काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा नेपाल वेस्ट इन्डिज क्रिकेट टोलीसँग नौ विकेटले पराजित भयो।
समूह चरणमा लगातार तेस्रो हार बेहोरेसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको हो। नेपाललाई हराउँदै लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज भने सुपर आठमा प्रवेश गरेको छ।
समूह ‘सी’मा वेस्ट इन्डिज ६ अङ्कसहित शीर्षस्थानमा छ। समान खेलबाट ४ अङ्क जोडेको इङ्ल्यान्ड क्रिकेट टोली दोस्रो स्थानमा छ। स्कटल्यान्ड क्रिकेट टोली र इटाली क्रिकेट टोलीले २–२ अङ्क बनाएका छन्। नेपाल भने अङ्कविहीन रह्यो।
यसअघि नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो।
वेस्ट इन्डिजको सहज जित
१ सय ३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। ओपनर ब्रान्डन किङले २२ रन बनाए। कप्तान साई होपले अविजित ६० रनको अर्धशतकीय इनिङ्स खेले। उनले पाँच चौका र तीन छक्का प्रहार गरे। सिमरन हेटमायर ४६ रनमा अविजित रहे।
नेपालका लागि नन्दन यादवले एक विकेट लिए।
दीपेन्द्रको अर्धशतक
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। सुरुआतमा तीन विकेट छिट्टै गुमाएको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५८ रनको अर्धशतकीय इनिङ्स खेले। उनले तीन चौका र तीन छक्का प्रहार गरे।
यससँगै दीपेन्द्र टी–२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने। यसअघि सन् २०१४ मा सुवास खकुरेलले अर्धशतक प्रहार गरेका थिए।
ओपनर कुशल भुर्तेल (१), आशिफ शेख (११), कप्तान रोहित पौडेल (५) र आरिफ शेख (२) सस्तोमै आउट भए। लोकेश बम १३, गुल्शन झा ११ रनमा आउट भए। सोमपाल कामी २६ रनमा अविजित रहे। उनी नेपालका लागि लगातार तेस्रो विश्वकप खेल्ने एक्ला खेलाडी बने। करण केसी १ रनमा आउट भए।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिए। म्याथ्यु फोर्ड, अकिल हुसेन, समर जोसेफ र रोस्टोन चेसले एक–एक विकेट लिए।
नेपालले समूह चरणको अन्तिम खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ। उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ।
नेपालले समग्रमा तेस्रो तथा लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ को संस्करण खेलेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: