नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका‐१४ नारायण चोकदेखि त्रिवेणीेसम्मको हुुलाकी सडक निर्माण ढिलाइ हुँदा स्थानीय धुुलोले पीडित भएका छन् । नारायण चोकदेखि त्रिवेणीसम्मको हुुलाकी सडकको काम बज्र गुरु र महालक्ष्मी जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो ।
विसं २०७९ मा सम्पन्न गर्ने गरी विसं २०७३ मङ्सिर १ मा सम्झौता भएको थियो । हुुलाकी राजमार्ग निर्देशनालयको कार्यालय कपिलवस्तुका इन्जिनियर आचार्यका अनुसार गतवर्ष कोभिडका कारण र निर्माण सामग्री नपाउँदा काम हुन सकेन । समयमा काम गर्न नसकेपछि दुई पटक म्याद थप भइसकेको छ । तेस्रो पटक म्याद थपका लागि निर्माण व्यवसायी लक्षमन रानाले निवेदन दिए । ठेक्का लागेको सात वर्ष बित्दा समेत कामले गति लिन नसकेको हो । सडकको काम पूरा नहुँदा यात्रु मात्रै नभइ वरपरका बासिन्दालाई पनि समस्या हुने गरेको इन्जिनियर आचार्यले बताए ।
रु ५६ करोडमा १५ किलोमिटर सडक कालोपत्र गर्ने गरी निर्माण व्यवसायीले ठेक्का लिएको थियो । निर्माण कम्पनीले म्यादभित्र काम पूरा नगरेपछि कानुुन बमोजिम कारबाही गर्ने तयारी गरिएको इन्जिनियर आचार्यले बताए । उनले भने, “निर्माण व्यवसायीका प्रतिनिधि लक्षमन राना फोन सम्पर्कमै आउनुभएको छैन, हामीले ताकेता गरिरहेका छौँ ।”
सडक समयमा नबन्दा सडकको धुलोले सडक आसपासमा व्यापार गर्नै गाह्रो भएको प्रतापपुर‐२ गोपीगञ्जका केशव चापागाइँले बताए । उनका अनुसा घरवरिपरि धुलै धुलो हुने, बिहान सफा गरेको घर बेलुका हेर्नैै नसकिने गरी धुलोले ढाक्ने गरेको छ । लामो समयदेखि हुलाकी सडक भत्काएर निर्माण व्यवसायीले छाडेका कारण धुलोले स्थानीयको स्वास्थ्यमा असर परेको बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्र प्रकाश उपाध्यायले बताए ।
सडकको धुुलोबाट स्वास प्रश्वास, एलर्जी ,टिबी, क्यान्सर, आँखा, चिलाउने, खोकी लाग्ने जस्ता रोग लाग्न सक्ने खतरा भएको पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख डा किरण पाण्डेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: