काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्।
यसअघि कानुन व्यवसायीहरूले दर्ता गर्न ल्याएको रिट दरपीठ गरिएको तथा दरपीठविरुद्ध पुन: रिट दर्ता गर्न खोज्दा पनि अस्वीकार गरिएको गुनासो गरेपछि कामु प्रधानन्यायाधीश मल्लले यस्तो आदेश दिएकी हुन्।
उनले आजै दिउँसो १ बजेसम्म सबै रिट निवेदन तथा दरपीठ आदेशविरुद्धका निवेदन दर्ता गरी भोलि जेठ ५ गते मंगलबारका लागि तारेख तोकेर पेशीमा चढाउन निर्देशन दिएकी छन्।
यसअघि संवैधानिक परिषद् बैठकले चौथो वरीयताका डा। मनोज कुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीहरूले रिट दायर गर्न खोजेका थिए। तर सर्वोच्च अदालत ले उक्त रिट दरपीठ गरेको थियो।
दरपीठविरुद्ध पुन: रिट दर्ता गर्न खोज्दा पनि मुख्य रजिष्ट्रारले अस्वीकार गरेको भन्दै कानुन व्यवसायीहरूले गुनासो गरेका थिए। यसै विषयमा केही कानुन व्यवसायीहरूले आज कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर आफ्नो असन्तुष्टि राखेका थिए।
लिखित आदेशमा कामु प्रधानन्यायाधीश मल्लले अदालतमा कानुनअनुसार दर्ता हुन आएका निवेदन रोक्नु न्याय प्राप्तिको अधिकारमा अवरोध हुने उल्लेख गरेकी छन्।
‘कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोमा अवरोध सिर्जना गर्नु तथा अदालतप्रतिको जनआस्थामा अविश्वास बढाउने व्यवहार हुन जान्छ,’ आदेशमा उल्लेख छ।
साथै, न्यायाधीशहरूसमक्ष मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउँदा प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोज कुमार शर्मा कै निर्देशनमा रिट दर्ता नगरिएको जानकारी प्राप्त भएको पनि आदेशमा उल्लेख गरिएको छ।
कामु प्रधानन्यायाधीश मल्लले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ अनुसार प्रधानन्यायाधीशको हैसियतले आवश्यक निर्देशन तथा आदेश जारी गर्नुपरेको बताएकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - ११:०६
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।...
जेष्ठ ३१ गते, २०८३ - १०:५५
तनहुँ। प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका–१०...
जेष्ठ ३१ गते, २०८३ - १०:३९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएको छन्। काठमाडौँ महा...
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...



प्रतिकृया लेख्नुहोस्: