Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

खबरडबली संवाददाता

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप लागेपछि राज्य गार्डका प्रमुखलाई बर्खास्त गरिएको अल जजिराले जनाएको छ । 

जेलेन्स्कीले बिहीबार राज्य गार्डका पूर्वनेता सेरही रुडलाई बर्खास्त गरेकाे अल जजिराले रिपोर्ट गरेको छ । राज्य सुरक्षा सेवा (एसबियु) ले यस हप्ताको सुरुमा जेलेन्स्की र अन्य  अधिकारीहरू विरुद्धको हत्याको षड्यन्त्र पत्ता लगाएको बताएपछि यो निर्णय आएको हो । 

यद्यपि रिपोर्टका अनुसार उत्तराधिकारीका बारेमा अहिलेसम्म कुनै आधिकारिक तथ्य आएको छैन् । एसबियुका अनुसार स्टेट गार्डका दुई जना कर्नेलले जेलेन्स्कीलाई बन्धक बनाई हत्या गर्ने योजना बनाएका थिए । एसबियु प्रमुख भासिल मालियुक र सैन्य गुप्तचर एजेन्सीका प्रमुख किरिलो बुदानोभलगायतका अधिकारीहरू पनि असफल षड्यन्त्रको लक्ष्य रहेको बताइएको छ । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ परेको राज्य सुरक्षा सेवालाई उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ । युक्रेनको सरकारी सुरक्षा एकाइका दुई कर्नेलमाथि ‘आर्थिक क्षतिपूर्तिको बदलामा युक्रेनविरुद्धका गतिविधि गरेको आरोपमा राजद्रोहको आरोप लगाइएको थियो । तीमध्ये एकलाई आतङ्कवादी कार्यको तयारी गरेको आरोप पनि लगाइएको युक्रेनको अभियोजक जनरलको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार एक संदिग्धले रुसको राज्य सुरक्षा सेवा (एफएसबी) बाट दुई ड्रोन र गोला बारुद प्राप्त गरी अर्को सहयोगीलाई विस्फोटको लागि हस्तान्तरण गर्न चाहन्थे । एसबियुले जेलेन्स्की र एसबियुका प्रमुख भासिल मालियुक तथा युक्रेनको डिफेन्स इन्टेलिजेन्सका प्रमुख किरिलो बुडानोभलगायत अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्या गर्ने ‘सक्रियरूपमा विकास भइरहेको योजना’ लाई ‘विफल’ पारेको बताएको छ । 

दुई अङ्गरक्षकले सङ्घीय सुरक्षा सेवामा संवेदनशील जानकारी  सार्वजनिक गरेको आरोप लगाउने एसबियुको आरोपमाथि रुसले आधिकारिक प्रतिक्रिया भने दिएको छैन । पछिल्लो समयमा रुससँगको युक्रेनी द्वन्द्वमा प्रगति अवरुद्ध भएकाले जेलेन्स्कीको प्रशासनले धेरै कठिनाइको सामना गर्नुपरेको छ ।

साथै अधिकारीहरूले भ्रष्टाचारको आरोपको सामना गरिरहेका छन् । यसअघि फेब्रअरीमा जेलेन्स्कीले जनरल भ्यालेरी जालुज्नीलाई पदबाट बर्खास्त गरेपछि अलेक्जेन्डर सिरस्कीलाई नयाँ सेनाप्रमुखका रूपमा नियुक्त गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE