झापा । झापामा ६५ वर्ष उमेर पारगरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधि उपचार खर्च प्रदान गर्न थालिएको छ । पत्रकार महासङ्घ झापा शाखाले यसै वर्षदेखि सामाजिक सुरक्षा योजना अन्तर्गत ज्येष्ठ पत्रकारलाई सो खर्च प्रदान गर्न थालेको हो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले ८० वर्षभन्दा माथि उमेर समूहकालाई वार्षिक रु २० हजार र ६५ वर्षदेखि ७९ वर्षसम्मकालाई वार्षिक रु १५ हजारका दरले यो सुविधा प्रदान गरिएको बताए । शाखाको १४औँ अधिवेशनमा यसपटक १९ जनालाई सो सेवा प्रदान गरिएको छ ।
शाखाले सबै पत्रकारको दुर्घटना र औषधि उपचार खर्चकै लागि रु एक करोडभन्दा बढीको अक्षयकोष सञ्चालन गरेको छ । गम्भीर बिरामी र घाइते भएकालाई यो कोषबाट उपचार खर्च प्रदान गरिँदै आएको नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले बताए ।
अग्रज पत्रकारको सम्मान र आफ्ना सदस्यको संरक्षणमा शाखाले खेलेको अभिभावकीय भूमिकाको अग्रज पत्रकारहरूले प्रशंसा गरेका छन् । पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीले महासंघ झापा शाखाले अग्रज पत्रकारको सम्मानमा सुरूगरेको उपचार खर्च दिने कार्य सराहनीय भएको बताए ।
नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष चिन्तामणि दाहालले झापा शाखाले अरु शाखाले पनि अनुशरण गर्नमिल्ने काम गरेको भन्दै प्रशंसा गरे । अग्रज पत्रकार तथा साहित्यकार चुणमणि रेग्मीले दीर्घसेवी सम्मान ग्रहण गर्दै पछिल्लो पुस्ताले सम्मानसहित आफूलाई सम्झेकोमा हर्षविभोर भएको बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधिश अशोककुमार बस्नेतले अग्रजहरूको सम्मानले पछिल्लो पुस्ताको पनि सम्मान बढ्ने भन्दै सो कार्यको निरन्तरताका लागि आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाले प्रकाशन गरेको ‘झापाको पत्रकारिता आरम्भदेखि २०४०’ पुस्तकबारे पनि चर्चा गरिएको छ । महासंघको केन्द्रीय महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकार्पण गर्नुभएको पुस्तकमा ३० को दशकको अन्त्यसम्म क्रियाशील रहेका अग्रज पत्रकारको संस्करणात्कम जीवनी समेटिएको छ । पुस्तकमा २६ पत्रकारको अन्तरबोध खण्ड, १३ जना पत्रकारको संस्मरण र आठ वटा अभिलेख खण्ड समेटिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: