Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

खबरडबली संवाददाता

झपा । नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो ।  नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका मुख्य न्यायाधिस अशोककुमार बस्नेतले गरेका थिए ।

कार्यक्रममा भाषाविद् तथा अग्रज पत्रकार चुणामणि रेग्मीलाई सम्मान प्रदान गरिएको थियो । पत्रकार महासंघ झापाले ६५ वर्ष उमेर पूरा भएका अग्रज पत्रकारलाई यसैबर्षदेखि औषधि उपचार खर्च सहित दीर्घसेवी सम्मान प्रदान गर्न थालेको छ । १४ औं जिल्ला अधिवेशनमा उनीहरुलाई सम्मान गरिएको थियो । उक्त दिन अनुपस्थित कृष्ण दाहाल र लेखनाथ भट्टराईलाई पनि  विहीबार सम्मान प्रदान गरिएकाे थियाे ।

महासंघ झापाको बिर्तामोडस्थित कार्यालयमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले इतिहासका धरोहरलाई सधै सम्मान गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले अघिल्लो पुस्ताको योगदानको जगमा टेकेर नयाँ पुस्तालाई डोहोर्याउने दायित्व पनि रहेको बताएका छन् ।

प्रमुख अतिथि बस्नेतले न्यायालय र पत्रकारिता दुवै क्षेत्रमा असल र खराब पात्रहरु तथा पक्ष रहेको उल्लेख गर्दै पेशाको मर्यादा र गरिमा कायम गर्न सचेत हुनुपर्नेमा जोड दिए । असल र निष्पक्ष पत्रकारिताले राज्यका निकायलाई खबरदारीसंगै मजबुत बनाउने भन्दै उनले झापाली पत्रकारिता र अग्रजहरुको योगदानको चर्चा गरे । बस्नेतले पत्रकार महासंघ झापाको कामको प्रशंसा गरे ।

पुस्तकको परिचर्चा कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, अग्रज पत्रकार तथा साहित्यकार चुणामणि रेग्मी, झापा शाखाका पूर्व सचिव सन्तोष आचार्यले झापा शाखाको यो कार्यकाल निक्कै उपलब्धिमुलक र प्रभावकारी भएको बताएका थिए । सम्पादक गोपाल गिरीले पुस्तकका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत र सचिव डिकेश लामाले सञ्चालन गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा लोकापर्ण गरेको उक्त पुस्तकमा ३० को दशकको अन्त्यसम्मको झापाको पत्रकारिताको इतिहास, त्यसबेला क्रियाशील रहेका अग्रज पत्रकारहरुको संस्करणात्कम जीवनी समेटिएको छ । पुस्तकमा २६ जना पत्रकारहरुको अन्तरवोध खण्ड, १३ जना पत्रकारको संस्मरण आलेख र आठ वटा अभिलेख खण्ड समेटिएका छन् ।

गोपाल गिरी र राजवावु शंकरले उक्त पुस्तक सम्पादन गरेका हुन् । पुस्तक कभर सहित २७६ पृष्ठको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दैलेखबाट सुर्खेत जाँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका–७स्थित ...

संसदीय समिति गठनको माग गर्दै विपक्षी दलले सडक र सदन तताउने

काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्...

विश्वासको मत पाएपछि ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । सोमबार प्रतिन...

सङ्खुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमा...

अझै हुन सकेन कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र

कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन ...

गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको छः बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले  गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् ।  स...

प्रधानमन्त्रीले पाए चाैथाेपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले याे पटकसमेत चौथो पटक विश्वासको मत पाएका ...

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

काठमाडौं । ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले शपथ लिएका छन् । पदभार ग्रहण गरेपछि, लाइ ताइवानको राष्ट्रपति हुने तेस्रो निवर्तमान उपराष्ट्रपति हु...

अघिल्लो पटककै जसरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन विष्णु पौडेलले कांग्रेसलाई आग्रह

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको समर्थन रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकम...

समग्र व्यवस्थामाथि नै अविश्वास बढाइरहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । कांग्रेसको नाराबाजी जारी रहँदा सभामुख द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies