Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न

खबरडबली संवाददाता

एजेन्सी । चिनियाँ भाषा सिकाउने सम्बन्धी २२ औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानाडा, सिङ्गापुर र अन्य देश तथा क्षेत्रका सहभागीहरूले नवप्रवर्तन र दिगो विषयमा आफ्ना विचार राखेका छन् । 

चीनको साङ्घाई जिओ टोङ विश्वविद्यालयमा मानविकी विद्यालयका प्राध्यापक तथा डीनका सहायक वाङ जुनले भने, “विश्वभरका विश्वविद्यालय के–१२ विद्यालय, शैक्षिक संस्था र चिनियाँ शिक्षकको संयुक्त प्रयासबाट अन्तर्राष्ट्रिय चिनियाँ शिक्षामा दिगो विकास र निरन्तर समृद्धि प्राप्त गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ ।” के–१२ विद्यालय संयुक्त राज्य अमेरिका, क्यानाडा र केही अन्य देशमा शिक्षा र शैक्षिक प्रविधिमा प्रयोग हुने शब्द, कलेजअघि सार्वजनिकरूपमा समर्थित स्कूल ग्रेडहरूका लागि छोटो रूप हो । 

न्युयोर्कस्थित चिनियाँ महावाणिज्य दूतावासका शिक्षा सल्लाहकार यु युगेनले नयाँ युगमा चिनियाँ भाषाको शिक्षाले सहयोगलाई सुदृढ गर्ने, शिक्षणको गुणस्तर सुधार गर्ने र मानिसहरूलाई प्रोत्साहन गर्ने निरन्तर प्रयासद्वारा चीनलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्ने आशा व्यक्त गरे । 

उक्त वार्षिक कार्यक्रम संयुक्त राज्य अमेरिकामा चिनियाँ संस्कृतिमा केन्द्रित सबैभन्दा पुरानो गैर–लाभकारी संस्थाहरू मध्येको एक चाइना इन्स्टिच्युट, ग्रेटर न्युयोर्कको चिनियाँ भाषा शिक्षक सङ्घ र साङ्घाई जिओ टोङ विश्वविद्यालयले संयुक्तरूपमा आयोजना गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानमा सडक दुर्घटनामा परी ३५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।  पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना य...

तनहुँकाे मादी नदीमा बालकको शव भेटियो

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो ।  मृत फ...

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित: अध्यक्ष बस्नेत

रौतहट । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राखेका छन् ।  तराई विकास तथा सञ्चार...

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेकी छिन् ।  साइक्लिङको माध्य...

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

काभ्रेपलाञ्चोक । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेलमा निर्माण हुने राष्ट्रिय हक्की खेलमैदानको निरीक्षण गर...

अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय

काठमाडौं । अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल ...

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ । दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरप...

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित क...

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ ।  भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा ...

संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति

काठमाडौं । सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies