Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

वन डढेलो नियन्त्रण गर्नुपर्नेमा जोड

खबरडबली संवाददाता

काठमाडौं । वन क्षेत्रमा बर्सेनि लाग्ने डढेलोका कारण जैविक विविधतामा ह्रास पुगेको भन्दै नियन्त्रणका लागि सरोकारवालाले वन व्यवस्थापनमा जोड दिएका छन् । 

देशभरका सामुदायिक वन उपभोक्ताको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले आज काठमाडौंमा आयोजना गरेको डढेलोसम्बन्धी अन्तरक्रियामा उनिहरुले वन डढेलो नियन्त्रणका लागि वन क्षेत्रको व्यवस्थापनमा जोड दिएका हुन् । 

वनविद् विजयराज पौडेलले पछिल्लो समय गाउँ बस्तीबाट मानिस बसाइँ सरेको वन क्षेत्रमा पातपतिङ्गर, दाउराजस्ता जैविक पदार्थ थुप्रिएका कारण वन डढेलो फैलिरहेको बताए । “पहिलापहिला वनको पातपतिङ्गर सोरेर जैविक मल बनाइन्थ्यो, घाँस, दाउरा सङ्कलन हुन्थ्यो र वन क्षेत्र पनि सफा हुन्थ्यो”, उनले भने, “अब अहिले ती सब क्रियाकलाप नसहँदा वनमा बल्ने चिज थुप्रिँदै गए र वन डढेलो फैलने खतरा भएकाले वनको व्यवस्थापनमा जोड दिनुपर्छ ।”

उनले डढेलो पूर्वतयारी र नियन्त्रणमा राज्यको लगानी बढाउन नसके बर्सेनि वन डढेलोको घटना बढ्दै जानेसमेत बताए । उनका अनुसार राम्रो घाँस दाउरा पलाउने लोभमा पहिले–पहिले वनमा मानिसले जानाजान आगो लगाउने गरेको र अहिले भने पिकनिक जाँदा आगो बाल्ने अनि छाडेर हिँड्दा, चुरोट खाएर जङ्गलमा फाल्दा, क्याम्प फायर गर्दा तथा कुनै रिसिइबीका कारण र काठ तस्कर गरेर प्रमाण नष्ट गर्नका लागि पनि मानिसले जङ्गलमा आगो लगाउने गर्छन् ।

“वन डढेलोका कारण वन जङ्गल विनाश, जैविक विविधतामा ह्रास, वातावरणीय विनाश, बस्तीमा आगो सल्कने खतरा, वन अतिक्रमण, विकास निर्माणमा वृद्धिलगायतका असर पर्न सक्छ”, पौडेलले भने, “सबैको सहकार्यमा वन डढेलो नियन्त्रणलाई गम्भीरताका साथ लिन जरुरी छ ।”

उनले वनमा लाग्ने डढेलो ६० प्रतिशतभन्दा बढी मानवीय क्रियाकलापबाट हुने भन्दै जानाजान आगो लागाउनेलाई कडाइ कारबाही हुनुपर्नेमा जोड दिए । राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वातावरण अधिकृत रिना चौधरीले २० मिलिमिटरसम्मको वर्षा हुँदा पनि डढेलो नियन्त्रण भने हुन नसकेको बताइन । 

नेपाल जस्तो मुलुकका लागि हेलिकप्टरलगायतका अत्याधुनिक सामग्री प्रयोगबाट डढेलो नियन्त्रण गर्न सम्भव नभएको उनको भनाइ छ । “पर्याप्तमात्रामा नेपालमा दमकल नहुनु, अग्नि नियन्त्रणका लागि दक्ष जनशक्तिको अभाव हुनुले पनि डढेलो नियन्त्रणमा समस्या भएको छ”, चौधरीले भनिन्, “नेपालमा कति दमकल छ ? अवस्था के छ ? कर्मचारी कतिको दक्ष छन् ? यस विषयमा मूल्याङ्कन भइरहको छ, सोअनुरुप कार्यविधि बनाइनेछ ।”

यसैगरी पारिवारिक निजी वन सङ्घ नेपालका अध्यक्ष जोगराज गिरीले पनि डढेलोबाट वन जोगाउन सहकार्य र प्रभावकारी नीति कार्यान्वयनको आवश्यकता रहेकामा जोड दिइन । यसैगरी फेकोफनको महासचिव पार्वता गौतमले पनि वन डढेलोबाट घाइतेलाई समयमामा नै उद्धार, पीडितलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । “वन डढेलो नियन्त्रणसम्बन्धी सामान्य ज्ञान नहुँदा यहाँ बर्सेनि डढेलेका कारण मानिसको जान गएको छ त कैयौँ घाइते भएका छन्, उनीहरुको समयमा नै राहतको व्यवस्था हुनुपर्छ र दक्ष जनशक्ति निर्माणका लागि तालिम जरुरी छ”, उनले भनिन्, “फेकोफनले भने डढेलो पीडित उपभोक्तालाई निःशुल्क काठ उपलब्ध गराउन समूहहरुलाई निर्देशन दिएका छौँ ।”

फेकोफन भक्तपुर जिल्ला अध्यक्ष पार्वती नगरकोटीले आफूहरुले समूहरुमा डढेलो नियन्त्रण र सुरक्षासम्बन्धी व्यापक जनचेतना अभिवृद्धि गराएको जानकारी दिइन । उनका अनुसार स्थानीय तहको सहकार्यमा डढेलो नियन्त्रणका गतिविधि अगाडि बढाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending