झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विजय वा पराजय एमालेको मात्र नभई सिङ्गो देशकै जित वा हारसँग जोडिएको बताएका छन्।
झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकाको गेउरियामा आयोजित चुनावी कोणसभा तथा मोटरसाइकल र्याली उद्घाटन गर्दै भट्टराईले ओलीको नेतृत्वमा मात्रै नेपाली राष्ट्रियता र स्वाभिमान सुरक्षित रहने दाबी गरे। उनले ओलीको हार नेपाली जनताको पहिचान र गौरव कमजोर हुनु सरह हुने उल्लेख गर्दै राष्ट्रवादी शक्तिलाई विजयी गराउन आह्वान गरे।
भट्टराईले झापालाई नेपाली कम्युनिस्ट आन्दोलनको पवित्र स्थलका रूपमा स्मरण गर्दै यस जिल्लाले आन्दोलनलाई पुनर्जीवन दिने भूमिका खेलेको बताए। यहाँबाट प्रवाह हुने सन्देशले देशव्यापी अर्थ राख्ने उनको भनाइ थियो।
उनले झापा क्षेत्र नम्बर ५ मा भएको विकासको मोडेल देशभरकै लागि नमुना रहेको दाबी गर्दै यस क्षेत्रका मतदाताले पुन: राष्ट्रवादी नेतृत्वलाई नै रोज्नेमा आफू विश्वस्त रहेको बताए। एमालेले अहिले राष्ट्रवादी शक्तिको नेतृत्व गरिरहेकाले देशहितका लागि ओलीको जित अपरिहार्य रहेको उनको तर्क थियो।
पार्टीभित्रको आन्तरिक विषय र जिम्मेवारी बाँडफाँडबारे अहिले बहस गर्ने समय नभएको उल्लेख गर्दै उनले सबै नेता तथा कार्यकर्तालाई एकढिक्का भएर चुनावी मैदानमा होमिन निर्देशन दिए। संगठन, संसद् वा स्थानीय तह जहाँ रहे पनि आ–आफ्नो स्थानबाट पार्टीलाई जिताउन लाग्नुपर्नेमा उनले जोड दिए।
भट्टराईले अहिलेको मुख्य आवश्यकता आपसी मतभेद त्यागेर एमालेलाई पहिलो शक्ति बनाउनु र नेपालीत्वको झण्डा उँचो राख्नु नै रहेको स्पष्ट पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १७:११
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...
बैशाख ४ गते, २०८३ - १७:०६
वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...
बैशाख ४ गते, २०८३ - १६:५६
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...
बैशाख ४ गते, २०८३ - १६:४०
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...
बैशाख ४ गते, २०८३ - १६:२४
काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...
बैशाख ४ गते, २०८३ - १६:१५
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...
बैशाख ४ गते, २०८३ - १६:०८
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...
बैशाख ४ गते, २०८३ - १५:५४
काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...
बैशाख ४ गते, २०८३ - १५:३६
काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...
बैशाख ४ गते, २०८३ - १५:१९
तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...


प्रतिकृया लेख्नुहोस्: