काठमाडौं । नेकपा एकता महाअभियानका संयोजक वामदेव गौतमले विगतमा आफुबाट कमजोरी भएको स्वीकार गर्दै पार्टीमा फर्काउन एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका छन् ।
सोमबार ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले यस्तो बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अगाडि भने, “विगतमा मबाट कमजोरी भयो, अहिले पार्टीमा फर्किनका लागि आतुर छु । चाँडै फर्काउनुस् ।" स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् ।
उनको भनाइ जस्ताको त्यस्तैः
पार्टी फुटेपछि एक पटक मलाई उहाँले (ओली) बोलाउनुभएको थियो, त्यस बेला म आइन, पछिल्लो पटक म आएँ, हामी फेरि फर्किन्छौँ मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ ? भनेको उहाँले भन्नुभयो। हामी लेबल कमिटीले निर्णय गर्छ तपाईँको बारेमा भन्नुभयो । त्यसो कमिटीले के निर्णय गर्यो आजसम्म पर्खिरहेको छु ७८ महिना भइसक्यो। मैले अहिले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्छु, मेरो गल्ती कमजोर भएका होलान् आत्मालोचना गरेर पार्टीमा आएको छु, मान्छेबाट गल्ती रियलाजेसन गर्नु सबैभन्दा ठूलो हो।
मैले महसुस गरे पछिल्लो पटक दुईटा अध्यक्ष दुईतिर भएको बेलामा मलाई चित्त दुख्यो। म कतैतिर लागिनँ। तर, दुवैतिरका नेताहरूले अहिले पनि भन्छन् फुटाउने वामदेव हो भनेर । मैले मिलाउन प्रयास गरेको हो कसैले साथ दिनुभएन। अब एक्लै के गर्नु र ? अलग बसे।
त्यही बेलामा उहाँले बोलाउनुभएको थियो, आइन बोलाएको बेलामा जानुपर्थ्यो। आज घाटा लागेको छ। तर, मलाई केपीतिर बस्दा प्रचण्डको आलोचना गर्नुपर्ने, प्रचण्डतिर लाग्दा ओलीको गाली गर्नुपर्ने अवस्था थियो। मैले त्यसो गर्न नसकेर दुवैतिर गइनँ।
त्यस बेला मैले पार्टी फुटाएको होइन। ०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन निष्कासन गरेपछि कुनै उपाय नभएर अलग पार्टी बनाइयो। रियलाइजेसन भएपछि फर्केर आइयो। अहिले पनि उहाँले बोलाएको बेलामा जानपर्थ्यो।
अब पनि म तपाईँको खुट्टा तान्न आउने होइन, सहयोग गर्न आउने हो। तपाईँले हासिल गरेको उपलब्धि भन्दा बढी हासिल हुने गरी आउँछु। मैले उहाँले भनेर ०८४ को निर्वाचनमा ६० लाख मत पाउने गरी योजना बनाऔँ। मैले त्यस बेलै भनेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८१ - २१:३५
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाड...
जेष्ठ ५ गते, २०८१ - २१:२८
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर र...
जेष्ठ ५ गते, २०८१ - २१:०५
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा म...
जेष्ठ ५ गते, २०८१ - १२:१४
काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...
जेष्ठ ५ गते, २०८१ - १२:११
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...
जेष्ठ ५ गते, २०८१ - १०:०५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...
जेष्ठ ५ गते, २०८१ - १०:०३
कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...
जेष्ठ ५ गते, २०८१ - १०:००
काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...
जेष्ठ ५ गते, २०८१ - ०९:५७
काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ...
जेष्ठ ५ गते, २०८१ - ०९:५३
मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...
प्रतिकृया लेख्नुहोस्: