काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । सरकारमा रहेका केही मन्त्रीलाई फिर्ता बोलाई केही नयाँ अनुहारलाई मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । बालुवाटार स्रोतका अनुसार सञ्चारमन्त्री रेखा शर्मा, ऊर्जामन्त्री शक्ति बस्नेतसहितका केही मन्त्रीलाई हटाएर केही नयाँलाई अवसर दिन खोजिएको हो ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर अशोक राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा)का नेतालाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब परेको छ । राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएपछि सो दलले सरकारलाई समर्थन र सहयोग रहनुका साथै प्रचण्ड नेतृत्वको गठबन्धनलाई नै निरन्तरता दिने बताएको छ ।
राई नेतृत्वको जसपाबाट अहिले वन तथा वातावरणमन्त्री रहेका नवलकिशोर साहलाई निरन्तरता दिने र सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादवलाई मन्त्री बनाउने तयारी छ ।
उपेन्द्र यादव विदेशमा रहेका बेला पार्टी विभाजन भएको थियो । निर्वाचन आयोगले दल दर्ता गरी कानुनी मान्यतासमेत दिइसकेको छ । नेपाल फर्किएपछि मंगलबार यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । उनले आफू विदेशमा रहेका बेला एमाले र माओवादी केन्द्रले मिलेर पार्टी विभाजन गराएको गुनासो पोखे । यता, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानन्त्री प्रचण्ड र एमाले नेताहरूले जसपा विभाजनमा आफूहरूको संलग्नता नरहेको प्रस्टीकरण दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी ९नाउपा० अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मन्त्री बनाउने तयारी गरेका छन् । हाललाई श्रेष्ठलाई बिनाविभागीय वा कुनै मन्त्रालय दिएर मन्त्री बनाउने विषयमा प्रचण्ड आन्तरिक छलफलमै रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रयासमा वर्तमान गठबन्ध भत्काउने र नयाँ गठबन्धन बनाएर सरकार बनाउने गृहकार्य भएपछि सत्तारूढ दलहरू विभाजन भएका हुन् । जसपा नेपाल विभाजन भइसकेको र केही समयमै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र नाउपासमेत विभाजन हुनसक्ने चर्चा भइरहेको छ ।
एकीकृत समाजवादीका केही सांसद प्रधानमन्त्री निवास बालुटार पुगी आफूहरूलाई मन्त्री बनाउनुपर्ने दबाब दिँदै पार्टी विभाजन गर्न तयार रहेको बताउने गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले पार्टी विभाजन नगर्न र हाललाई मन्त्री बनाउन नसकिने जवाफ दिएपछि ती सांसद कहिले एमाले अध्यक्ष केपी शर्मा ओली निवास त कहिले बालुवाटार धाइरहेका छन् ।
पार्टीलाई विभाजनबाट रोक्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको आन्तरिक छलफलमा जुटेका छन् । एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीचको सम्बन्ध सुमधुर नबनेपछि एमालेकै पहलमा जसपाजस्तै एकीकृत समाजवादी पनि विभाजन गर्नुपर्ने तयारीसमेत भएको छ ।
अहिले एकीकृत समाजवादी, जसपा, रास्वपा, नाउपासहितका दलहरू आन्तरिक किचलोका कारण विभाजन हुने सँघारमा रहेका छन् । यी दलहरूको आन्तरिक बैठक निरन्तर जारी नै रहेको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०९:३०
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...
माघ २ गते, २०८२ - ०९:२४
भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...
माघ २ गते, २०८२ - ०९:१९
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...




प्रतिकृया लेख्नुहोस्: