Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बागमती सफाइ महा अभियानः “काम गर्ने कालु मकै खाने भालु ”

खबरडबली संवाददाता

काठमाडौं । विश्वकै सबभन्दा लामोसमय चलेको र धेरै सामाजिक अभियन्ताहरु जोडिएको अभियानको रुपमा दावी गरिएको बागमती सफाई महा अभियान शुरु भएको एघार बर्ष पुरा भएर बाह्रौं बर्षमा प्रवेश गरेको छ ।

अभियानले बाह्रबर्ष प्रवेश गरेको अवसरमा गौशला तिलगंगा आँखा अस्पताल नजिकै एक कार्यक्रम आयोजना गरेको थियो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यकामा साप्ताहिकरुपमा सन्चालित अठारवटा अभियान मध्य धेरै जसो अभियानका अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

(एघार बर्ष) ५७५ हप्ता नियमित रुपमा सरसफाइ गरिएको भएता पनि अपेक्षा गरिए जस्तो परिवर्तन हुन नसकेकोमा नियमित अभियानमा जोडिएका अभियन्ताहरु चिन्तित भएका छन् ।
प्राय सफाई अभियानमा नेपालीसेना, सशस्त्र प्रहरीबल,नेपाल प्रहरी,काठमाडौं महानगरका नगर प्रहरी लगायत सफाइ क्षेत्रमा कार्यगर्ने निजि क्षेत्रका सफाइ मजदुरहरु,स्थानिय संघ संस्था र क्लबहरु,बिभिन्न समुह हरु लगायत स्वतन्त्र अभियन्ताहरुको उपस्थिति रहने गरेको छ ।

सफाइ अभियानमा उपस्थित भएका केहि सकृय अभियन्ता बाहेक धेरै जसो आफु सामाजिक काममा भएको देखाउन फोटो खिचेर सामाजिक संजालमा हाल्न मात्र पनि आउने नियमित अभियानमा जोडिएका एक अभियन्ताले बताए । फोहर मैला ब्यवस्थापनको जिम्मा लिनुपर्ने मुख्य निकाय स्थानिय सरकार भएपनि कहिले काँहि बाहेक अभियानहरुमा स्थानिय सरकारको उपस्थिति प्राय शुन्य नै हुनुले केहि अभियानहरु संस्थागत नभएको देखिने ति अभियन्ता बताउँछन् ।

बिभिन्न संघ संस्थाको अगुवाईमा सफाइ अभियान भएको भनिएता पनि यस्ता अभियानमा सकृय भुमिका निर्वाह गरिरहेका पक्षको नाम कहिल्यै नआउने गरेकोले पनि पनि अभियानहरु स्वार्थ निहित छन् भन्न सकिने प्रसस्त आधार रहेको अर्का अभियन्ताले बताए । हेर्दा सजिलै अभियान चलाएको देखिए पनि यो अभियान कति खर्चिलो छ भन्ने अभियन्ताहरुले कहिल्यै बुभ्mन नचाहेको एक फोहर ब्यवस्थापन कम्पनिका कर्मचारी बताउँछन् ।

“काठमाडौं बाट सिसिडोल या बन्चरे डाँडा सम्म ठुलो गाडीमा एक गाडी फोहर पुर्याउँदा करिब ३५ देखि ४० हजार खर्च आउँछ ,अभियानले जम्मागरेका ९५ प्रतिशत फोहर निजि क्षेत्रका कम्पनिलेनै ब्यवस्थापन गर्ने गरेको छ”उनले भने ।

केहि निस्वार्थ भावनाले आएका अभियन्ता बाहेक जोखिम युक्त सफाईको सबै काम फोहर ब्यवस्थापन कम्पनिका सफाई कर्मचारीहरुले नै गर्नु पर्ने बाध्यता रहेको उनको दावी छ ।कम्पनिले पठाउने कर्मचारीहरुलाई बिदाको दिन पर्ने भएकोले ओभरटाइम सुबिधा दिएर समेत लाने गरेको तथा तिनिहरुलाई दिने तलब भत्ता हिसाव गर्दा फोहर ब्यवस्थापन कम्पनिको ठुलो लगानी भएको हुन्छ तर केहि अभियन्ताहरुले त्यो अभियानलाई आफ्नै पेवा सम्झेर ब्यवहार गरेको देख्दा दिक्क लागेर आउने उनले बताए ।

केहि अभियन्ताहरु निस्वार्थ अभियानमा लागेको भए पनि केहि अभियन्ताहरुले अभियानमा समावेश भएको फोटो देखाएर आफ्नो स्वार्थ पुरा गर्न लागि परेको त्यििह अभियानमा सहभागि अभियन्ताको दावी छ । उनि भन्छन् “अभियानलाई ब्यवसायीक प्रचार स्थल समेत बनाईरहेका छन् ” ।

सफाइ सम्बधि ठुला ठुला कार्यक्रमहरुमा २ दिन पनि अभियानमा काम नगरेको तर अलि नाम चलेको ब्यक्तिलाई सम्मान समेत प्रदान गर्न पछि परिदैन तर फिल्डमा खटेर काम गर्ने कम्पनिको कर्मचारी वा ब्यवस्थापकको नाम समेत लिईदैन “ अनि भएनत कामगर्ने कालु,मकै खाने भालु” उनको तर्क थियो ।

अर्का एक अभियन्ताका अनुसार खोला छेउमा सेक्रिकेशन सेन्टर बनाएका निजि क्षेत्रका फोहर ब्यवस्थापन कम्पनिहरुले स्थानिय क्लब , टोले गुण्डा,स्थानिय राजनैतिक दलका प्रतिनिधि , स्थानिय सरकारका प्रतिनिधि र केहि अभियन्ताहरुलाई समेत मनाइ रहेकोले पुलमुनि र खोलाछेउमा फोहर सेक्रिकेशन गरेर लाखौं रुपैयाँ आम्दानी गरिरहेको आरोप लगाएका छन् । “हैन भने यस्ता बिषमा अभियन्ता भनाउँदाहरु किन चुईक्क बोल्दैनन्” ।

बिष्णुमति करीडोर र धोविखोला करीडोर तथा बिभिन्न पुल मुनि अहिलेपनि खुलेआम फोहर थुपारेर राख्दा नगर प्रहरी र आफुलाई सफाइ अभियन्ता भनेर परिचय दिई रहेका महाशयहरु चुपचाप बस्नुले “दालमा कुछ काला हे” भनेर बुझ्नु पर्ने अवस्था आएको ति अभियन्ताले बताए ।

केहि समय अगाडी एडिबि को लगानी रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा भ्रष्टाचार भएको समाचारहरु बाहिरिए पछि त्यसमा वाग्मती सफाइ महा अभियानको नाम समेत जोडिएको थियो । त्यसपछि धेरै अभियन्ताहरुले अभियानमा आउन छोडेका थिए ।

बिस्तारै अहिले अभियान पुरानै लयमा फर्कन थाल्दा केहि पुराना भनिएका अभियन्ताहरु अभियानको मोहोरामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति बाट बजेट बिनियोजन गर्न सकिने कार्यक्रमहरुमा समावेश भएर सेवा सुविधा र भत्ता लिएको प्रमाणहरु आएको पनि ति अभियन्ताले आरोप लगाए ।

कुनै पनि राजनैतिक पार्टीको झण्डा ब्यानर र लोगो प्रयोग गरेर आउन नपाउने अभियानमा निजि कम्पनिको प्रचार सामाग्रीलाइ भने छुट दिईएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending