काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो ।
सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन् । ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधि नहुँदा उपचारबिना फर्किने गरेका छन् । स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए ।
स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधि अभाव भएको छ । सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको हो । दसैँअघि पाँच लाखको औषधि खरिद गरेको उनले बताए ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधि र उपकरण खरिद गर्न टेण्डर आह्वान भएर स्वीकृत भएको बताए । माघ पहिलो सातासम्म औषधिको व्यवस्था गरिने उनले बताए ।
स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन् । खार्पुनाथ–१ को पिउस आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधि अभाव भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: