Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

वन डढेलो नियन्त्रण गर्नुपर्नेमा जोड

खबरडबली संवाददाता

काठमाडौं । वन क्षेत्रमा बर्सेनि लाग्ने डढेलोका कारण जैविक विविधतामा ह्रास पुगेको भन्दै नियन्त्रणका लागि सरोकारवालाले वन व्यवस्थापनमा जोड दिएका छन् । 

देशभरका सामुदायिक वन उपभोक्ताको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले आज काठमाडौंमा आयोजना गरेको डढेलोसम्बन्धी अन्तरक्रियामा उनिहरुले वन डढेलो नियन्त्रणका लागि वन क्षेत्रको व्यवस्थापनमा जोड दिएका हुन् । 

वनविद् विजयराज पौडेलले पछिल्लो समय गाउँ बस्तीबाट मानिस बसाइँ सरेको वन क्षेत्रमा पातपतिङ्गर, दाउराजस्ता जैविक पदार्थ थुप्रिएका कारण वन डढेलो फैलिरहेको बताए । “पहिलापहिला वनको पातपतिङ्गर सोरेर जैविक मल बनाइन्थ्यो, घाँस, दाउरा सङ्कलन हुन्थ्यो र वन क्षेत्र पनि सफा हुन्थ्यो”, उनले भने, “अब अहिले ती सब क्रियाकलाप नसहँदा वनमा बल्ने चिज थुप्रिँदै गए र वन डढेलो फैलने खतरा भएकाले वनको व्यवस्थापनमा जोड दिनुपर्छ ।”

उनले डढेलो पूर्वतयारी र नियन्त्रणमा राज्यको लगानी बढाउन नसके बर्सेनि वन डढेलोको घटना बढ्दै जानेसमेत बताए । उनका अनुसार राम्रो घाँस दाउरा पलाउने लोभमा पहिले–पहिले वनमा मानिसले जानाजान आगो लगाउने गरेको र अहिले भने पिकनिक जाँदा आगो बाल्ने अनि छाडेर हिँड्दा, चुरोट खाएर जङ्गलमा फाल्दा, क्याम्प फायर गर्दा तथा कुनै रिसिइबीका कारण र काठ तस्कर गरेर प्रमाण नष्ट गर्नका लागि पनि मानिसले जङ्गलमा आगो लगाउने गर्छन् ।

“वन डढेलोका कारण वन जङ्गल विनाश, जैविक विविधतामा ह्रास, वातावरणीय विनाश, बस्तीमा आगो सल्कने खतरा, वन अतिक्रमण, विकास निर्माणमा वृद्धिलगायतका असर पर्न सक्छ”, पौडेलले भने, “सबैको सहकार्यमा वन डढेलो नियन्त्रणलाई गम्भीरताका साथ लिन जरुरी छ ।”

उनले वनमा लाग्ने डढेलो ६० प्रतिशतभन्दा बढी मानवीय क्रियाकलापबाट हुने भन्दै जानाजान आगो लागाउनेलाई कडाइ कारबाही हुनुपर्नेमा जोड दिए । राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वातावरण अधिकृत रिना चौधरीले २० मिलिमिटरसम्मको वर्षा हुँदा पनि डढेलो नियन्त्रण भने हुन नसकेको बताइन । 

नेपाल जस्तो मुलुकका लागि हेलिकप्टरलगायतका अत्याधुनिक सामग्री प्रयोगबाट डढेलो नियन्त्रण गर्न सम्भव नभएको उनको भनाइ छ । “पर्याप्तमात्रामा नेपालमा दमकल नहुनु, अग्नि नियन्त्रणका लागि दक्ष जनशक्तिको अभाव हुनुले पनि डढेलो नियन्त्रणमा समस्या भएको छ”, चौधरीले भनिन्, “नेपालमा कति दमकल छ ? अवस्था के छ ? कर्मचारी कतिको दक्ष छन् ? यस विषयमा मूल्याङ्कन भइरहको छ, सोअनुरुप कार्यविधि बनाइनेछ ।”

यसैगरी पारिवारिक निजी वन सङ्घ नेपालका अध्यक्ष जोगराज गिरीले पनि डढेलोबाट वन जोगाउन सहकार्य र प्रभावकारी नीति कार्यान्वयनको आवश्यकता रहेकामा जोड दिइन । यसैगरी फेकोफनको महासचिव पार्वता गौतमले पनि वन डढेलोबाट घाइतेलाई समयमामा नै उद्धार, पीडितलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । “वन डढेलो नियन्त्रणसम्बन्धी सामान्य ज्ञान नहुँदा यहाँ बर्सेनि डढेलेका कारण मानिसको जान गएको छ त कैयौँ घाइते भएका छन्, उनीहरुको समयमा नै राहतको व्यवस्था हुनुपर्छ र दक्ष जनशक्ति निर्माणका लागि तालिम जरुरी छ”, उनले भनिन्, “फेकोफनले भने डढेलो पीडित उपभोक्तालाई निःशुल्क काठ उपलब्ध गराउन समूहहरुलाई निर्देशन दिएका छौँ ।”

फेकोफन भक्तपुर जिल्ला अध्यक्ष पार्वती नगरकोटीले आफूहरुले समूहरुमा डढेलो नियन्त्रण र सुरक्षासम्बन्धी व्यापक जनचेतना अभिवृद्धि गराएको जानकारी दिइन । उनका अनुसार स्थानीय तहको सहकार्यमा डढेलो नियन्त्रणका गतिविधि अगाडि बढाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: