सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ । यही वैशाख १९ गते परेको चट्याङले भोटखोला–२ र ४ को सिमानामा रहेको लची डाँडामा राखिएको टावरमा क्षति पुगेपछि उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन अवरुद्ध भएको थियो ।
दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा शनिबारदेखि पुनः सञ्चालन भएको दूर सञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए ।
विराटनगरदेखि आएको प्राविधिक टोलीले लची डाँडामा राखिएको टावरमा मर्मत गरेपछि शनिबारदेखिसञ्चालन भएको दूर सञ्चार कार्यालय खाँदबारीका प्रमुख राईले बताउनुभयो । भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको लची डाँडामा राखिएको टावरमा चट्याङले बिगारेपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो ।
चट्याङले ब्याट्री ब्याकअप, उपकरण र टावरका सामग्री पड्केपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला–२ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा लाभान्वित भएका छन् ।
विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेछ । प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीदेखि प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...
माघ ३ गते, २०८२ - ०७:०३
म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन् । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका ...
माघ ३ गते, २०८२ - ०६:५९
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन्...
माघ २ गते, २०८२ - ०९:३०
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...




प्रतिकृया लेख्नुहोस्: