Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरपालिकाका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरे।

यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग यही वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसै सहमतिका आधारमा वैशाख २३ गते विभागले खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता गरेको हो ।

कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरु मञ्च पुगेको थिए 

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, “नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता ग¥यौँ । त्यसको भोलिपल्टैबाट काम थालिएको छ । हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौँ ।”

नेपाल पूर्वाधार निर्माण कम्पनी विसं २०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसीले भने, “कम्पनीका लागि यो एउटा अवसर पनि हो । यसलाई तोकिएको समयमा सम्पन्न गरिनेछ ।”

खुलामञ्च २३ हजार चार सय १५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार आगामी जेठ मसान्तभित्र काम सकिनेछ । यसपछि बर्षाको पानी भेल भएर बग्दैन । जमिनमुनि प्रवेश गर्ने गरी काम अघि बढाइएको जनाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मू...

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

मकवानपुर । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उ...

प्रतिनिधि सभा बैठक अघि सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि सभापति देउवाले विपक्षी दलहरुक...

दरबारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवानको हत्या, ६ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर स...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पू...

प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन् । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका ला...

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौँ । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ । जसमा दुई महिला पनि छन् । इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ । फाँसीम...

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलम...

कामपाका सहकारीमा सूचना अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको ...

सन्तानब्बे वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies