Ntc summer Offer
Khabar Dabali २४ माघ २०८१ बिहीबार | 6th February, 2025 Thu
Investment bank

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा ‘वाइल्ड कार्ड’मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई विशेष तयारी गर्न आग्रह गरेका छन् । 

सदस्य-सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रिन्सलाई भेट गरी सो सुझाव दिए । उनले पेरिस ओलम्पिकमा छनोट भएकोमा बधाइ समेत दिए । आफूभन्दा वरियतामा माथि र बलिया खेलाडीसँग खेल्ने वातावरण बनाउन सङ्घको ध्यानाकर्षण गराउँदै उक्त प्रतियोगिताको तयारीका लागि राखेपले गर्ने सहयोगमा कुनै कमी नरहने बताए । 

सदस्य-सचिव घिसिङले प्रिन्सको तयारी प्रशिक्षणका लागि विशेषज्ञ प्रशिक्षक नेपालमा बोलाउने वा प्रिन्सलाई विदेशमा पठाउने भन्ने विषयमा  समन्वय गर्न सङ्घलाई निर्देशन दिए । हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रिन्स सहभागी हुँदा होस् वा वैदेशिक प्रशिक्षणमा जाँदा नेपाली प्रशिक्षक सँगै जाने व्यवस्था मिलाउनुपर्नेमा उनको जोड छ । 

प्रिन्सलाई आवश्यक पर्ने खेल सामग्री आजै राखेपले उपलब्ध गारएको छ । प्रिन्सले ओलम्पिकमा छनोट भएकोमा खुसी व्यक्त गर्दै जिम्मेवारी थपिएको प्रतिक्रिया दिए । प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् । 

भेटका अवसरमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको पनि उपस्थिति थियो । अध्यक्ष श्रेष्ठले प्रिन्सलाई ‘वाइल्ड कार्ड’ दिलाउन सङ्घले धेरै मिहिनेत गरेको बताए । प्रिन्स हाल विश्व वरियतामा एक सय ७९औँ स्थानमा छन् । जुनियर विश्व वरियतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा छ महिना शीर्ष स्थानमा छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राेजगारीकाे लागि विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । बेरोजगार युवा-युवतीलाई विदेशमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट...

खाेटाङमा “प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१” हुने

खोटाङ । खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा आगामी फागुनमा मिनी महोत्सव हुने भएको छ । नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा फागुन १ देखि १६ गतेसम्म “प्रथ...

सुनिल पौडेलविरूद्भ भ्रष्टाचारको अर्को मुद्दा दायर

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग...

देशका ५७ प्रतिशत नागरिकले शुद्ध खानेपानी पाउनेछन् : मन्त्री यादव

सिन्धुपाल्चोक । खानेपानी मन्त्री प्रदिप यादवले शुद्ध खानेपानीमा नागरिकको पहुँच वृद्धिमा सरकारले काम गरिरहेको बताए । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा सा...

चितवनमा ५४ लाख धराैटीमा रविलाई छाड्न अदालतको आदेश

चितवन । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न जिल्ला आदालतले आदेश दिएकाे छ । बिहीबा...

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

अर्जेन्टिना । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्...

चिकित्सा शिक्षा आयोगद्वारा पिजीका लागि सिट निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/८२ (ब्याच २०२५) का लागि स्नातकोत्तर तह (पिजी) का लागि सिट निर्धारण गरेको छ ।  शैक्षिक सत्र २०८१...

पार्टी एकताका लागि राप्रपा देखियाे: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु सबै एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्ताबप्रती राप्रपा अनुदार देखिनुलाई आफुल...

स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

अमेरिका । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको छ । स्पेसएक्स एक एयरोस्पेस निर्माता र अन्तरिक...

संघीयताको लाभ दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन

डडेल्धुरा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीयताको लाभ सबैभन्दा धेरै मुलुकका दुर्गम क्षेत्रहरूले लिएको बताएका ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy