Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान

खबरडबली संवाददाता

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरूआत भएको छ । 

सोलुदुधकुण्ड नगरपालिका–६ थातिङमा आज अभियानको सुरुआत गर्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले महिनावारी अभिसाप नभई बरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताइन । 

उनले अब घरघरमा महिनावारीका विषयमा सचेता जगाउनुपर्ने र त्यसमा सबै सरोकारवालाको साथ अपरिहार्य रहेको उनको भनाइ छ ।  “महिनावारी महिलाको स्वास्थ्यसँग जोडिएको प्राकृतिक प्रक्रिया हो । त्यसैले यसको नाममा महिलालाई छाउबार्न, घरभन्दा टाढा बस्न बाध्यपर्ने काम गर्नुहुँदैन । त्यसले निम्त्याउने जोखिमका बारेमा हामी सबै जानकार नै छ”, उनले भनिन्,“अब महिनावारीको समयमा सरसफाइ तथा स्वच्छतामा ख्यालगरी यो प्रथालाई त्याग्न जरूरी छ ।” उनले अब महिनावारी शिक्षालाई ग्रामीणस्तरसम्म पुर्याउन सबै लाग्नुपर्नेमा जोड दिइन । 

आयोजक संस्था सामाजिक संस्था ‘द स्मल वल्र्ड (टिएसडब्यू) का कार्यकारी निर्देशक सोनाम डोका शेर्पाले प्रजनन स्वास्थ्य महिलाको अधिकारभएकाले यसबारे खुलेर कुरा गर्न आग्रह गरिन । उनले महिला र महिनावारीविना सृष्टि अधुरो हुने भएकाले महिनावारीलाई उत्सवको रूपमा लिनुपर्ने उनको भनाइ छ । 

दुई सप्ताहसम्म चल्ने अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर ७४ वटा मतदान स्थल थपिए

काठमाडौं । निर्वाचन आयोगले ७४ वटा मतदान स्थल थपेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले ७४ वटा म...

घोषित फागुन २१ को निर्वाचन समयमै हुनुपर्छ: प्रचण्ड

काठमाडौं  । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई विध्न–बाधाबाट जोगाएर सफल बनाउन सबैलाई एकजुट हुन अपील गरेका छन् । ...

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending