Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

को हुन् झाँडग समुदायबाटै पहिलो मन्त्री बनेकी बन्दना ?

खबरडबली संवाददाता

काठमाडाैं । कोशी प्रदेशको नयाँ मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झाँगडले पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

झाँगड समुदायबाट पहिलो पटक मन्त्री बनेकी बन्दनालाई माओवादी केन्द्रले समानुपातिक सांसद हुँदै राज्यमन्त्री बनाएको हो । कोशी प्रदेशमा शुक्रबार बनेको १० सदस्यीय मन्त्रीमण्डलमा सहभागी उनी समुदायबाट उच्च तहमा पुग्ने व्यक्ति बनेकी छन् ।

शपथग्रहणलगत्तै उनलाई सुरक्षाकर्मीका उच्च पदस्थ कर्मचारीले सलाम हाने । उच्च पदस्थ कर्मचारीहरुले बधाई र शुभकामना दिए । शपथ सकिएलगत्तै उनको साथमा एक जना सुरक्षाकर्मी तैनाथ देखियो । राष्ट्रिय झण्डा हालिएको चिल्लो गाडी उनका लागि तयार थियो ।

हिलो, मैलो र अपहेलित अल्पसंख्यक र उत्पीडित समुदायबाट आएकी बन्दनाको लागि मन्त्री बनेको क्षण सबैभन्दा गौरब र खुसीको समय हो । शपथ सकिएपछि उनीसहित मन्त्रालयका नवनियुक्त मन्त्री नारायण बुर्जा मगरको टोली पर्यटन, वन तथा वातावरण मन्त्रालय पुग्यो ।

मन्त्रालयमा आयोजित सामान्य परिचयात्मक कार्यक्रममा विभागीय कर्मचारी तथा सामुदायिक वनका अभियान्ताको उपस्थिति थियो । त्यहाँ उनले पनि संक्षिप्त धारणा राखिन्, ‘मन्त्रालयको काम कारबाही कसरी सफल बनाउने भन्ने कुरा मन्त्रीको हातमा मात्रै हुँदैन, मन्त्रालयको सबै कर्मचारीसहित एकअर्कालाई सहयोग गरेर अगाडि बढ्यौं भने मात्रै लक्ष्यमा पुग्न सकिन्छ ।’

झापा, मोरङ र सुनसरीमा झाँगड समुदायको बसोबास छ । त्यो समुदायभित्र झाँगड र उराउ पर्दछन् । झाँगडको खडिया समुदायकी बन्दना जनयुद्धको देनले आफू मन्त्री बन्न सफल भएको बताउँछिन् । झाँगड समुदायको जनसंख्या अहिले झापा, मोरङ र सुनसरीमा ७ हजार जति मात्र छ ।

‘हामीले हिँजो जनयुद्धमा पनि यहि कुरा उठाइरहेका थियौं । उत्पीडित समुदायको मुक्तिको कुरा उठाइरहेका थियौं’ उनी भन्छिन्, ‘जुन समुदायबाट म पहिलो मन्त्री बनेको छु । म अत्यन्तै खुसी छु ।’
राज्यको नीतिगत तहमा बसेर काम गर्ने मौका पार्टीले दिएको भन्दै उनले आफ्नो समुदायको हितका लागि सकेजति काम गर्ने बताएकी छन् । ‘म हाम्रा हजुरबुबा, बुबाहरुसँग जानकारी लिँदै हाम्रो संस्कार, संस्कृति जोगाउन के गरेर जान सकिन्छ भन्ने विषयमा मन्त्रालय र प्रदेश सरकारबाट पहल गरेर अगाडि बढ्छु’ उनले भनिन् ।

२०६० सालमा माओवादीमा पूर्णकालिन कार्यकर्ता भएर भूमिगत भएकी बन्दना अहिलेको अवस्था माओवादीले चलाएको आन्दोलनकै देन भएको बताइन् । अल्पसंख्यक, दलित र उत्पीडित समुदायको मुक्ति गणतन्त्रमा, लोकतन्त्र, संघीयता र समावेशीतामै भएको उनी बताउँछिन् । ‘हिँजो हामी जुन परिवेशमा बसेका थियौं । अहिले त्यस्तो छैन । त्यस्तो हुनुमा हामीले चलाएको आन्दोलन नै मुख्य हो । माओवादीले म भन्दा पनि अझै अल्पसंख्यक समुदायबाट पनि सांसद बनाएको छ,’ उनले भनिन्, ‘त्यसकारण मुक्ति यहिँ छ । मुक्ति गणतन्त्रमा छ । मुक्ति संघीय व्यवस्थामा र समावेशीतामा छ । यो कुरा हामीजस्ता समुदायले बुझ्नु पर्छ ।’

को हुन् झाँगड ?
२०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक कोटाबाट झाँगडलाई माओवादीले सांसद बनाएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने झाँगड सबैभन्दा कम उमेरकी सांसदसमेत हुन् । उनी अहिले ३७ वर्ष पुगिन् ।

सामान्य परिवारमा हुर्केकी बन्दनाको बाल्यकाल सामान्य बित्यो । उनी सानो छँदा समुदायले गर्दै आएको काम माछा, घुँगी र गँगटा खोज्ने तथा गुइँठा बनाउने घरायसी काम गर्थिन् । ७ वर्षको उमेरमा आमाको निधन भएपछि परिवार समस्यामा पर्यो । छोराछोरीले दुःख पाउलान् भने बाबु कुल्वा झाँगरले अर्को विवाह गरेनन् । तीन दाजु र एक दिदीसहित छ जनाको परिवार बाबुले नै सम्हाल्नुपर्ने बाध्यता थियो ।

जनयुद्धको बेला उनको घर माओवादीको सेल्टर थियो । उनकै घरबाट झापामा माओवादी आन्दोलन तथा संगठन निर्माणको योजना बन्थ्यो । एकान्तमा उनीहरूको घर भएकाले माओवादीका सहज थियो । धेरै बैठकहरु उनकै घरमा बस्थे ।

अखिल क्रान्तिकारीका झापा अध्यक्ष रहेका छिमेकी रमेश सुवेदीलाई तत्कालीन साही नेपाली सेनाले हत्या गरेपछि बन्दनाको घर पनि निशानामा पर्यो । माओवादीलाई सहयोग गरेको आरोमपा सेनाले दुःख दिन थालेपछि २०६० सालबाट १७ वर्षको उमेरमा उनी पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा सामेल भइन् । बन्दना अनिशा नामले चिनिन थालिन् ।

२०४३ साल असार १५ गते झापाको तोपगाछी–१ (हाल कमल गाउँपालिका)मा जन्मिएकी बन्दनाले प्रारम्भिक शिक्षा नगेन्द्र माध्यमिक विद्यालयबाट लिएकी हुन् । विद्यालयमै अनेरास्ववियु (क्रान्तिकारी)को इकाई कमिटीमा आबद्ध भएकी कक्षा ९ मा पढ्दापढ्दै पार्टीको पूर्णकालीन सदस्य भएर जनयुद्धमा सामेल भइन् । उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य, अध्यक्ष र केन्द्रीय सदस्य हुँदै अहिले पार्टीको प्रदेश कमिटी सदस्य छन् ।

जनयुद्धको समसयमा महिला विभागमा बसेर संगठन निर्माणको काममा लागेकी अनिशा माईपूर्वका सबै क्षेत्रमा भूमिगत समयमै काम गर्न पुगिन् । संगठनको काममा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलाम पनि पुगिन् । महिला संगठनको विशेष अभियानका क्रममा इलामकाे जितपुरमा गएका बेला सरकारी सुरक्षा टोलीले आक्रमण गरेको घटना उनको मनमा अहिले पनि ताजा छ ।

‘हामी खाना खान बसेका थियौं, सेनाले आक्रमण गर्यो,’ उनले भनिन्, ‘धेरै साथीहरु घाइते हुनुभयो, केही पक्राउ पनि पर्नुभयो । तर हामी बाँच्यौं ।’ भाग्ने क्रममा उनीसहित केही लडेर घाइते भएका थिए । उनी २०७० सालमा प्रतिनिधिसभा र २०७४ मा प्रदेशसभामा बन्दसुचीमा नाम परेपनि सांसद बन्न पाइनन् । झाँगड समुदायबाट सुनसरीका शिवनारायण उराव यसअघि संविधानसभा सदस्य भएका थिए । मन्त्री बन्ने चै उनी पहिलो हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending