एजेन्सी । अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजार भन्दा बढी गाईवस्तु मरेका छन् ।
टोलो न्युजका अनुसार विगत तीन दिनमा वर्षाका कारण लगभग १४ जना नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बाढीले आवासीय घरहरु पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
यसैबीच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताए ।
“बाढी र भूस्खलनका कारण अस्थायी रूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरैवटा सडकहरु खुलाउने काम भइरहेको छ,” उनले भने । निरन्तरको भारी वर्षाको कारण स्थानीयबासीको धेरै नोक्सानी भएको छ ।
बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुलहरू नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाए । बाढीबाट भएको जनधनको क्षतिलाई तत्काल सम्बोधन गर्न सरकार समक्ष स्थानीयवासीले आग्रह गरेका छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - २१:०७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबारशिष्टाचार भेट गरेका छ...
मंसिर १२ गते, २०८१ - २०:५२
काठमाडाैं । विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध नेपाल विद्युत् प्राधिकरणले अर्काे कदम चालेकाे छ । बक्यौता नतिरेका ३४ उद्योगकाे बैंक खाता राेक्का र ने...
मंसिर १२ गते, २०८१ - २०:०८
मकवानपुर । मकवानपुर प्रहरीले १६० किलो लागुऔषध गाँजा र गाँजा बोक्न प्रयोग भएको बोलेरो गाडीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भीम...
मंसिर १२ गते, २०८१ - २०:०४
धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागूऔषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहर...
मंसिर १२ गते, २०८१ - १९:५९
पाेखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुविधा, प्रविधिमैत्री प्रणाली विकास गर्नसके सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन गर्न स...
मंसिर १२ गते, २०८१ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् । ...
मंसिर १२ गते, २०८१ - १९:४९
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । ...
मंसिर १२ गते, २०८१ - १९:२२
गाेरखा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ । सभामुख धितालको ममतामयी आमा चित्रकुमारी धितालको वि.सं. १९९४ सालमा जन्म भएर २...
मंसिर १२ गते, २०८१ - १९:१९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । चालु ...
मंसिर १२ गते, २०८१ - १९:१२
धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्ट...
प्रतिकृया लेख्नुहोस्: