Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

काठमाडौं महानगरमा बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु

खबरडबली संवाददाता

काठमाडौं । आर्थिक बर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु भएको छ । वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को वैठकले आर्थिक बर्ष २०८१/८२ का लागि मार्गदर्शन पारित गरेपछि त्यही मार्गदर्शनका आधारमा उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा रहेको ‘बजेट तर्जुमा समिति’ले विषयगत समितिसँग छलफल सुरु गरेको हो । 

बैठकमा उपप्रमुख डंगोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्नु पर्ने बताइन् । वैठकका निर्णयका बारेमा जानकारी गराउँदै उनले भनिन्, ‘विषयगत समितिहरुको बैठकबाट चालु आर्थिक बर्षको समीक्षा र आगामी वर्षका कार्यक्रमको प्रस्ताव ल्याउने र यसरी आएका विवरणहरुलाई संकलन तथा ढाँचामा राख्न योजना अनुगमन तथा मूल्याङ्क एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको संयोजकत्वमा बजेट तथा अनुगमन महाशाखा प्रमुख विकास चित्रकार र मानव संशाधन विकास महाशाखा प्रमुख प्रवीण प्याकुरेल सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बजेट सीमा र बजेट तथा कार्यक्रम तर्जुमा मार्गदर्शन बारे अवगत गराएका थिए ।  

त्यसपछिको छलफलमा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, राजस्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक रामजी भण्डारी, भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार र कृषि, सहकारी तथा पशुपन्छी व्यवस्था समितिका संयोजक रामजी भण्डारीले धारणा राखेका थिए । 

काठमाडौँमा भौतिक पूर्वाधारका काम गर्न सकिने समय, योजनाको कार्यान्वयन गर्न आवश्यक प्रक्रियाको चरण र अवस्था, केन्द्र र वडागत रुपमा हुने कार्यक्रमको सम्बन्ध जस्ता पक्षमा ध्यान दिनुपर्नेमा जोड दिए । यस्तै सामाजिक विकास, स्वास्थ्य, शिक्षा, वातावरणीय सुधारजस्ता आधारभूत आवश्यकताका विषयमा उनीहरुको जोड थियो ।

योजना तर्जुमा सम्बन्धी काम ‘बजेटको पूर्व तयारी’ हरेक वर्षको मंसिर महिनाबाट सुरु हुन्छ । विषय क्षेत्रसँग सम्बन्धित सूचना संकलन र विश्लेषण गरेर स्थितिपत्र अद्यावधिक गर्ने यसको पहिलो काम हो । यो काम विषयगत विभाग, महाशाखा र शाखाले मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्छ । 

माघ मसान्तभित्र विषयगत क्षेत्र विभाजन गरेर सदस्यलाई जिम्मेवारी दिनुपर्छ । यो जिम्मेवारी कार्यपालिकाले दिनुपर्छ । महानगरपालिकामा विषयगत समिति भएकाले यसको जिम्मेवारी कार्यपालिकाले समितिलाई दिइएको छ ।

फागुनबाट ‘स्रोत अनुमान र कुल बजेट सीमा निर्धारण’ को काम सुरु हुन्छ । संघ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट, रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने,  सरोकारवालासँग छलफल गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने, कुल बजेटको अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने, यो मार्गदर्शन विभाग, महाशाखा, शाखा तथा वडालाई उपलब्ध गराउने काम हुन्छ । महानगरपालिको यो मार्गदर्शन वैशाख १४ गते परिपत्रमार्फत पठाइसकेको छ । 

बस्ती र टोलस्तरबाट योजना छनोट तेस्रो चरणमा आउँछ । यो काम वडा समितिबाट वैशाख मसान्तभित्र सम्पन्न गर्नुपर्छ । यसपछि जेठ १० गतेभित्र वडास्तरीय योजनाको प्राथमिकता निर्धारण गर्नुपर्छ ।

पाँचौ चरणमा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्छ । जेठ १५ गतेबाट सुरु हुने यस चरणमा विषयगत समिति, विभाग, शाखा, महाशाखा र विषय क्षेत्रका आयोजना र कार्यक्रमको प्राथमिकता निर्धारण गर्नुपर्छ । विषयगत समितिमा छलफल, प्राथमिकता निर्धारण र सांकेतीकरण, बजेट (राजस्व, व्यय र बित्तीय व्यवस्था) तथा वार्षिक विकास कार्यक्रमको प्रस्ताव तयार गर्ने, गैरसरकारी संघसंस्था र विकास साझेदारका कार्यक्रम समावेश गर्ने, आर्थिक विधेयक र विनियोजन विधेयकको मस्यौदा तयार पार्नुपर्छ । 

यसरी तयार पारिएका विधेयकहरु कार्यपालिकाबाट स्वीकृत गराएर असार १० गतेभित्र नगर सभामा पेश गर्नुपर्छ । यसरी पेश गरिएको प्रस्तावलाई असार मसान्तभित्र सभाबाट पारित गराउनु पर्छ ।  यसरी योजना तर्जुमाका चरण पूरा हुन्छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंगलबार पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ/ हावा हुरीसहितको वर्षा हुने

काठमाडौं ।  मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक-...

नेताहरूको कुर्सी मोहका कारण मुलुक कमजोर बन्योः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् । सोमवार बेपत्ता योद्धा समाज परिवार...

दुर्घटनामा परी सब इन्जिनियरको मृत्यु

विराटनगर  । मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियर ओभरसियरको मृत्यु भएको छ । विराटचोक–घिनाघा...

दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दैलेखबाट सुर्खेत जाँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका–७स्थित ...

संसदीय समिति गठनको माग गर्दै विपक्षी दलले सडक र सदन तताउने

काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्...

विश्वासको मत पाएपछि ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । सोमबार प्रतिन...

सङ्खुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमा...

अझै हुन सकेन कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र

कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन ...

गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको छः बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले  गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् ।  स...

प्रधानमन्त्रीले पाए चाैथाेपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले याे पटकसमेत चौथो पटक विश्वासको मत पाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies