Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पर्साका वनक्षेत्र सुरक्षित, कृषि क्षेत्रमा आगलागी

खबरडबली संवाददाता

पर्सा । पर्सामा ग्रामीण कृषि क्षेत्रमा आगलागीका घटना घटे पनि वनजङ्गल भने अहिलेसम्म जोगिएको छ । नेपालका अधिकांश जिल्लामा वन डढेलो लागिरहेको बेला जिल्लाभित्र रहेका वनक्षेत्र सुरक्षित देखिएको हो । 

डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनिलकुमार कर्णले पर्सामा यो याममा ठूलो प्रकृतिको डढेलो नलागेको बताए । “यो सिजनमा पर्सामा डढेलो लागेर वनजङ्गलमा काठ–दाउरामा ठूलो नोक्सानी भएको छैन तर कृषि उपज क्षेत्रमा भने आगलागीको समस्या देखिएको थियो”, उनले भने, “सुरुआती चरणदेखि वनजङ्गलमा हुन सक्ने डढेलोको विषयमा सतर्कता र सावधानी अपनाउन भनेकाले पनि अहिलेसम्म यहाँको वनमा आगलागी भएको छैन ।”

पर्सामा चालु आर्थिक वर्षको करिब १० महिनामा आगलागीले रु ६ करोड बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सा जिल्लामा चालु आवको वैशाख २१ गतेसम्म रु पाँच करोड ७२ लाख बराबरको धनसम्पत्ति नष्ट भएको हो । पर्सामा  गत वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा रु १२ लाख ८४ लाख बराबरको क्षति भएको थियो ।

आगोले यहाँका १५ किसानको गहुँ, अन्नबाली, पराल, कुखुरा फर्म र फुसको घरलगायतमा क्षति पुर्‍याउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति भएको छ । गत वैशाख ११ गते वीरगञ्ज महानगरका–१७ का महेन्द्र सहनीको फुसको घरमा विद्युत्को तार ‘सट’ भएर सुरु भएको आगलागीले सोही ठाउँका सातजनाको फुसका घरसहित अन्नपात, सुनचाँदी र पशुचौपाया जल्दा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको थियो । 

“अन्य जिल्लामा जस्तो पर्सामा वन क्षेत्रमा डढेलो लागेको छैन,” वन अधिकृत कर्णले भने । उनले जिल्लाका ६ वटा सबडिभिजन वन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि वनमा आगो लगाउने काम नभएको हुनसक्ने बताए । “विगतमा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरीसिकारी गर्नेले आगो लगाएर चोरीसिकारी गर्ने प्रवृत्ति थियो,” उनले भने, “यसपाली सावधानी अपनाएकाले आगजनीको घटना हुन पाएको छैन तर अझै सावधानी र सतर्कता अपनाउन जरुरी देखिन्छ ।” 

यद्यपि पर्साका एकाध वनमा डढेलो सुरु हुन खोजेपनि तुरुन्तै निभाइएका थिए । जिल्लामा ६ वटा सबडिभिजन वन कार्यालय छन् । पर्साको क्षेत्रफल एक लाख ४० हजार चार सय ३४ हेक्टर छ । जसमध्ये आठ दशमलव २३ प्रतिशत वन क्षेत्रले ओगटेको छ । डिभिजन वन कार्यालय मातहत ११ हजार चार सय ५१ दशमलव २८ हेक्टर वन क्षेत्र पर्दछ । यो तथ्याङ्कमा निकुञ्ज क्षेत्र भने समावेश गरिएको छैन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: