Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय

खबरडबली संवाददाता

हेटौँडा । बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारीगर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार ऐनको दफा १३ को (५) को व्यवस्थामा भएको प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को पदावधि निर्धारणको विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको हो । 

उनका अनुसार संरक्षक समितिमा मनोनित भएका संरक्षण समिति (बोर्ड अफ ट्रष्टी) का पदाधिकारीहरुको पहिलो पटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा दुई जनाको पदावधि दुई वर्ष, तीन जनाको पदावधि चार वर्ष र तीन जनाको पदावधि छ वर्ष कायम गरिने व्यवस्था रहेको छ । 

उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनित भएका पदाधिकारीको पहिलो पटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा पाँच जनाको पदावधि चार वर्ष र तीन जनाको पदावधि छ वर्ष कायम गरिने व्यवस्था गर्न अध्यादेशमा व्यवस्था गरिएको छ । ऐनबमोजिम सदस्यहरुको पदावधिको गणना संरक्षक समितिको पहिलो बैठक बसेको मितिबाट प्रारम्भ भएको मानिने व्यवस्था छ । 

मन्त्रिपरिषद् बैठकले आगलागी नियन्त्रणका क्रममा मृत्यु भएका ललितपुरका दुई र रामेछापका एक परिवारलाई जनही रु एक लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराउने निर्णय गरिएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानमा सडक दुर्घटनामा परी ३५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।  पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना य...

तनहुँकाे मादी नदीमा बालकको शव भेटियो

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो ।  मृत फ...

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित: अध्यक्ष बस्नेत

रौतहट । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राखेका छन् ।  तराई विकास तथा सञ्चार...

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेकी छिन् ।  साइक्लिङको माध्य...

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

काभ्रेपलाञ्चोक । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गर...

अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय

काठमाडौं । अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल ...

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ । दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरप...

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित क...

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ ।  भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा ...

संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति

काठमाडौं । सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies