Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

पाँच वर्षदेखि साङ्लोमा बाँधिएका उदयपुरका युवराजको उद्धार

खबरडबली संवाददाता

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलका युवराज राईको उद्धार भएको छ । साङ्लोमा बाँधिएर खोरमा जीवन व्यतित गर्दै आएका युवराजको आइतबार उद्धार गरिएको हो ।

विगत ८ वर्ष देखि मानसिक समस्या भोग्दै आएका उनलाई ४–५ वर्ष अघिदेखि साङ्लोमा बाँधेर खोरमा राखिएको थियो ।  २०७९ साल जेठमा उनलाई उपचारको लागि मानव सेवा आश्राममा लागिएको थियो लगभग ११ महिना पश्चात ठिक भएर घर फर्कनुभएका उनमा पुनः समस्या आएपछि साङ्लोमा बाँधिएर खोरमा बस्नुपरेको थियो ।

दिसा–पिसाव र खाना एकै ठाउँमा गर्दै आएका उनलाई आइतबार नेकपा (एमाले) उदयपुर जिल्ला अध्यक्ष भागवत राउतको समन्वयमा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेत र उप्रप्रमुख महेश्वरी राईको सहयोगमा मानव सेवा आश्रम, जनकपुर पठाइएको हो ।

लामो समय साङ्लोमा जीवन बिताएका युवराजको आमाको भने निधन भइसकेको छ भने बुवा क्यान्सर पीडित छन्  ।  तीन दाजुभाई मध्येका कान्छा युवराज अहिले परिवारको सम्पर्कमै नरहेको उनकी भान्जीबुहारी उमा राईले बताइन् ।

युवराजको उद्धार गर्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले अब पुनः उनमा यस्तो समस्या हुन नदिन स्थानीय सरकारले उनी ठिक भएर फर्केपछि उनलाई व्यस्त गराउने वातावरण बनाइदिन माग गरे । 

नगरप्रमुख बसन्त बस्नेतले नगर भित्रका युवराज जस्ता जोकोहीलाई नगरपालिकाले उद्धार गर्ने भन्दै उनीहरुलाई उद्धार पश्चात समस्या हुन नदिन स्थानीयलेसमेत सहयोग गर्नुपर्ने धारण राखे ।

नगर उपप्रमुख महेश्वरी राईले युवराज ठिक भएर फर्केपछी उनलाई कहीँ कतै रोजगार मुलक काममा व्यस्त बनाएर पुनः साङ्लोमा फर्किन नदिने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयहरुले भने पशु झैँ खोरमा बसेका युवराजको उद्धार भएकोमा खुशी व्यक्त गर्दै उनलाई सामान्य जीवनमा फर्काइदिन मानव सेवा आश्रमलाई अनुरोध गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्यदलमा सहमति नजुट्दा संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

कार्यदलमा सहमति नजुट्दा संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

बागमती सफाइ महा अभियानः “काम गर्ने कालु मकैखाने भालु ”

काठमाडौं । विश्वकै सबभन्दा लामोसमय चलेको र धेरै सामाजिक अभियन्ताहरु जोडिएको अभियानको रुपमा दावी गरिएको बागमती सफाई महा अभियान शुरु भएको एघार बर्ष पुरा...

शंकाको भरमा श्रीमतीको गुप्तांगमा फलामको किला ठोकेर ताला !

काठमाडौं । ३० वर्षीय नेपाली नागरिकले २८ वर्षीया श्रीमतीलाई निर्ममतापूर्वक कुटपिट गरेको घटना सार्वजनिक भएको छ । आरोपितले आफ्नी श्रीमतीको अरु कसैसँग सम्...

कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए

काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन बसेको कार्यदलको बैठकमा कांग्रेस नेता ज...

चाबहिल चोकका घरहरूमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले चावहिलदेखी गाैसलासम्म सडक अतिक्रमणगरी बनाइएका घरहरूमा डाेजर चलाएकाे छ । चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारम...

यी देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड

काठमाडौं । संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ । महिलाको अस्मितालाई कानूनले महत्व दिने गरेको पाइन्छ । संसारका प्रजातान्त्रिक भनिएका ध...

प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ

काठमाडौं ।  प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर स...

जलवायु जोखिमः हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा परेका असरबारे आवाज उठाउँदै आएको छ । फलतः गत वर्...

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies