Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

रवि लामिछाने र गगन थापाबीचको आरोप प्रत्यारोप : राजनीतिक दाउपेच कि लोकरिझ्याइँ ?

खबरडबली संवाददाता

काठमाडौं । कुनै बेला सौहार्दपूर्ण सम्बन्धमा रहेको देखिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच पछिल्ला दिनहरूमा सार्वजनिक रूपमै आरोपप्रत्यारोप भइरहेको छ।

उनीहरूले यसअघि विभिन्न माध्यमबाट सार्वजनिक रूपमा बताएअनुसार लामिछाने र थापाबीच पहिले मित्रवत् र घनिष्ठ सम्बन्ध थियो। यी दुईले अढाइ दशकअघि एकै समयमा रेडियोहरूमा कार्यक्रम प्रस्तोताका रूपमा कामसमेत गरेका थिए।

थापाले विद्यार्थी राजनीति हुँदै नेपालको सबैभन्दा पुरानो मध्येको एक दल नेपाली कांग्रेसमा राजनीतिक यात्रा अघि बढाए। लामिछाने चाहिँ दुई वर्ष अघिसम्म सञ्चारकर्ममा नै थिए।

त्यसअघि उनले केही वर्ष अमेरिकामा बिताए र त्यहाँको स्थायी बसोबासको अनुमतिपत्र पनि लिए। हाल उनले त्यस्तो अनुमतिपत्र फिर्ता गरिसकेका छन्।

विसं २०७९ असार ७ गते लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि पनि थापा र उनीबीच निकटता कायमै रहेको बताइन्थ्यो।

पछिल्लो आम निर्वाचनमा लामिछानेले "गगन जस्तो मान्छेले चुनाव जित्नुपर्छ" भन्दै सहयोग गरेको भन्ने चर्चाहरू पनि चलेका थिए।

हालै हिमालय टेलिभिजनबाट प्रसारण हुने एउटा कार्यक्रमलाई दिएको अन्तर्वातामा थापाले पनि त्यसलाई पूर्णत: अस्वीकार गरेका छैनन्।

उनले आफूले अढाइ दशकअघि आफ्नो 'सिनियर'का रूपमा लामिछानेलाई लिएको र अहिले पनि "दाई" भनेर सम्बोधन गर्ने गरेको उक्त कार्यक्रममा बताएका छन्।

रविले पनि कैयौँ पटक सार्वजनिक रूपमा नै 'थापा जस्तो युवा नेता नेपालको राजनीतिमा हुनुपर्ने' भन्दै उनको प्रशंसा पनि गरेका थिए।

यद्यपि पछिल्ला दिनहरूमा यी दुई नेताहरू एक अर्काप्रति निकै कडा र तिखा शब्द व्यक्त गर्दै आरोपप्रत्यारोपमा उत्रिएका छन्।

कतिपय विश्लेषकहरू त्यसलाई "दुवै नेताहरूले आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने प्रयासस्वरूप लोकरिझ्याइँको प्रयासका लागि गरिएका क्रियाकलाप"का रूपमा लिन्छन्।

रवि र गगन निकटहरू भने पछिल्ला कतिपय गतिविधिले दुई नेताबीच टकरावको स्थिति देखिए पनि त्यो "व्यक्तिगत विषय नभएको" बताउँछन्।

किन एकअर्काविरुद्ध बोल्न थाले?

पछिल्लो आम चुनावलगत्तै एमालेको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बनेका लामिछाने नागरिकता विवादमा परे।

उनको सांसद् पद गयो र उनको क्षेत्रसहित कुल तीन क्षेत्रमा उपचुनाव हुने भयो। त्यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जितेको तनहुँ-१ बाट कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले उम्मेद्वार बनेका थिए।

त्यस बेला कांग्रेस महामन्त्री थापाले चुनावी सभाहरूमा लामिछाने र वाग्लेलाई कटाक्ष गर्ने खालका टिप्पणीहरू गरेका थिए। चुनावी सभाहरूमा लामिछानेले पनि कांग्रेस र थापालाईसमेत लक्षित गर्दै कतिपय आरोपहरू लगाएका थिए।

तर रवि र वाग्ले दुवै चुनावमा विजयी भएपछि पनि थापा र लामिछानेबीच खासै टकरावको अवस्था देखा परेको थिएन। यसबीचमा रवि लामिछाने सञ्चारकर्मी रहेका बेलामा केही सहकारीहरूको रकम हिनामिना भएको र त्यसमा उनी संलग्न भएको भन्ने आरोपहरू सहितका खबरहरू आउन थाले।

ती विवरणहरू आएपछि भने गगन थापाले त्यसबारे संसद्‌ र बाहिर पनि कुरा उठाउन थालेका थिए। गत फागुनमा प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासहितसँग नयाँ समीकरण बनाएपछि लामिछाने उपप्रधान र गृहमन्त्री बने।

त्यसपछि भने विशेषगरी नेपाली कांग्रेस र सत्ताधारी दलहरू आमनेसामने भए। लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएकाले कांग्रेसले त्यसलाई संसद्‌मा उठाउने मुख्य विषय बनायो र उनीमाथि संसदीय छानबिन समिति बन्नुपर्ने माग राख्यो।

सोही माग राखेर कांग्रेसले हिउँदे अधिवेशनबाटै संसद्‌मा निरन्तर अवरोध गर्दै आएको छ। यस बीचमा संसद्‌मा बोल्दा थापाले रवि लामिछानेलाई प्रत्यक्ष रूपमा आरोप लगाए र उनीमाथ कैयौँ प्रश्नहरू तेर्‍याए।

त्यसै क्रममा वैशाख अन्तिम साता प्रतिनिधिसभामा बोल्दै थापाले 'लामिछानेले आफूविरुद्ध कतै अभियोजन भएको छैन भन्दै झूट बोलेको' आरोप लगाएका थिए।

उनले "सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौँ?" भनेका थिए। त्यसको प्रतिउत्तरमा लामिछानेले थापाले त्यस्तो प्रमाण दिए राजनीति नै छाडिदिने बताए।

उनले भनेका थिए, "मैले लोन माग्नका लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि! त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ।"

सदनमा रविको झटारो, बाहिर गगनको प्रत्युत्तर

रवि र गगनबीचको टकरावको पछिल्लो घटनाका रूपमा आइतवार लामिछानेले प्रतिनिधिसभामा बोल्ने क्रममा थापालाई लक्षित गर्दै दिएका अभिव्यक्ति र लगत्तै पत्रकार सम्मेलन गरी थापाले गरेको प्रतिवादलाई लिइएको छ।

रवि लामिछानेले सदनमा बोल्दै "आफूजस्तै ‘व्यक्ति केन्द्रित’ आरोप अन्य कैयौँ नेताहरूलाई पनि लागिरहेको भन्दै आरोपकै भरमा संसदीय छानबिन समिति गठन गर्ने निर्णयले गलत नजिर स्थापित गर्ने" टिप्पणी गरेका थिए।

उनी त्यस क्रममा आफूलाई "तल्लो स्तरमा झरेर" अभिव्यक्ति दिन बाध्य पारिएको भन्दै विशेषगरी गगनविरुद्ध आक्रामक ढङ्गले प्रस्तुत भएका थिए।

त्यसलगत्तै थापाले संसद् भवनमै पत्रकार सम्मेलन गरेर लामिछानेलाई उनले आफूलाई लगाएका हरेक आरोपहरूको छानबिन गर्न चुनौती दिए। उनले आफू थापाथलीस्थित प्रसूतिगृहमा जन्मिएको भन्दै "प्रसूतिगृहबाटै छानबिन सुरु गर्न" लामिछानेलाई चुनौती दिएका थिए।

लामिछानेले सबै काण्डहरू छानबिन गर्ने संसद्‌मा बताएका थिए। यद्यपि उनले उदाहरणका रूपमा प्रस्तुत गरेका अधिकांश विषयहरूमा प्रतिपक्षी कांग्रेसका नेताहरूको नाम जोडिएका मात्र थिए।

त्यसको प्रतिउत्तर दिँदै थापाले भने, "…सबै खोल्नुस् छानबिन गर्नुस्, न धम्क्याउनुस्, न तर्साउनुस् र न अल्मल्याउनुस् पनि।"

सदनमा बोल्दै लामिछानेले नेपाली कांग्रेसले कुनै बेला आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको दाबी दोहोर्‍याएका थिए। उनले "प्रधानमन्त्री बन्न नैतिक प्रश्न नउठ्ने गृहमन्त्री हुन नैतिक प्रश्न उठ्ने" भन्ने प्रश्न गरेका थिए।

त्यसको प्रत्युत्तर आफूले कांग्रेस सभापति शेरबहादुर देउवाबाट खोजेको बताउँदै उनले भनेका थिए "प्रधानमन्त्री बन्न गरेको प्रस्तावको म्याद सकियो कि बाँकी छ?"

थापाले उनको त्यो प्रश्नको उत्तर दिँदै कांग्रेसले त्यस्तो प्रस्ताव नगरेको बरु रास्वपामा गएका नेपाली कांग्रेसकै पूर्व सदस्यले "लोकतान्त्रिक गठबन्धन" बनाउनका निम्ति भन्दै प्रस्ताव लिएर आएको बताए।

त्यसबारे बीबीसीले रास्वपा नेता स्वर्णिम वाग्लेलाई सोध्दा उनले "लोकतान्त्रिक गठबन्धनका लागि आफूले नेपाली कांग्रेसका नेताहरूलाई नभेटेको पनि र फोन पनि नगरेको" बताए। उनले कसैले त्यस्तो प्रमाण लिएर आए आफूले "राजनीति नै छाडिदिने" बताए।

आरोप प्रत्यारोप किन?

युवा नेताका रूपमा नेपालमा चर्चित रवि र गगनबीचको आरोपप्रत्यारोपलाई कतिपयले संसारभरि बढेको 'लोकरिझ्याइँको राजनीति'को सन्दर्भमा राखेर हेर्नुपर्ने ठानेका छन्।

उनीहरूका भनाइमा "जति चर्को स्वरमा अर्कोविरुद्ध बोल्यो त्यति नै राजनीति सुरक्षित हुने" मानसिकताका कारण उनीहरूले त्यस्तो गरेका हुन सक्छन्। यद्यपि रवि र गगननिकट नेताहरू चाहिँ अहिलेको टकराव व्यक्तिगत नभएको दाबी गर्छन्।

प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, "हाम्रो सभापतिलाई चाहिँ व्यक्तिगत रूपमा घेराबन्दी गर्ने प्रयत्न भएको हो तर राजनीतिलाई हामी त्यता जान दिँदैनौँ।"

उनले लामिछानेले सदनमा बोल्न माग्दा पनि बोल्न नदिइएको र लामो समयपछि बोल्ने अवसर पाउँदा उदाहरणका रूपमा मात्र केही विवादका विषयहरूलाई उल्लेख गरेको बताए।

त्यो कसैप्रति पूर्वाग्रह राखेर भन्दा पनि विषयगत रूपमा उठाइएको परियारको दाबी छ। गगन निकट मानिने कांग्रेस सांसद् प्रतिमा गौतमले पनि थापाले आफ्नो दलको निर्णय अनुसार सहकारी पीडितको आवाज बोलेको र त्यो कुनै पनि हिसाबले व्यक्तिगत प्रतिशोधको विषय नभएको बताइन्।

उनले भनिन्, "यो गगनजीको व्यक्तिगत कुरा होइन। कांग्रेसको निर्णय र लाखौँ सहकारी पीडितको आवाज हो। तर यसलाई व्यक्तिगत हो भन्ने खालको भाष्य बनाउन खोजिएको मात्र हो।"

उनले पार्टीको बैठक अनुसार थापाले महामन्त्रीका रूपमा कुराहरू राखेको बताउँदै त्यो पदमा अरु कोही भएको भए पनि यस्तै कुरा त्यो व्यक्तिले उठाउने अवस्था हुने बताइन्।

एकजना राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलका भनाइमा दुई चर्चित नेताहरूको आरोपप्रत्यारोप हेर्दा त्यसले "आफू माथि जानलाई अर्कोलाई तल देखाउने प्रवृत्ति हाबी भएको" देखिएको बताए।

उनले भने, "तर अर्काको कद होचो पार्‍यो भने म स्वत: माथि हुन्छु भन्ने राजनीति प्रत्युत्पादक नै हुन्छ जस्तो लाग्छ। राजनीतिलाई सङ्लो पारेर लाने भन्दा पनि अर्काका विरुद्ध ठूलो स्वरले बोल्न सक्ने नै ठूलो हुन्छ भन्ने गलत अभ्यास आउन थाल्यो।"

उनले रास्वपा रवि लामिछानेमै केन्द्रित भएर गठन भएको दल भएकाले पनि उक्त दललाई कसैले प्रश्न गर्दा त्यो व्यक्तिगत हो भन्ने ठानिने पनि देखिएको बताए।

गगनका हकमा भने "रविसँग भिडाएर उनको राजनीति नै गिराउने खेल भैरहेको हो कि?" भन्ने शङ्का पनि उनले व्यक्त गरे। तर यस्तो खालको राजनीतिले मुलुकको हित नगर्ने पोखरेलको भनाइ छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending