झापा । झापामा ६५ वर्ष उमेर पारगरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधि उपचार खर्च प्रदान गर्न थालिएको छ । पत्रकार महासङ्घ झापा शाखाले यसै वर्षदेखि सामाजिक सुरक्षा योजना अन्तर्गत ज्येष्ठ पत्रकारलाई सो खर्च प्रदान गर्न थालेको हो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले ८० वर्षभन्दा माथि उमेर समूहकालाई वार्षिक रु २० हजार र ६५ वर्षदेखि ७९ वर्षसम्मकालाई वार्षिक रु १५ हजारका दरले यो सुविधा प्रदान गरिएको बताए । शाखाको १४औँ अधिवेशनमा यसपटक १९ जनालाई सो सेवा प्रदान गरिएको छ ।
शाखाले सबै पत्रकारको दुर्घटना र औषधि उपचार खर्चकै लागि रु एक करोडभन्दा बढीको अक्षयकोष सञ्चालन गरेको छ । गम्भीर बिरामी र घाइते भएकालाई यो कोषबाट उपचार खर्च प्रदान गरिँदै आएको नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले बताए ।
अग्रज पत्रकारको सम्मान र आफ्ना सदस्यको संरक्षणमा शाखाले खेलेको अभिभावकीय भूमिकाको अग्रज पत्रकारहरूले प्रशंसा गरेका छन् । पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीले महासंघ झापा शाखाले अग्रज पत्रकारको सम्मानमा सुरूगरेको उपचार खर्च दिने कार्य सराहनीय भएको बताए ।
नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष चिन्तामणि दाहालले झापा शाखाले अरु शाखाले पनि अनुशरण गर्नमिल्ने काम गरेको भन्दै प्रशंसा गरे । अग्रज पत्रकार तथा साहित्यकार चुणमणि रेग्मीले दीर्घसेवी सम्मान ग्रहण गर्दै पछिल्लो पुस्ताले सम्मानसहित आफूलाई सम्झेकोमा हर्षविभोर भएको बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधिश अशोककुमार बस्नेतले अग्रजहरूको सम्मानले पछिल्लो पुस्ताको पनि सम्मान बढ्ने भन्दै सो कार्यको निरन्तरताका लागि आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाले प्रकाशन गरेको ‘झापाको पत्रकारिता आरम्भदेखि २०४०’ पुस्तकबारे पनि चर्चा गरिएको छ । महासंघको केन्द्रीय महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकार्पण गर्नुभएको पुस्तकमा ३० को दशकको अन्त्यसम्म क्रियाशील रहेका अग्रज पत्रकारको संस्करणात्कम जीवनी समेटिएको छ । पुस्तकमा २६ पत्रकारको अन्तरबोध खण्ड, १३ जना पत्रकारको संस्मरण र आठ वटा अभिलेख खण्ड समेटिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: