Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

रौतहटमा लाखौं मूल्यका सुँगुर चोरी

खबरडबली संवाददाता

रौतहट  । रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने  सुँगुर चोरी भएको छ । गएराती अज्ञात चोर समुहले स्थानिय बदरी धनखारको छोरा श्याम सुन्दर धनखारको खोरबाट एकदर्जन सुँगुर चोरी लागेका हुन् ।

श्याम सुन्दरको छोरीको बिहेको अवसरमा गएराती मदिरा सहितको भोजको आयोजना गरिएको थियो। आफन्त, स्वजातियहरु तथा बाहिर बाट आएका कुटुम्बहरुको साथमा धनखार परिवार अबेर रातिसम्म खानपिन गरी सुतेका थिए । मध्य रातमा उनको घरभन्दा ५० मीटर पश्चिम रहेको खोरको ढोका फोडेर अज्ञात चोर समूहले १० वटा ठूलो ८० किलो भन्दा बढी वजन रहेको गर्भवती सुँगुर र दुइवटा २० किलो बराबर वजन रहेको सुँगुर चोरेर लागेको उनकी बहिनी सुगन्धी धनखारले बताइन्। आज बिहान ७ बजे घर परिवारको मानिसले खोरको ढोका खुलेको देखेर सुँगुर चोरी घटना बारे जानकारी भएको उनले बताइन्। 

चोरी भएको जानकारी पाउनासाथ घर परिवार तथा टोल छिमेकका मानिस खोजि कार्यमा जुटेका छन तर सुँगुरको कुनै सुराक नलागेको सुगन्धले बताएकी छन्।चोरी भएको सुँगुरको बजार मूल्य चारलाख २० हजार रुपैयाँ भन्दा बढी हुने स्थानिय रामचन्द्र गोसाईंले बताएका छन।

यसै बीच चोरी भएको सुँगुरको खोजी तथा अज्ञात चोर समूहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय कटहरियामा लिखित जाहेरी दरखास्त दिइसकेको उनले जानकारी दिएकि छिन्। ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ट सई अरुण कुमार सिंहले सुँगुर चोरीको घटनाको बारेमा जिल्लामा टिपोट गराई खोजतलास सुरु गरेको बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंगलबार पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ/ हावा हुरीसहितको वर्षा हुने

काठमाडौं ।  मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक-...

नेताहरूको कुर्सी मोहका कारण मुलुक कमजोर बन्योः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् । सोमवार बेपत्ता योद्धा समाज परिवार...

दुर्घटनामा परी सब इन्जिनियरको मृत्यु

विराटनगर  । मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियर ओभरसियरको मृत्यु भएको छ । विराटचोक–घिनाघा...

दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दैलेखबाट सुर्खेत जाँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका–७स्थित ...

संसदीय समिति गठनको माग गर्दै विपक्षी दलले सडक र सदन तताउने

काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्...

विश्वासको मत पाएपछि ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । सोमबार प्रतिन...

सङ्खुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमा...

अझै हुन सकेन कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र

कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन ...

गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको छः बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले  गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् ।  स...

प्रधानमन्त्रीले पाए चाैथाेपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले याे पटकसमेत चौथो पटक विश्वासको मत पाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies