Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

यातायात कार्यालय धनगढीले गर्याे ५१ करोड रूपैयाँ राजश्व सङ्कलन

खबरडबली संवाददाता

कैलाली ।  यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोड रूपैयाँ  बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०/८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ रूपैयाँ  राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी द्एि ।

निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी ४० करोड २८ लाख ५२ हजार एक सय ७३ रूपैयाँ  राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार नौ सय रूपैयाँ  राजश्व सङ्कलन गरेको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १० करोड ६० लाख ७२ हजार नौ सय आठ रूपैयाँ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट ८३ लाख ५७ हजार ८५ रूपैयाँ  र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ४५ लाख छ हजार पाँच सय २५ रूपैयाँ  राजश्व सङ्कलन गरेको छ । 

यस्तै चालु आवमा कार्यालयको बेरुजु रकम एक लाख १८ हजार आठ सय रूपैयाँ  रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न राजश्व शीर्षकबाट  ६३ करोड ९४ लाख ३० हजार चार सय १४ रूपैयाँ  राजश्व सङ्कलन गरेको उनले बताए  ।

जस अन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबैभन्दा बढी ४७ करोड १७ लाख ७२ हजार एक सय ४४ रूपैयाँ  र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट २० हजार रूपैयाँ  राजश्व सङ्कलन गरेको थियो ।

यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १५ करोड ४२ लाख ७६ हजार सात सय २५रूपैयाँ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट एक करोड २२ लाख छ हजार ५० रूपैयाँ  र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट नौ लाख ९२ हजार १५ रूपैयाँ  राजश्व सङ्कलन गरेको छ ।

यस आर्थिक बर्षमा बेरुजु रकम एक लाख ६३ हजार चार सय ८० रूपैयाँ  रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । यस्तै कार्यालयले आर्थिक बर्ष २०७८÷७९ मा विभिन्न राजश्व शीर्षकबाट ५५ करोड ३६ लाख ४६ हजार एक सय ९२ रूपैयाँ  राजश्व सङ्कलन गरेको जनाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

काठमाडौं । ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले शपथ लिएका छन् । पदभार ग्रहण गरेपछि, लाइ ताइवानको राष्ट्रपति हुने तेस्रो निवर्तमान उपराष्ट्रपति हु...

अघिल्लो पटककै जसरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन विष्णु पौडेलले कांग्रेसलाई आग्रह

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको समर्थन रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकम...

समग्र व्यवस्थामाथि नै अविश्वास बढाइरहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । कांग्रेसको नाराबाजी जारी रहँदा सभामुख द...

चलचित्र ‘फर्की फर्की’बाट नेपाली फिल्ममा डेब्यू गर्दै समृद्धि अर्याल

काठमाडौं । समृद्धि अर्याल हङकङमा जन्मिइन्, भारतमा पढिन् । भारतमा अभिनयको अध्ययन गरेकी उनी यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’बाट नेपाली फ...

आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली

कैलाली ।  कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धनगढी–दीपायल द्रुत मार्गअन्तर्गत चुरे फेदमा र...

तनहुँ आगलागी अपडेटः क्षतिको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२स्४५ बजे फलफूल लाइनमा रहेका स...

सिन्धुलीमा खैरो हेरोइनसहित दुई जना युवा पक्राउ

सिन्धुली । खैरो हेरोइनसहित प्रहरीले सिन्धुलीबाट दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन घर भएका २६ वर्षीय विनोद परियार र गो...

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, चाँदी पनि हाल सम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा दिनहुँ रेकर्ड बनाइरहेको छ । आइतबार तोलाको १ लाख ४० हजार ९ सय रूपैयाँ कायम भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्य...

दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान

चितवन । चितवनको भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ ।  महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढ...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता

काठमाडौं ।  औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको कमीले उद्योगहरु पूर्ण क्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies