Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

विषादी प्रयोगबारे सचेत बन्दै किसान

खबरडबली संवाददाता

कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । 

विगतमा तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयो गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेका छन् । तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने गोदावरी नगरपालिका–४ बास्कोटाकी दुर्गा मल्ल आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउँछन्। 

“बाली बिरुवामा विनाशकारी कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शङ्केकीरा, मुसा, चरा, अवान्छित झार तथा रोग सार्ने सूक्ष्म जीवाणु ढुसी, ब्याक्टेरिया, भाइरसलगायतको समस्या रहन्छ”, उनले भने, “विगतमा यी प्राणीलाई नाश गर्न रासायनिक विषादी प्रयोग गर्ने गरिन्थ्यो,  आजभोलि घरमै बनाएर जैविक विषादी प्रयोग गर्ने गरेका छौँ ।”

गोदावरी–४ खैरानाकी रेश्मीदेवी चौधरीले रोग कीरा लाग्यो की आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्नुहुन्छ । “रासायनिक विषादीले गर्ने असरबारे जानकार थिइनँ, त्यसैले  जथाभावी प्रयोग गरिरहेकी थिएँँ”, रेश्मीदेवीले भिनन्, “आजभोलि विषादी प्रयोगबारे सचेत भएकी छु । विषादी प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, मानिस, घरपालुवा पशु, वन्यजन्तु र लाभकारी कीरालाई समेत हानी पु¥याउँछ भनेर घरमै बनाएको विषादी प्रयोग गर्न थालेकी हुँ ।”

किसानले जैविक विषादीका साथै मोहनी पासोसमेत थापेर कीरा नियन्त्रण गर्ने अभ्यास गरिरहेका छन् । यसले पनि बारीमा लगाएको बाली बचाउन सकिने उनीहरु बताउँछन् । 

“जैविक विषादी तथा विभिन्न किसिमका पासोहरु थापेर कीरा नियन्त्रण गर्न सकिएन भने मात्र अलिकति रासायनीक विषादी प्रयोग गर्छौं, नभए गर्दैनौँ”, चुरे गाउँपालिका–३ काफल गैराका तेजबहादुर बोहराले भने, “जैविक विषादी प्रयोग गर्नु मानव स्वास्थ्यका लागि राम्रो हो । लामो र स्वस्थ जीवनका लागि जैविक विषादीको प्रयोग गर्नुपर्छ ।”

जैविक विषादी खर्चका हिसाबले पनि राम्रो, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको काफल गैराकै किसान मीनबहादुर शाहीको भनाइ छ । “मोहनी पासो र फेरोमन ट्रयापलगायतका प्रविधि कीरा नियन्त्रणमा प्रयोग गरिरहेको छु”, उनले भने, “तरकारीमा किसानले नजानेर धेरै विषादी प्रयोग गर्ने रहेछन्, यसबाट मानव स्वास्थ्य सङ्कटमा पर्छ ।”

सहजपुरका किसान डबलबहादुर खडायत पनि २०५८ सालदेखि तरकारी तथा फलफूल खेती गरिरहेका छन् । उनले पहिले तरकारी तथा फलफूल खेतीमा रोग, कीरा लागेमा रासायनिक विषादी किनेर प्रयोग गर्नुहुन्थ्यो । तर अहिले उनले जैविक विषादीबाहेक आफ्नो बारीमा अरु विषादी प्रयोग गर्दैनन् । 

“घर वरिपरि पाइने झारपातको प्रयोग गरेर विषादी बनाउँछु”, उनले भने, “गाउँघरमा अहिले किसानले रासायनिक विषादी प्रयोग गर्न थाले यो नराम्रो हो भनेर सिकाउन समेत थालेको छु । रासायनिक विषादी प्रयोगले फाइदाको साटो बेफाइदा गरिरहेको छ ।”

कैलालीको चुरे गाउँपालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ । जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भएमा सहज हुने चुरे गाउँपालिका कृषि शाखा प्रमुख दीपक पाण्डेले बताए । रासायनिक विषादीका असर धेरै रहेकाले किसानलाई सचेत गराउन थालिएको उनको भनाइ छ। 

“पालिकाले रासायनीक विषादीको साटो जैविक विषादीमा जोड दिइरहेको छ । जैविक विषादीको फाइदा धेरै भएकाले यसको प्रयोग बढाउन किसानलाई सुझाव छ”, प्रमुख पाण्डेले भने, “जैविक विषादी शत्रुजीवलाई मार्न प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्रजीव एवं सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिको तत्व, उत्पादन वा सक्रिय तत्वहरू मिसाएर बनाइन्छ ।”

प्रमुख पाण्डेका अनुसार जैविक विषादी वातावरण मैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछ र एकीकृत शत्रुजीव व्यवस्थापनको महत्वपूर्ण अंश मानिन्छन् । कृषि बाली उत्पादन गर्दा र भण्डारणमा देखिने रोग कीरा नियन्त्रण गर्न सम्भव भएसम्म रासायनिक विषादीको विकल्प खोज्नुका साथै विषादीबाट स्वास्थ्यमा हुने अल्पकालीन र दीर्घकालीन असर न्यून गर्न सचेत हुनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy