Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

३४६ वर्ष पुरानो थन्थु दरबार पुन: निर्माणको शिलान्यास

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन् ।

५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ सालअघिसम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनको रुपमा रहेको र २०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रष्ट बनाएपछि नगरपालिकाले पुनःनिर्माणको तयारी गर्दै गर्दा बजेट र प्राविधिक कारणले यो दरबार पुनःनिर्माण ढिलो गरि अगाडी बढेको छ । 

 २०७४ को  निर्वाचनपश्चात भक्तपुर नपाले नगरका १२४ वटा भन्दा बढी सम्पदाहरु पुनःनिर्माण गरेकोमा थन्थु दरबार पुनःनिर्माणको काम छलफलमै सीमित भएको र २०७९ सालको निर्वाचनपछि थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी काम अगाडि बढाउँदै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

थन्थु दरबार भत्काउन रु. १३ लाख ३८ हजारमा लगत इस्टिमेट भएकोमा रु. ११ लाख ५१ हजारमा भत्काउने काम सम्पन्न भएको र दरबारको जगसम्म भत्काइसकेपछि पटक पटक पुरातत्व विभागका महानिर्देशकबाट समेत अवलोकन भएको थियो ।

यो दरबार पुन: निर्माणमा १२ करोड ८५ लाख ३४ हजार ल.इ. स्वीकृत गरी पहिलो चरणको कार्य योजनामा रु. ४ करोड ७२ लाख बजेट स्वीकृत गरी कार्य भइरहेको छ । त्यस्तै रु. १ करोड ५८ लाखको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...

काठमाडौंको पानीमा माइक्रोप्लास्टिक

काठमाडौं । काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्। हालै त्रिभुवन विश्वविद्यालयको...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक छः मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बत...

बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी (बर्दघाघाट पूर्व)  । नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ।  अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको दश वर्ष पूर...

बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभा बैठक २ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक कार्यदलको बैठक लम्बिँदा २ बजेका लागि सारिएको हो । कार...

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर ।  ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्।...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा

मनाङ ।  मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन् ।  आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार÷ जीप, ५० ट्याक्टर र दश मोट...

कार्यदलमा सहमति नजुट्दा संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

कार्यदलमा सहमति नजुट्दा संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies