Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

कक्षा ८ को नतिजा नै निराशाजनक, औसत ५० प्रतिशतभन्दा तल

खबरडबली संवाददाता

काठमाडौं । कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गरियो। उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शंका लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा यसको पुष्टि भयो। 

प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तरपुस्तिका आफैँ परीक्षण गरेको, विद्यार्थीको प्राप्तांकभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएको लगायतका बदमासी फेला पर्‍यो।

यति धेरै बदमासी गर्दा पनि नगरपालिकाभित्रको कक्षा ८ को विद्यार्थीको उत्तीर्ण दर औसतमा ३८.३४ प्रतिशत मात्रै थियो।  नतिजामध्ये संस्थागत विद्यालयतर्फ ६९.८७ प्रतिशत रहे पनि सामुदायिकतर्फ भने १४.८० प्रतिशत मात्रै छ। 

नतिजा धेरै देखाउन नक्कली काम गरेको पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुख रामबहादुर हमाललाई काज फिर्ता गर्ने, शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निलम्बन गर्ने तथा शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारूलाई विभागीय कारबाही गर्ने निर्णय नगरपालिकाले गरिसकेको छ। 

कक्षा ८ कै नतिजा शून्य आएपछि केही दिनअघि बैतडीको पाटन नगरपालिकामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिए। यो नगरपालिकाको नगरस्तरीय परीक्षामा १२७ जनामध्ये २२ जना मात्र उत्तीर्ण भएका छन्। आधारभूत तहको अन्तिम परीक्षाका परीक्षार्थीको नतिजा सुधार्ने काम धेरैजसो स्थानीय तहका लागि टाउको दुखाइको विषय बन्न थालेको छ। कक्षा ८ मा अनुत्तीर्ण दर बढेपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कस्तो प्रभाव पार्ला भन्ने बहस पनि शुरु भएको छ। 

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले कक्षा ८ को मात्रै नभएर विद्यालय तहमा नै कमजोर नतिजा आउनुको मुख्य दोष विषयगत शिक्षक नहुनु नै भएको बताउँछन्। शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने शैली नमिलेका कारण नतिजा कमजोर आएको उनको तर्क छ। 

कक्षा ७ सम्म निरन्तर मूल्याङ्कन प्रणाली (क्यास) बाट विद्यार्थीलाई कक्षोन्नति गराउन पाइने व्यवस्था छ। ‘तर यो व्यवस्थाको फाइदा उठाउँदै कक्षा ७ सम्म आफूखुसी कक्षोन्नति गर्दै आएका विद्यार्थी कक्षा ८ को परीक्षामा कमजोर देखिएका हुन्’, उनले भने, ‘परीक्षामा शिक्षक आफैँले चोराउन गएका घटनासमेत प्रशस्तै देखिएका छन्। शिक्षकले नै बदमासी गरेपछि विद्यार्थीमा परीक्षाको समयमा किन पढ्नु पर्‍यो र भन्ने भावना उत्पन्न भएको छ।

अहिले कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको भनिएका पालिकामध्ये पनि अधिकांशको औसत नतिजा ५० प्रतिशतभन्दा तल नै छ। गोरखापत्र दैनिकमा समाचार छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending