ताप्लेजुङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताएका छन् । एमाले ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशनका क्रममा ताप्लेजुङ आउनुभएका महासचिव पोखरेलले आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ सरकार निर्माणपछि कांग्रेसले संसद् अवरोध गर्नु दुःखदायी भएको बताए ।
“नयाँ घटना कुनै केही भएका छैनन्, आफैँले प्रधानमन्त्रीका रुपमा प्रस्ताव राख्ने र त्यही व्यक्ति गृहमन्त्री भएपछि प्रतिशोध साँध्ने जुन प्रकारको नीति नेपाली कांग्रेसको रह्यो, त्यो अत्यन्त दुःखद् छ भन्ने मलाई लाग्छ”–पोखरेलले भने ।
गल्ती गर्ने व्यक्तिका बारेमा छानबिन हुनु, दण्डित हुनु स्वभाविक भए पनि जिम्मेवार एउटा पार्टीले एकै व्यक्तिलाई कहिले प्रधानमन्त्रीका रूपमा योग्य देख्ने र कहिले गृहमन्त्रीका लागि अयोग्य देख्ने चरित्र हुनु स्वाभाविक नभएको उनको टिप्पणी छ ।
यस्तै जनता समाजवादी पार्टीभित्रको विभाजनलाई उहाँले नयाँ समीकरणको रक्षाका लागि भएको विद्रोहका रूपमा टिप्पणी गरेका छन् । सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको भन्दै उनले त्यसका विरुद्ध सांसदहरूले स्वयम् विद्रोह गरेर समीकरणको रक्षाका लागि अघि बढ्ने प्रक्रिया सुरु भएको बताए ।
“यो समीकरणको रक्षाका लागि अगाडि बढ्ने प्रक्रिया सुरु भएको छ, जनता समाजवादी पार्टीका सात जना सांसदले नयाँ पार्टी खोल्ने भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको छ, र म ठान्दछु, त्यो सङ्ख्या अझै बढेर जान्छ” ।
लोकतन्त्रमा विधिसम्मत ढङ्गले भएका विभाजनलाई स्वीकार गर्नुपर्ने मान्यता आफूमा रहेको भन्दै उनले कानुनले दिएको अधिकारलाई प्रयोग गर्नु स्वभाविक मान्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - १३:३६
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...
जेष्ठ ६ गते, २०८१ - १३:३०
काठमाडौं । काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्। हालै त्रिभुवन विश्वविद्यालयको...
जेष्ठ ६ गते, २०८१ - १३:२९
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
जेष्ठ ६ गते, २०८१ - १३:१६
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बत...
जेष्ठ ६ गते, २०८१ - १२:४८
नवलपरासी (बर्दघाघाट पूर्व) । नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ। अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको दश वर्ष पूर...
जेष्ठ ६ गते, २०८१ - १२:४४
काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक कार्यदलको बैठक लम्बिँदा २ बजेका लागि सारिएको हो । कार...
जेष्ठ ६ गते, २०८१ - १२:४२
ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्।...
जेष्ठ ६ गते, २०८१ - १२:३७
मनाङ । मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार÷ जीप, ५० ट्याक्टर र दश मोट...
जेष्ठ ६ गते, २०८१ - १२:२५
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ । ब...
जेष्ठ ६ गते, २०८१ - १२:२५
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ । ब...
प्रतिकृया लेख्नुहोस्: