Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

चौंरी हेर्ने गन्तव्य बन्दै हेलम्बु

खबरडबली संवाददाता

चौतारा । हिमाली क्षेत्रमा पालिने चौंरी लोप हुन थालेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले संरक्षणका लागि अभियान थालेको छ  । 

चौँरीप्रति आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षित हुने भएकाले गाउँपालिका चौंरी संरक्षणमा जुटेको हो । पछिल्ला समय चौंरी र याकको सङ्ख्या घटिरहेकाले त्यसलाई बढाउन गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ । 

ब्रिमु (याक) ल्याई माथिल्लो क्षेत्रमा प्रत्येक वर्ष छाड्न लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । हेलम्बुको माथिल्लो क्षेत्र मेलम्ची घ्याङलगायतका स्थानमा चौंरी, याक हेर्न पाइन्छ । तर अहिले लोप हुन लागेकाले चौंरी संरक्षणमा पालिका लागिरहेको उनले बताए । हेलम्बुले यसअघि नै चौंरी संरक्षण अभियानअन्तर्गत बीमा गरेको छ । 

चौंरीपालन गरेमा स्थानीयको आर्थिक हैसियत बलियो हुने, गाउँवासीले रोजगारी पाउने मात्रै नभइ चौंरीकै कारण पर्यटक बढ्ने भएकाले अभियान ल्याइएको अध्यक्ष शेर्पाको भनाइ छ । याकको सङ्ख्या बढाउने र चौरीको संरक्षण गरेमा पर्यटकीय नगरी हेलम्बुमा अझै आन्तरिक र बाह्य पर्यटकको आगमन हुने उनि बताउँछन । 

हेलम्बु ह्योल्मो समुदायको बसोबास क्षेत्र हो । गुम्बाको गाउँ भनेर चिनिने हेलम्बुमा रेडपाण्डा, हिमाल, ग्रेटटेल हेर्न  पर्यटक आउने गर्दछन् । योसँगै अब हेलम्बु चौंरी हेर्ने गन्तव्यको सूचीमा पर्ने आशा गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा भिरबाट लडेर एककाे मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।  कैलाश गाउँपालिका –२ छ्या...

गत आर्थिक वर्षकाे चार अर्ब त्रिहत्तर करोड कर फिर्ता

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७३ करोड रुपियाँ कर फिर्ता गरेको छ । गत आवमा सङ्कलित करमध्ये विभिन्न कूटनीतिक निकाय र करदातालाई स...

कैलालीमा खैरो हेरोईनसहित दुई जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले ...

हिरासतमुक्त भए कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी

काठमाडाैं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा पुगेक...

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडाैं । मन्त्रिपरिषद् बैठकबाट परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्र...

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ...

दश युट्युब च्यानलसहितका माध्यमलाई काउन्सिलको कारबाही

काठमाडौं । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जालल...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस) को अध्यापन...

धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म

चितवन । यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका ...

प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy