्रतिशत मात्रै छ। 

नतिजा धेरै देखाउन नक्कली काम गरेको पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुख रामबहादुर हमाललाई काज फिर्ता गर्ने, शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निलम्बन गर्ने तथा शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारूलाई विभागीय कारबाही गर्ने निर्णय नगरपालिकाले गरिसकेको छ। 

कक्षा ८ कै नतिजा शून्य आएपछि केही दिनअघि बैतडीको पाटन नगरपालिकामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिए। यो नगरपालिकाको नगरस्तरीय परीक्षामा १२७ जनामध्ये २२ जना मात्र उत्तीर्ण भएका छन्। आधारभूत तहको अन्तिम परीक्षाका परीक्षार्थीको नतिजा सुधार्ने काम धेरैजसो स्थानीय तहका लागि टाउको दुखाइको विषय बन्न थालेको छ। कक्षा ८ मा अनुत्तीर्ण दर बढेपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कस्तो प्रभाव पार्ला भन्ने बहस पनि शुरु भएको छ। 

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले कक्षा ८ को मात्रै नभएर विद्यालय तहमा नै कमजोर नतिजा आउनुको मुख्य दोष विषयगत शिक्षक नहुनु नै भएको बताउँछन्। शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने शैली नमिलेका कारण नतिजा कमजोर आएको उनको तर्क छ। 

कक्षा ७ सम्म निरन्तर मूल्याङ्कन प्रणाली (क्यास) बाट विद्यार्थीलाई कक्षोन्नति गराउन पाइने व्यवस्था छ। ‘तर यो व्यवस्थाको फाइदा उठाउँदै कक्षा ७ सम्म आफूखुसी कक्षोन्नति गर्दै आएका विद्यार्थी कक्षा ८ को परीक्षामा कमजोर देखिएका हुन्’, उनले भने, ‘परीक्षामा शिक्षक आफैँले चोराउन गएका घटनासमेत प्रशस्तै देखिएका छन्। शिक्षकले नै बदमासी गरेपछि विद्यार्थीमा परीक्षाको समयमा किन पढ्नु पर्‍यो र भन्ने भावना उत्पन्न भएको छ।

अहिले कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको भनिएका पालिकामध्ये पनि अधिकांशको औसत नतिजा ५० प्रतिशतभन्दा तल नै छ। गोरखापत्र दैनिकमा समाचार छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

भक्तपुरमा सम्यक महादान पर्वको रौनक: दुई हजार भिक्षुलाई दान गरिँदै

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...

माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री

काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...

जब भरतपुरको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...

उत्तरायणको पहिलो दिन: माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending