एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप लागेपछि राज्य गार्डका प्रमुखलाई बर्खास्त गरिएको अल जजिराले जनाएको छ ।
जेलेन्स्कीले बिहीबार राज्य गार्डका पूर्वनेता सेरही रुडलाई बर्खास्त गरेकाे अल जजिराले रिपोर्ट गरेको छ । राज्य सुरक्षा सेवा (एसबियु) ले यस हप्ताको सुरुमा जेलेन्स्की र अन्य अधिकारीहरू विरुद्धको हत्याको षड्यन्त्र पत्ता लगाएको बताएपछि यो निर्णय आएको हो ।
यद्यपि रिपोर्टका अनुसार उत्तराधिकारीका बारेमा अहिलेसम्म कुनै आधिकारिक तथ्य आएको छैन् । एसबियुका अनुसार स्टेट गार्डका दुई जना कर्नेलले जेलेन्स्कीलाई बन्धक बनाई हत्या गर्ने योजना बनाएका थिए । एसबियु प्रमुख भासिल मालियुक र सैन्य गुप्तचर एजेन्सीका प्रमुख किरिलो बुदानोभलगायतका अधिकारीहरू पनि असफल षड्यन्त्रको लक्ष्य रहेको बताइएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ परेको राज्य सुरक्षा सेवालाई उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ । युक्रेनको सरकारी सुरक्षा एकाइका दुई कर्नेलमाथि ‘आर्थिक क्षतिपूर्तिको बदलामा युक्रेनविरुद्धका गतिविधि गरेको आरोपमा राजद्रोहको आरोप लगाइएको थियो । तीमध्ये एकलाई आतङ्कवादी कार्यको तयारी गरेको आरोप पनि लगाइएको युक्रेनको अभियोजक जनरलको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एक संदिग्धले रुसको राज्य सुरक्षा सेवा (एफएसबी) बाट दुई ड्रोन र गोला बारुद प्राप्त गरी अर्को सहयोगीलाई विस्फोटको लागि हस्तान्तरण गर्न चाहन्थे । एसबियुले जेलेन्स्की र एसबियुका प्रमुख भासिल मालियुक तथा युक्रेनको डिफेन्स इन्टेलिजेन्सका प्रमुख किरिलो बुडानोभलगायत अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्या गर्ने ‘सक्रियरूपमा विकास भइरहेको योजना’ लाई ‘विफल’ पारेको बताएको छ ।
दुई अङ्गरक्षकले सङ्घीय सुरक्षा सेवामा संवेदनशील जानकारी सार्वजनिक गरेको आरोप लगाउने एसबियुको आरोपमाथि रुसले आधिकारिक प्रतिक्रिया भने दिएको छैन । पछिल्लो समयमा रुससँगको युक्रेनी द्वन्द्वमा प्रगति अवरुद्ध भएकाले जेलेन्स्कीको प्रशासनले धेरै कठिनाइको सामना गर्नुपरेको छ ।
साथै अधिकारीहरूले भ्रष्टाचारको आरोपको सामना गरिरहेका छन् । यसअघि फेब्रअरीमा जेलेन्स्कीले जनरल भ्यालेरी जालुज्नीलाई पदबाट बर्खास्त गरेपछि अलेक्जेन्डर सिरस्कीलाई नयाँ सेनाप्रमुखका रूपमा नियुक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: