Ntc summer Offer
Khabar Dabali २६ माघ २०८१ शनिबार | 8th February, 2025 Sat
Investment bank

गृहमन्त्रीले गगनलक्षित गर्दै ‘देशको सूचना बेचेको’ भन्ने आरोप प्रमाणित नगरे कांग्रेसले राजीनामा माग्ने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापा लक्षित देशको सूचना बेचेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लगाएको आरोप पुष्टि नगरे राजीनामा माग्ने भएको छ। 

आइतबार गृहमन्त्री लामिछानेले प्रतिनिधि सभा बैठकमा  देशको सूचना बेच्ने देशको मन्त्री होस् कि पार्टीको महामन्त्री सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्नेु भनेका थिए।

गृहमन्त्री लामिछानेका यी भनाइ अराजनीतिक, गैरजिम्मेवार, आपत्तिजनक र निन्दनीय भएको भन्दै कांग्रेसले कि यो आरोप प्रमाणित गर्न कि गृहमन्त्री हटाउन माग गर्ने भएको छ।

सोमबार कान्तिपुर टेलिभिजनको ुफायरसाइडु कार्यक्रममा बोल्दै कांग्रेस नेता कृष्ण सिटौलाले गृहमन्त्री लामिछानेका भनाइ कि प्रमाणित गर्न, कि उनलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई कांग्रेसले माग गर्ने बताएका हुन्।

उनले भनेका छन्- गृहमन्त्रीको राजीनामाबारे हामी प्रधानमन्त्रीसँग कुरा गर्छौं। हाम्रो प्रश्न प्रधानमन्त्रीसँग छ। के सरकारले कांग्रेसलाई हेर्ने दृष्टिकोण यही हो? हामी चुनौती दिएर भन्न चाहन्छौं, कि यसलाई प्रमाणित गर कि गृहमन्त्री हटाऊ। के कांग्रेस सूचना बेच्ने हो? प्रधानमन्त्रीले देशलाई कता लैजान खोजेको होरु हामी गृहमन्त्री जान्दैनौं अब। उहाँ (गृहमन्त्री) ले सोची, सम्झी, लिखित रूपमा आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसमाथि यस्तो संघीन आरोप लगाउने आधार कहाँबाट पाउनुभयो।

आज आएर गृहमन्त्रीले यस्तो भन्नु खेदपूर्ण रहेको पनि उनले बताए।

उनले थप भने- कहाँ उभिएर बोल्दै हुनुहुन्छ उहाँ। मजाकमा केटाकेटी खेले जस्तो बोल्नुभएको छ। यसले गम्भीर मोड लिन्छ। हामीले संसदीय दलबाट सोमबार निर्णय गरिसकेका छौं। पर्सि कार्य समितिबाट निर्णय गर्छौं। गृहमन्त्री लामिछानेले जुन आरोप कांग्रेस र कांग्रेस साथीहरूमाथि सांकेतिक रूपमा लगाउनुभएको छ, हामी चुनौती दिन्छौं, त्यो प्रमाणित गरेर देखाउनुस्।

लामिछानेले गृहमन्त्री पदको दुरूपयोग गरेको भन्दै सिटौलाले उनका अभिव्यक्ति गलत, झुटा, असत्य र भ्रामक भएको बताएका छन्।

उनले भने- पञ्चायतमा पनि कुनै कम्युनिस्ट, कांग्रेसविरूद्ध गृहमन्त्रीहरू यसरी प्रस्तुत भएका थिएनन्। राजा महेन्द्रले कांग्रेसमाथि यति ठूलो आरोप लगाउन सकेनन्। राजा ज्ञानेन्द्रका पालामा गृहमन्त्री कमल थापाले पनि यस्तो संघीन आरोप लगाएर कहिल्यै बोलेनन्। यस्तो उत्तेजित र हिंस्रक आरोप लाएनन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै

भोजपुर । खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो ।  यो सडकखण्डको करिब २५ किलो...

ड्युटीमै रहेका बेला श्वास लिन समस्या भएपछि अस्पताल पुर्‍याइयो तर उठेनन् असई चमार

महोत्तरी । महोत्तरीको जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ।  ...

जसपा नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ ।  पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनता...

कालीमाटीमा आज तोरीको साग प्रतिकेजी २५ रुपैयाँ, अरु तरकारीको मुल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थ...

झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

सिन्धुली । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ ।  विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा ...

आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रि...

प्रचण्डलाई एमालेको प्रतिप्रश्न- असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा असन्तुलित अभिव्यक्ति दिएको...

अन्तरजातीय जोडीमाथि राज्यसंयन्त्रबाटै अत्याचार, गृहमन्त्रीविरुद्धको जाहेरी लिएन प्रहरीले

काठमाडौं । अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध सडकदेखि...

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बैठक सुरू हुनेछ।  आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ। बैठकमा...

६ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy