काठमाडौं । बाध्यात्मक देहव्यापारमा संलग्न एक युवती (यौनकर्मी) माथि शारीरिक आक्रमण भएको दुई महिना बितिसक्दा पनि न्याय पाएकी छैनन् ।
रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रलाई आधार मानेर देहव्यापारमा संलग्न २२ वर्षीया युवती लक्ष्मी नकर्मी (नाम परिवर्तन) माथि कात्तिक ८ गते काँडाघारीमा छुरा प्रहार भएको थियो । ग्राहकले आफूसँग शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछि वादविवाद हुँदा छुरा प्रहार भएको भन्दै मंगलबार नयाँ बानेश्वरस्थित प्रहरी बृत्तमा पुगेकी थिइन् । तर, उनले ग्राहकको नाम, ठेगाना बताएकी छैनन् ।
‘मोबाइल नम्बरको आधारमा व्यक्ति पहिचानको प्रयास गर्दैछौं’, नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोदारले भने, ‘व्यक्ति पहिचान भएपछि अनुसन्धान गर्छौं, अनिमात्र मुद्दा चल्ने, नचल्ने भन्न सकिन्छ ।’
पीडित युवती कपन, बालुवाखानीस्थित सुकुम्बासी बस्तीमा बस्छिन् । घटनापछि उनले पहिला कोटेश्वरस्थित प्रहरी प्रभागमा उजुरी गरेकी थिइन् । एक सामाजिक संस्थामार्फत उजुरी गर्न गएकी उनी देहव्यापारी भएको थाहा पाएपछि उक्त संस्थाका व्यक्तिले वास्ता गर्न छाडे । पछिल्लो समय ठमेलमा कार्यालय रहेको श्रमिक महिला रक्षा संघमार्फत उनी प्रहरी सम्पर्कमा गएकी हुन् ।
घटनाको प्रमाण र अन्य विवरण पनि अद्यावधिक रहेको रक्षा संघकी प्रतिनिधि निर्जला सिजापतिले बताइन् । तर, कोमाथि मुद्दा चलाउने भन्ने अन्यौलताका कारण प्रहरी कारवाहीमा ढिला भएको उनले बताइन् । ‘नयाँ बानेश्वर प्रहरीमा गएपछि राम्रो रेस्पोन्स पाएका छौं’, उनले भनिन् ।
युवतीसँग रहेको ग्राहकको मोबाइल नम्बरका आधारमा छानवीन गर्दा उनको फोटो पहिचान भएको छ । फोन गरेर सोध्दा आफ्नो नाम रविन बताएका छन् ।
ती ग्राहकले लक्ष्मीलाई पहिलोचोटि कात्तिक ७ गते काँडाघारीस्थित आँखा अस्पतालपछाडिको फोहोर फाल्ने ठाउँमा रहेको झाडीमा लगेर शारीरिक सम्पर्क गरेका थिए । रत्नपार्कबाट रुटको गाडी चढेर उनीहरु त्यहाँ पुगेका थिए ।
पहिलो दिन एक हजार रुपैयाँ दिए । भोलिपल्ट फेरि रविनले युवतीलाई त्यहीँ बोलाए । उनी गइन् । तर, त्यसदिन शारीरिक सम्पर्कपछि शरीरका विभिन्न अंगमा छुरा प्रहार गरेर भागे । लक्ष्मीलाई रगताम्य देखेपछि स्थानीयले उपचारका निम्ति वीर अस्पताल पुर्याएका थिए ।
केही दिनको उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइन् । उपचारका क्रममा भएको खर्च एक सामाजिक संस्थाले व्यहोरेको थियो । सोही संस्थाले कोटेश्वर प्रहरीमा उजुरी गर्नेसम्मको सहयोग गर्यो । पछि उनी देहव्यापारमा संलग्न भएको थाहा पाएपछि सो संस्थाका मानिसहरुले वास्ता गर्न छाडे ।
छुरा प्रहारपछि उनको शरीरमा २५ टाँका लगाइएको श्रमिक महिला रक्षा संघकी सिजापतिले बताइन् । कोटेश्वर प्रहरीको पत्रका आधारमा बालुवाटारस्थित अर्चिड अस्पतालमा उनको घाउ जाँच फाराम तयार पारिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १०:२७
काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो। २०७२ काे भुकम्पले भत्काएको केव...
बैशाख १२ गते, २०८३ - १०:२४
काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...
बैशाख १२ गते, २०८३ - १०:१८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख १२ गते, २०८३ - १०:१५
काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...
बैशाख १२ गते, २०८३ - ०८:११
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...
बैशाख १२ गते, २०८३ - ०८:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...
बैशाख १२ गते, २०८३ - ०८:०२
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...
बैशाख १२ गते, २०८३ - ०७:५९
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...
बैशाख १२ गते, २०८३ - ०७:५४
काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...
बैशाख १२ गते, २०८३ - ०७:५३
भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...


प्रतिकृया लेख्नुहोस्: