Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भारतको सर्वोच्च अदालतद्वारा केजरीवाललाई जमानतमा रिहा

खबरडबली संवाददाता

एजेन्सी । भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिद्वन्द्वीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । यसबाट उनलाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ । 

राजधानी दिल्लीका मुख्यमन्त्री तथा निर्वाचनमा मेदीको सामना गर्नका लागि गठित विपक्षी गठबन्धनका नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा मार्चमा हिरासतमा लिइएको थियो । 

आपराधिक अनुसन्धानको दायरामा आउने समूहका धेरै नेतामध्ये उनि एक हुन् । उनका एक सहकर्मीले निर्वाचनभन्दा एक महिनाअघि उनको गिरफ्तारीलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) द्वारा रचित ‘राजनीतिक षड्यन्त्र’ का रूपमा वर्णन गरेका थिए । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपाङ्कर दत्ताले केजरीवाल छ साताको निर्वाचनमा मतदानको अन्तिम दिन जुन १ सम्म हिरासतबाट बाहिर रहन सक्ने बताइएकाे छ । सन् २०२१ मा मदिराको बिक्रीलाई उदार बनाउने र यस क्षेत्रमा आकर्षक सरकारी हिस्सेदारी छाड्ने नीति लागु गर्दा केजरीवालको सरकारमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो । उक्त नीतिलाई अर्को वर्ष फिर्ता लिइयो तर लाइसेन्सको कथित भ्रष्ट विनियोजनमा नतिजाको अनुसन्धानले केजरीवालका दुई शीर्ष सहयोगीहरूलाई कारागार पुर्यायो ।

बारम्बार गलत कामलाई अस्वीकार गर्दै आएका केजरीवालको समर्थनमा उनको गिरफ्तारीपछि भारतभरका अन्य धेरै ठूला सहरमा जुलुस निकालिएको थियो । करिब एक दशकसम्म मुख्यमन्त्री रहेका ५५ वर्षीय केजरीवाल पहिलोपटक कट्टर भ्रष्टाचारविरोधी योद्धाका रूपमा कार्यालय आएका थिए । उनले अनुसन्धानको हिस्साका रूपमा सोधपुछका लागि भारतको वित्तीय अपराध एजेन्सी प्रवर्तन निर्देशनालयको बोलावट आदेशको विरोध गरेका थिए । 

मोदीका राजनीतिक विरोधीहरू र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले लामो समयदेखि भारतको सङ्कुचित लोकतान्त्रिक स्थानप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।  विपक्षी कांग्रेस पार्टीका सबैभन्दा प्रमुख सदस्य तथा दशर्कौसम्म भारतीय राजनीतिमा वर्चश्व कायम गर्ने वंशका राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानिमा दोषी ठहराइएको थियो । उक्त फैसलालाई उच्च अदालतले निलम्बन नगरेसम्म उनको दुई वर्षको कारागार सजायले उनलाई केही समयका लागि संसद्बाट अयोग्य घोषित गरेको थियो । 

केजरीवाल र गान्धी दुवै दुई दर्जनभन्दा धेरै पार्टीबाट बनेको विपक्षी गठबन्धनको सदस्य छन् । उक्त गठबन्धनले संयुक्तरूपमा भारतको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending