Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

खबरडबली संवाददाता

काठमाडौं । नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति दैनिक मागभन्दा करिब १० प्रतिशत बढी रहेको छ। निगमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उपत्यकास्थित २४ वटा ग्यास बोटलिङ प्लान्टले एकै दिन ४५ हजार ८८८ वटा सिलिन्डर बजारमा पठाएका छन्।

निगमका अधिकारीहरूका अनुसार यो परिमाण उपत्यकाको औसत दैनिक मागभन्दा बढी हो। हाल सरकारको निर्देशनअनुसार सबै उद्योगहरूले ७.१ केजी क्षमताका आधा सिलिन्डर मात्रै भरेर वितरण गरिरहेका छन्।

कुन कम्पनीले कति पठाए? 

आपूर्ति विवरणअनुसार सबैभन्दा बढी सिलिन्डर नेपाल ग्यास उद्योग (बालाजु) ले १० हजार ३० वटा बजारमा पठाएको छ। त्यसपछि श्री ग्यास उद्योगले ४ हजार ४९८, एभरेष्ट ग्यासले ४ हजार २६ र सीता श्री ग्यासले ३ हजार ४२२ वटा सिलिन्डर वितरण गरेका छन्।

त्यसैगरी सगरमाथा ग्यासले ३ हजार २१७, उग्रचण्डी ग्यासले ३ हजार ४२२, सूर्य ग्यासले २ हजार ६६१, सुगम ग्यासले २ हजार ८२० र मेट्रो काठमाडौं ग्यासले २ हजार ४४८ वटा सिलिन्डर पठाएका छन्।

ओम ग्यासले १ हजार ८१५, श्रीकृष्ण ग्यासले १ हजार ८१०, हिमालय पेट्रो केमिकल्सले ३ हजार १०४ र साई बाबा ग्यासले २ हजार ४५० वटा सिलिन्डर वितरण गरेका छन्। भानु ग्यासले ९५५ र गीता ग्यासले ५७४ वटा सिलिन्डर बजारमा पठाएको निगमले जनाएको छ। बाबा ग्यास, गौरी शंकर, केब्सन्स र मनोज ग्यासले पनि आपूर्ति गरेका छन्।

निगमका अनुसार दैनिक मागभन्दा बढी परिमाणमा ग्यास बजारमा पठाइएकाले अभावको समस्या क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ। तर उपभोक्ताले भने बजारमा अझै पनि लाइन बस्नुपर्ने र सहज रूपमा ग्यास नपाइने गुनासो गरिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: