काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलीकप्टरमा सवार इरानका राष्ट्रपति र विदेशमन्त्रीसहित सबैको मृत्यु भएको तास्निम न्यूज एजेन्सीले उल्लेख गरेको छ ।
यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए ।
उद्धार टिमले हेलिकप्टरको पुच्छर पहाडमा ठोक्किएर खसेको अवस्थामा भेटिएको बताएका छन् ।
राष्ट्रपतिको मृत्यु भएको पुष्टि
राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमीर अब्दोल्लाहियनको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले इरानका एक उच्च अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति र विदेशमन्त्री लगायत उक्त दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार व्यक्तिको मृत्युको पुष्टि गरेको हो।
“राष्ट्रपति रइसी, विदेशमन्त्री र हेलिकोप्टरमा सवार सबै यात्रु दुर्घटनामा मारिएका छन्,” विषयको संवेदनशीलताका कारण पहिचान नखुलाएका ती अधिकारीले भने। इरान अजरबैजान सीमा क्षेत्रबाट इरानको पश्चिम उत्तरमा अवस्थित तब्रिज शहरतर्फ जाने क्रममा रइसी लगायत सवार हेलिकोप्टर आइतबार बाक्लो हुस्सुका कारण दुर्घटनाग्रस्त भएको थियो। पहाडी क्षेत्र र प्रतिकूल मौसमका कारण दुर्घटनास्थल पहिल्याउन हम्मेहम्मे परेको थियो।
रोयटर्सका अनुसार राष्ट्रपति सवार हेलिकोप्टर जलेर पूर्णतः नष्ट भएको छ । ६३ वर्षीय रइसी सन् २०२१ मा इरानका राष्ट्रपति निर्वाचित भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - २१:४०
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि चुनाव...
फाल्गुन १७ गते, २०८२ - २१:०६
काठमाडौं । नेपाली सेनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। जनसम्पर्क तथा ...
फाल्गुन १७ गते, २०८२ - २१:०१
काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, ...
फाल्गुन १७ गते, २०८२ - २०:५८
काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वार...
फाल्गुन १७ गते, २०८२ - २०:४९
काठमाडाैं । पश्चिम एसियामा अवस्थित इरान (सन् १९३५ सम्म पर्सिया) विश्वका पुराना सभ्यतामध्ये एक मानिन्छ। करिब ९ करोडभन्दा बढी जनसंख्या भएको यो देश नेपाल...
फाल्गुन १७ गते, २०८२ - २०:२४
काठमाडौं । इरानले गरेको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानको मिसाइल आक्रमणबाट एक नेपालीसहित तीन जनाको ...
फाल्गुन १७ गते, २०८२ - १८:३९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता ...
फाल्गुन १७ गते, २०८२ - १८:३७
सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । आइतबार बिहानदेखि नेपाली सेनाक...
फाल्गुन १७ गते, २०८२ - १८:३४
काठमाडौं । नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी र मतप...
फाल्गुन १६ गते, २०८२ - २२:५४
तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...



प्रतिकृया लेख्नुहोस्: