Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

‘कोपिलाका सुगन्ध’ बजारमा

खबरडबली संवाददाता

काठमाडौं । देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ आज एक कार्यक्रमबीच विमोचन गरिएको छ । 

सीताराम–पदमकुमारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा हास्यकलाकार हरिवंश आचार्यले उक्त पुस्तक विमोचन गरे । उनले भने, “यो पुस्तकमा मेरो कथासहित देशका ख्यातिप्राप्त व्यक्तिहरूका कथाका विषयमा लेखिएको छ, लेखन तथा साहित्यिक क्षेत्रमा यतिसम्मको कलम चलाउन सक्नु ठूलो कुरा हो ।” 

उनले मदनकृष्ण श्रेष्ठ र आफू हास्यव्यङ्ग्यकै माध्यमबाट चिनिन सफल भएका र उक्त क्षेत्रमा काम गर्दा कैयौँ पटक प्रहरी हिरासतमा परेको स्मरण सुनाए । घरपरिवारले साथ दिए साहित्यदेखि कथा, कविता र पुस्तक लेखन सहज हुने उनले बताए । 

अर्का  हास्यकलाकार मनोज गजुरेलले विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध मार्मिक एवं सान्दर्भिक छ भने । प्रमुख अतिथि पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले देशका नाम चलेका व्यक्तिका बालापन समेटिएको पुस्तक पठनीय भएको बताए ।

लेखक विन्दु अधिकारी ढकालले घरपरिवार, विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकाका एवं सञ्चारमाध्यमको साथ र सहयोगका कारण आफूले साहित्यलगायत पुस्तक लेखनमा अघि बढ्न सफल भएको बताइन । उनले आफ्ना श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालको प्रेरणाबाट लेखनमा लागेको बताइन । 

ढकालद्वारा लिखित उक्त पुस्तकमा अनुराधा कोइराला, डा आशा सिंह, उर्मिला उपाध्याय गर्ग, करिष्मा मानन्धर, कालिप्रसाद बास्कोटा, कुलमान घिसिङ, कृष्णचन्द्र शर्मा, प्रा डा कृष्णहरि बराल, केदार घिमिरे (माग्ने बुढा), गङ्गा सुवेदी, गङ्गाप्रसाद उप्रेती, गीता केशरी, गुणराज लुइँटेल, डा चन्द्रमणि अधिकारी, जितु नेपाल (मुन्दे्र), ढुण्डिराज शास्त्री, तिलबहादुर कार्की, दिनेशकुमार थपलिया, डा निलम ढुङ्गाना, परशु प्रधान, पारस खड्का, प्रकाश सपुत, प्रतिभा राणा, भवानी राणा, भेषराज कँडेल, मनोज गजुरेल, महाप्रसाद अधिकारी, महावीर पुन, माधवकुमार नेपाल, प्रा माधवप्रसाद आचार्य, डा मानबहादुर विश्कर्मा, मेलिना राई, मोदनाथ प्रश्रित, यादव खरेल, डा यावदकुमार भट्ट, प्रा डा युवराज सङ्ग्रौला, राजेश हमाल, राधिका शाक्य, व्याकुल माइला, शङ्करप्रसाद कोइराला, शशि शाह, डा शान्तराज सुवेदी, शेरबहादुर कुँवर केसी, सपना प्रधान मल्ल, सर्वेन्द्र खनाल, सीताराम कट्टेल (धुर्मुस), सुनिल पोख्रेल, सुशीला कार्की तथा हरिवंश आचार्यका बालपन समेटिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: