नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यवहार गरेका छन् ।
सुरक्षाको मागसहित भेरी अस्पतालका चिकित्सकहरुले मंगलबार ओपिडी सेवा बन्द गरेका छन् । बैजनाथ–६ की ६२ वर्षिया महिला दिलसरा विकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर सोमबारदेखि नै अस्पतालमा तनाव रहँदैआएको थियो ।
मृतकका आफन्तहरुले अस्पतालको लापरवाही र चिकित्सकको कमजोरीबाट विरामीको मृत्यु भएको भन्दै क्षतिपूर्ती र चिकित्सकमाथि कारवाहीको माग गर्दै आएका छन् ।
सोही बिषयलाई लिएर भइरहेको छलफलका क्रममा मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। निराजन सुवेदीलगायत चिकित्सकमाथि हातपात र अभद्र व्यवहार गरेकोले असुरक्षा भएको जनाउँदै मंगलबार ओपिडी लगायतका कामकाज बन्द गरिएको अस्पतालका चिकित्सक डा। देवेन्द्र आचार्यले बताए ।
उहाँले चिकित्सक र स्वास्थ्यकर्मीले असुरक्षा भएको जनाउँदै काम गर्न नमानेकाले ओपिडी बन्द गरिएको बताउनुभयो । सोमवार पीडितको पक्षबाट प्रहरीमा उजुरी दर्ता गर्ने र छानबिनका लागि मेडिकल काउन्सिलमा निवेदन दिने सहमति भएपछि मृतकको शव आफन्तले बुझ्ने क्रममा आफन्तहरुमध्येबाट अस्पतालका प्रमुख, चिकित्सकहरु तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार हुँदा अवस्था विग्रिएको अस्पताल विकास समितिका पदाधिकारीले जनाएका छन् ।
मुटुको समस्या रहेकी विक मोटरसाइकलमा बसेर सामान्य अवस्थामा नै उपचारका लागि अस्पताल आएकोमा उपचारको क्रममा चिकित्सकको कमजोरी र अस्पतालको लापरवाहीबाट उनको मृत्यु भएको मृतकका छोरा सुरेश विश्वकर्माले आरोप लगाए।
उनले जिल्ला प्रहरी कार्यालय बाँकेका सो बारेमा किटानी जाहेरी दिइएको पनि बताए। महिलाको उपचार भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा। विकास नेपालको निगरानीमा सुरु गरिएको थियो । डा। नेपालको निगरानीमा उपचार चलिरहेको अवस्थामा डाक्टरले जुनियर कर्मचारीको जिम्मा लगाएर आफु नेपालगन्ज बाहिर गएको कारण विरामीको मृत्यु भएको आफन्तको आरोप छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले काम गर्ने वातावरण नभएको तथा मनोबल घटेको भन्दै ओपिडी सेवा बन्द गरेको अस्पताल विकास समितिका सदस्य डा। डक्टप्रसाद धितालले बताए।
उपचारको क्रममा महिलाको मृत्य भएपछि भेरी अस्पताल नेपालगन्जमा सोमबार पनि दिनभर तनावको अवस्था सिर्जना भएको थियो । सोमबार समस्या समाधानका लागि बाँके –३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेत अस्पताल पुग्नु भएको थियो ।
उनलाई पनि चिकित्सकको पक्ष लिएको भन्दै मृतकको आफन्तहरुले त्यहाबाट बाहिर जान भनेका थिए । मंगलबार मृतकको शवलाई पोष्टमार्टमपछि आफन्तले बुझेको र अन्तिम संस्कार गर्न लागिएको मृतकका भान्जा कुशल दर्लामीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १७:०१
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...
बैशाख १५ गते, २०८३ - १६:४७
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...
बैशाख १५ गते, २०८३ - १६:३६
प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...
बैशाख १५ गते, २०८३ - १६:०३
पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...
बैशाख १५ गते, २०८३ - १५:३८
काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...
बैशाख १५ गते, २०८३ - १५:१७
नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...
बैशाख १५ गते, २०८३ - १५:०४
काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...
बैशाख १५ गते, २०८३ - १४:५४
मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...
बैशाख १५ गते, २०८३ - १४:३९
काठमाडौँ। काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौँदेखि ओगटिएको सार्वजनिक जग्गा खाली गराउने काम सम्पन्न भएको छ...
बैशाख १५ गते, २०८३ - १४:१४
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदान प्रयोगको म्याद थप गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको छ। त्रिभुवन विश...


प्रतिकृया लेख्नुहोस्: