Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

को हुन् झाँडग समुदायबाटै पहिलो मन्त्री बनेकी बन्दना ?

खबरडबली संवाददाता

काठमाडाैं । कोशी प्रदेशको नयाँ मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झाँगडले पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

झाँगड समुदायबाट पहिलो पटक मन्त्री बनेकी बन्दनालाई माओवादी केन्द्रले समानुपातिक सांसद हुँदै राज्यमन्त्री बनाएको हो । कोशी प्रदेशमा शुक्रबार बनेको १० सदस्यीय मन्त्रीमण्डलमा सहभागी उनी समुदायबाट उच्च तहमा पुग्ने व्यक्ति बनेकी छन् ।

शपथग्रहणलगत्तै उनलाई सुरक्षाकर्मीका उच्च पदस्थ कर्मचारीले सलाम हाने । उच्च पदस्थ कर्मचारीहरुले बधाई र शुभकामना दिए । शपथ सकिएलगत्तै उनको साथमा एक जना सुरक्षाकर्मी तैनाथ देखियो । राष्ट्रिय झण्डा हालिएको चिल्लो गाडी उनका लागि तयार थियो ।

हिलो, मैलो र अपहेलित अल्पसंख्यक र उत्पीडित समुदायबाट आएकी बन्दनाको लागि मन्त्री बनेको क्षण सबैभन्दा गौरब र खुसीको समय हो । शपथ सकिएपछि उनीसहित मन्त्रालयका नवनियुक्त मन्त्री नारायण बुर्जा मगरको टोली पर्यटन, वन तथा वातावरण मन्त्रालय पुग्यो ।

मन्त्रालयमा आयोजित सामान्य परिचयात्मक कार्यक्रममा विभागीय कर्मचारी तथा सामुदायिक वनका अभियान्ताको उपस्थिति थियो । त्यहाँ उनले पनि संक्षिप्त धारणा राखिन्, ‘मन्त्रालयको काम कारबाही कसरी सफल बनाउने भन्ने कुरा मन्त्रीको हातमा मात्रै हुँदैन, मन्त्रालयको सबै कर्मचारीसहित एकअर्कालाई सहयोग गरेर अगाडि बढ्यौं भने मात्रै लक्ष्यमा पुग्न सकिन्छ ।’

झापा, मोरङ र सुनसरीमा झाँगड समुदायको बसोबास छ । त्यो समुदायभित्र झाँगड र उराउ पर्दछन् । झाँगडको खडिया समुदायकी बन्दना जनयुद्धको देनले आफू मन्त्री बन्न सफल भएको बताउँछिन् । झाँगड समुदायको जनसंख्या अहिले झापा, मोरङ र सुनसरीमा ७ हजार जति मात्र छ ।

‘हामीले हिँजो जनयुद्धमा पनि यहि कुरा उठाइरहेका थियौं । उत्पीडित समुदायको मुक्तिको कुरा उठाइरहेका थियौं’ उनी भन्छिन्, ‘जुन समुदायबाट म पहिलो मन्त्री बनेको छु । म अत्यन्तै खुसी छु ।’
राज्यको नीतिगत तहमा बसेर काम गर्ने मौका पार्टीले दिएको भन्दै उनले आफ्नो समुदायको हितका लागि सकेजति काम गर्ने बताएकी छन् । ‘म हाम्रा हजुरबुबा, बुबाहरुसँग जानकारी लिँदै हाम्रो संस्कार, संस्कृति जोगाउन के गरेर जान सकिन्छ भन्ने विषयमा मन्त्रालय र प्रदेश सरकारबाट पहल गरेर अगाडि बढ्छु’ उनले भनिन् ।

२०६० सालमा माओवादीमा पूर्णकालिन कार्यकर्ता भएर भूमिगत भएकी बन्दना अहिलेको अवस्था माओवादीले चलाएको आन्दोलनकै देन भएको बताइन् । अल्पसंख्यक, दलित र उत्पीडित समुदायको मुक्ति गणतन्त्रमा, लोकतन्त्र, संघीयता र समावेशीतामै भएको उनी बताउँछिन् । ‘हिँजो हामी जुन परिवेशमा बसेका थियौं । अहिले त्यस्तो छैन । त्यस्तो हुनुमा हामीले चलाएको आन्दोलन नै मुख्य हो । माओवादीले म भन्दा पनि अझै अल्पसंख्यक समुदायबाट पनि सांसद बनाएको छ,’ उनले भनिन्, ‘त्यसकारण मुक्ति यहिँ छ । मुक्ति गणतन्त्रमा छ । मुक्ति संघीय व्यवस्थामा र समावेशीतामा छ । यो कुरा हामीजस्ता समुदायले बुझ्नु पर्छ ।’

को हुन् झाँगड ?
२०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक कोटाबाट झाँगडलाई माओवादीले सांसद बनाएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने झाँगड सबैभन्दा कम उमेरकी सांसदसमेत हुन् । उनी अहिले ३७ वर्ष पुगिन् ।

सामान्य परिवारमा हुर्केकी बन्दनाको बाल्यकाल सामान्य बित्यो । उनी सानो छँदा समुदायले गर्दै आएको काम माछा, घुँगी र गँगटा खोज्ने तथा गुइँठा बनाउने घरायसी काम गर्थिन् । ७ वर्षको उमेरमा आमाको निधन भएपछि परिवार समस्यामा पर्यो । छोराछोरीले दुःख पाउलान् भने बाबु कुल्वा झाँगरले अर्को विवाह गरेनन् । तीन दाजु र एक दिदीसहित छ जनाको परिवार बाबुले नै सम्हाल्नुपर्ने बाध्यता थियो ।

जनयुद्धको बेला उनको घर माओवादीको सेल्टर थियो । उनकै घरबाट झापामा माओवादी आन्दोलन तथा संगठन निर्माणको योजना बन्थ्यो । एकान्तमा उनीहरूको घर भएकाले माओवादीका सहज थियो । धेरै बैठकहरु उनकै घरमा बस्थे ।

अखिल क्रान्तिकारीका झापा अध्यक्ष रहेका छिमेकी रमेश सुवेदीलाई तत्कालीन साही नेपाली सेनाले हत्या गरेपछि बन्दनाको घर पनि निशानामा पर्यो । माओवादीलाई सहयोग गरेको आरोमपा सेनाले दुःख दिन थालेपछि २०६० सालबाट १७ वर्षको उमेरमा उनी पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा सामेल भइन् । बन्दना अनिशा नामले चिनिन थालिन् ।

२०४३ साल असार १५ गते झापाको तोपगाछी–१ (हाल कमल गाउँपालिका)मा जन्मिएकी बन्दनाले प्रारम्भिक शिक्षा नगेन्द्र माध्यमिक विद्यालयबाट लिएकी हुन् । विद्यालयमै अनेरास्ववियु (क्रान्तिकारी)को इकाई कमिटीमा आबद्ध भएकी कक्षा ९ मा पढ्दापढ्दै पार्टीको पूर्णकालीन सदस्य भएर जनयुद्धमा सामेल भइन् । उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य, अध्यक्ष र केन्द्रीय सदस्य हुँदै अहिले पार्टीको प्रदेश कमिटी सदस्य छन् ।

जनयुद्धको समसयमा महिला विभागमा बसेर संगठन निर्माणको काममा लागेकी अनिशा माईपूर्वका सबै क्षेत्रमा भूमिगत समयमै काम गर्न पुगिन् । संगठनको काममा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलाम पनि पुगिन् । महिला संगठनको विशेष अभियानका क्रममा इलामकाे जितपुरमा गएका बेला सरकारी सुरक्षा टोलीले आक्रमण गरेको घटना उनको मनमा अहिले पनि ताजा छ ।

‘हामी खाना खान बसेका थियौं, सेनाले आक्रमण गर्यो,’ उनले भनिन्, ‘धेरै साथीहरु घाइते हुनुभयो, केही पक्राउ पनि पर्नुभयो । तर हामी बाँच्यौं ।’ भाग्ने क्रममा उनीसहित केही लडेर घाइते भएका थिए । उनी २०७० सालमा प्रतिनिधिसभा र २०७४ मा प्रदेशसभामा बन्दसुचीमा नाम परेपनि सांसद बन्न पाइनन् । झाँगड समुदायबाट सुनसरीका शिवनारायण उराव यसअघि संविधानसभा सदस्य भएका थिए । मन्त्री बन्ने चै उनी पहिलो हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: