सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् ।
ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार गएराति रम्भाको घर अगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार चुडिएर झरेको थियो । इन्टरनेटको तार उठाउन खोज्दा रम्भालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । श्रीमान्लाई करेन्ट लागेको देखेपछि हतार हतार बचाउन पुगेकी कुसुमलाई पनि करेन्ट लागेको थियो ।
घटना लगतै स्थानीयले महतो दम्पतीलाई उपचारका लागि अस्पताल पु¥याएका थिए । उपचारका लागि कुसुमलाई सिद्धि विनायक अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमान् रम्भाको भने बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको सवपरीक्षणको लागि प्रदेशिक अस्पताल मलङ्गवामा राखिएको इलाका प्रहरी कार्यालय केश्वरगङ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...
माघ ३ गते, २०८२ - ०७:०३
म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन् । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका ...
माघ ३ गते, २०८२ - ०६:५९
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन्...
माघ २ गते, २०८२ - ०९:३०
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...




प्रतिकृया लेख्नुहोस्: