Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८२ बिहीबार | 15th May, 2025 Thu
Investment bank

रवि लामिछाने र गगन थापाबीचको आरोप प्रत्यारोप : राजनीतिक दाउपेच कि लोकरिझ्याइँ ?

खबरडबली संवाददाता

काठमाडौं । कुनै बेला सौहार्दपूर्ण सम्बन्धमा रहेको देखिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच पछिल्ला दिनहरूमा सार्वजनिक रूपमै आरोपप्रत्यारोप भइरहेको छ।

उनीहरूले यसअघि विभिन्न माध्यमबाट सार्वजनिक रूपमा बताएअनुसार लामिछाने र थापाबीच पहिले मित्रवत् र घनिष्ठ सम्बन्ध थियो। यी दुईले अढाइ दशकअघि एकै समयमा रेडियोहरूमा कार्यक्रम प्रस्तोताका रूपमा कामसमेत गरेका थिए।

थापाले विद्यार्थी राजनीति हुँदै नेपालको सबैभन्दा पुरानो मध्येको एक दल नेपाली कांग्रेसमा राजनीतिक यात्रा अघि बढाए। लामिछाने चाहिँ दुई वर्ष अघिसम्म सञ्चारकर्ममा नै थिए।

त्यसअघि उनले केही वर्ष अमेरिकामा बिताए र त्यहाँको स्थायी बसोबासको अनुमतिपत्र पनि लिए। हाल उनले त्यस्तो अनुमतिपत्र फिर्ता गरिसकेका छन्।

विसं २०७९ असार ७ गते लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि पनि थापा र उनीबीच निकटता कायमै रहेको बताइन्थ्यो।

पछिल्लो आम निर्वाचनमा लामिछानेले "गगन जस्तो मान्छेले चुनाव जित्नुपर्छ" भन्दै सहयोग गरेको भन्ने चर्चाहरू पनि चलेका थिए।

हालै हिमालय टेलिभिजनबाट प्रसारण हुने एउटा कार्यक्रमलाई दिएको अन्तर्वातामा थापाले पनि त्यसलाई पूर्णत: अस्वीकार गरेका छैनन्।

उनले आफूले अढाइ दशकअघि आफ्नो 'सिनियर'का रूपमा लामिछानेलाई लिएको र अहिले पनि "दाई" भनेर सम्बोधन गर्ने गरेको उक्त कार्यक्रममा बताएका छन्।

रविले पनि कैयौँ पटक सार्वजनिक रूपमा नै 'थापा जस्तो युवा नेता नेपालको राजनीतिमा हुनुपर्ने' भन्दै उनको प्रशंसा पनि गरेका थिए।

यद्यपि पछिल्ला दिनहरूमा यी दुई नेताहरू एक अर्काप्रति निकै कडा र तिखा शब्द व्यक्त गर्दै आरोपप्रत्यारोपमा उत्रिएका छन्।

कतिपय विश्लेषकहरू त्यसलाई "दुवै नेताहरूले आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने प्रयासस्वरूप लोकरिझ्याइँको प्रयासका लागि गरिएका क्रियाकलाप"का रूपमा लिन्छन्।

रवि र गगन निकटहरू भने पछिल्ला कतिपय गतिविधिले दुई नेताबीच टकरावको स्थिति देखिए पनि त्यो "व्यक्तिगत विषय नभएको" बताउँछन्।

किन एकअर्काविरुद्ध बोल्न थाले?

पछिल्लो आम चुनावलगत्तै एमालेको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बनेका लामिछाने नागरिकता विवादमा परे।

उनको सांसद् पद गयो र उनको क्षेत्रसहित कुल तीन क्षेत्रमा उपचुनाव हुने भयो। त्यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जितेको तनहुँ-१ बाट कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले उम्मेद्वार बनेका थिए।

त्यस बेला कांग्रेस महामन्त्री थापाले चुनावी सभाहरूमा लामिछाने र वाग्लेलाई कटाक्ष गर्ने खालका टिप्पणीहरू गरेका थिए। चुनावी सभाहरूमा लामिछानेले पनि कांग्रेस र थापालाईसमेत लक्षित गर्दै कतिपय आरोपहरू लगाएका थिए।

तर रवि र वाग्ले दुवै चुनावमा विजयी भएपछि पनि थापा र लामिछानेबीच खासै टकरावको अवस्था देखा परेको थिएन। यसबीचमा रवि लामिछाने सञ्चारकर्मी रहेका बेलामा केही सहकारीहरूको रकम हिनामिना भएको र त्यसमा उनी संलग्न भएको भन्ने आरोपहरू सहितका खबरहरू आउन थाले।

ती विवरणहरू आएपछि भने गगन थापाले त्यसबारे संसद्‌ र बाहिर पनि कुरा उठाउन थालेका थिए। गत फागुनमा प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासहितसँग नयाँ समीकरण बनाएपछि लामिछाने उपप्रधान र गृहमन्त्री बने।

त्यसपछि भने विशेषगरी नेपाली कांग्रेस र सत्ताधारी दलहरू आमनेसामने भए। लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएकाले कांग्रेसले त्यसलाई संसद्‌मा उठाउने मुख्य विषय बनायो र उनीमाथि संसदीय छानबिन समिति बन्नुपर्ने माग राख्यो।

सोही माग राखेर कांग्रेसले हिउँदे अधिवेशनबाटै संसद्‌मा निरन्तर अवरोध गर्दै आएको छ। यस बीचमा संसद्‌मा बोल्दा थापाले रवि लामिछानेलाई प्रत्यक्ष रूपमा आरोप लगाए र उनीमाथ कैयौँ प्रश्नहरू तेर्‍याए।

त्यसै क्रममा वैशाख अन्तिम साता प्रतिनिधिसभामा बोल्दै थापाले 'लामिछानेले आफूविरुद्ध कतै अभियोजन भएको छैन भन्दै झूट बोलेको' आरोप लगाएका थिए।

उनले "सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौँ?" भनेका थिए। त्यसको प्रतिउत्तरमा लामिछानेले थापाले त्यस्तो प्रमाण दिए राजनीति नै छाडिदिने बताए।

उनले भनेका थिए, "मैले लोन माग्नका लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि! त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ।"

सदनमा रविको झटारो, बाहिर गगनको प्रत्युत्तर

रवि र गगनबीचको टकरावको पछिल्लो घटनाका रूपमा आइतवार लामिछानेले प्रतिनिधिसभामा बोल्ने क्रममा थापालाई लक्षित गर्दै दिएका अभिव्यक्ति र लगत्तै पत्रकार सम्मेलन गरी थापाले गरेको प्रतिवादलाई लिइएको छ।

रवि लामिछानेले सदनमा बोल्दै "आफूजस्तै ‘व्यक्ति केन्द्रित’ आरोप अन्य कैयौँ नेताहरूलाई पनि लागिरहेको भन्दै आरोपकै भरमा संसदीय छानबिन समिति गठन गर्ने निर्णयले गलत नजिर स्थापित गर्ने" टिप्पणी गरेका थिए।

उनी त्यस क्रममा आफूलाई "तल्लो स्तरमा झरेर" अभिव्यक्ति दिन बाध्य पारिएको भन्दै विशेषगरी गगनविरुद्ध आक्रामक ढङ्गले प्रस्तुत भएका थिए।

त्यसलगत्तै थापाले संसद् भवनमै पत्रकार सम्मेलन गरेर लामिछानेलाई उनले आफूलाई लगाएका हरेक आरोपहरूको छानबिन गर्न चुनौती दिए। उनले आफू थापाथलीस्थित प्रसूतिगृहमा जन्मिएको भन्दै "प्रसूतिगृहबाटै छानबिन सुरु गर्न" लामिछानेलाई चुनौती दिएका थिए।

लामिछानेले सबै काण्डहरू छानबिन गर्ने संसद्‌मा बताएका थिए। यद्यपि उनले उदाहरणका रूपमा प्रस्तुत गरेका अधिकांश विषयहरूमा प्रतिपक्षी कांग्रेसका नेताहरूको नाम जोडिएका मात्र थिए।

त्यसको प्रतिउत्तर दिँदै थापाले भने, "…सबै खोल्नुस् छानबिन गर्नुस्, न धम्क्याउनुस्, न तर्साउनुस् र न अल्मल्याउनुस् पनि।"

सदनमा बोल्दै लामिछानेले नेपाली कांग्रेसले कुनै बेला आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको दाबी दोहोर्‍याएका थिए। उनले "प्रधानमन्त्री बन्न नैतिक प्रश्न नउठ्ने गृहमन्त्री हुन नैतिक प्रश्न उठ्ने" भन्ने प्रश्न गरेका थिए।

त्यसको प्रत्युत्तर आफूले कांग्रेस सभापति शेरबहादुर देउवाबाट खोजेको बताउँदै उनले भनेका थिए "प्रधानमन्त्री बन्न गरेको प्रस्तावको म्याद सकियो कि बाँकी छ?"

थापाले उनको त्यो प्रश्नको उत्तर दिँदै कांग्रेसले त्यस्तो प्रस्ताव नगरेको बरु रास्वपामा गएका नेपाली कांग्रेसकै पूर्व सदस्यले "लोकतान्त्रिक गठबन्धन" बनाउनका निम्ति भन्दै प्रस्ताव लिएर आएको बताए।

त्यसबारे बीबीसीले रास्वपा नेता स्वर्णिम वाग्लेलाई सोध्दा उनले "लोकतान्त्रिक गठबन्धनका लागि आफूले नेपाली कांग्रेसका नेताहरूलाई नभेटेको पनि र फोन पनि नगरेको" बताए। उनले कसैले त्यस्तो प्रमाण लिएर आए आफूले "राजनीति नै छाडिदिने" बताए।

आरोप प्रत्यारोप किन?

युवा नेताका रूपमा नेपालमा चर्चित रवि र गगनबीचको आरोपप्रत्यारोपलाई कतिपयले संसारभरि बढेको 'लोकरिझ्याइँको राजनीति'को सन्दर्भमा राखेर हेर्नुपर्ने ठानेका छन्।

उनीहरूका भनाइमा "जति चर्को स्वरमा अर्कोविरुद्ध बोल्यो त्यति नै राजनीति सुरक्षित हुने" मानसिकताका कारण उनीहरूले त्यस्तो गरेका हुन सक्छन्। यद्यपि रवि र गगननिकट नेताहरू चाहिँ अहिलेको टकराव व्यक्तिगत नभएको दाबी गर्छन्।

प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, "हाम्रो सभापतिलाई चाहिँ व्यक्तिगत रूपमा घेराबन्दी गर्ने प्रयत्न भएको हो तर राजनीतिलाई हामी त्यता जान दिँदैनौँ।"

उनले लामिछानेले सदनमा बोल्न माग्दा पनि बोल्न नदिइएको र लामो समयपछि बोल्ने अवसर पाउँदा उदाहरणका रूपमा मात्र केही विवादका विषयहरूलाई उल्लेख गरेको बताए।

त्यो कसैप्रति पूर्वाग्रह राखेर भन्दा पनि विषयगत रूपमा उठाइएको परियारको दाबी छ। गगन निकट मानिने कांग्रेस सांसद् प्रतिमा गौतमले पनि थापाले आफ्नो दलको निर्णय अनुसार सहकारी पीडितको आवाज बोलेको र त्यो कुनै पनि हिसाबले व्यक्तिगत प्रतिशोधको विषय नभएको बताइन्।

उनले भनिन्, "यो गगनजीको व्यक्तिगत कुरा होइन। कांग्रेसको निर्णय र लाखौँ सहकारी पीडितको आवाज हो। तर यसलाई व्यक्तिगत हो भन्ने खालको भाष्य बनाउन खोजिएको मात्र हो।"

उनले पार्टीको बैठक अनुसार थापाले महामन्त्रीका रूपमा कुराहरू राखेको बताउँदै त्यो पदमा अरु कोही भएको भए पनि यस्तै कुरा त्यो व्यक्तिले उठाउने अवस्था हुने बताइन्।

एकजना राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलका भनाइमा दुई चर्चित नेताहरूको आरोपप्रत्यारोप हेर्दा त्यसले "आफू माथि जानलाई अर्कोलाई तल देखाउने प्रवृत्ति हाबी भएको" देखिएको बताए।

उनले भने, "तर अर्काको कद होचो पार्‍यो भने म स्वत: माथि हुन्छु भन्ने राजनीति प्रत्युत्पादक नै हुन्छ जस्तो लाग्छ। राजनीतिलाई सङ्लो पारेर लाने भन्दा पनि अर्काका विरुद्ध ठूलो स्वरले बोल्न सक्ने नै ठूलो हुन्छ भन्ने गलत अभ्यास आउन थाल्यो।"

उनले रास्वपा रवि लामिछानेमै केन्द्रित भएर गठन भएको दल भएकाले पनि उक्त दललाई कसैले प्रश्न गर्दा त्यो व्यक्तिगत हो भन्ने ठानिने पनि देखिएको बताए।

गगनका हकमा भने "रविसँग भिडाएर उनको राजनीति नै गिराउने खेल भैरहेको हो कि?" भन्ने शङ्का पनि उनले व्यक्त गरे। तर यस्तो खालको राजनीतिले मुलुकको हित नगर्ने पोखरेलको भनाइ छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिश्रलाई ६० दिन नै हिरासतमा राख्ने सरकारको रणनीति, आपराधिक उपद्रवको मुद्दा पनि चलाइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले ६० दिन नै हिरासतमा राख्ने रणनीति लिएको छ । मिश्रविरुद्ध सातौँपटक ...

भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल

काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावको सन्दर्भमा अमेरिकाले दुवै देशलाई आ(आफूमाथि आक्रमण बन्द गर्न आग्रह गरेको छ।  अमेरिकी विदेश मन्त्रालयकी प्र...

सरकारले भन्यो- आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा छ

काठमाडौँ । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेप...

मेयरलाई विद्यार्थीको प्रश्न- हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

सर्लाही । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म बेहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छ...

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौँ । जसरी सानो ‘झिल्को’ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्क...

आज दिउँसो देशका यी स्थानमा पर्दैछ पानी

काठमाडौँ  । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको ...

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

म्याग्दी । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हि...

लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक ...

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन

काठमाडौँ । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली का...

कालीमाटीमा काउलीको मूल्य किलोमै २० रुपैयाँ बढ्यो, गोलभेँडा पनि महँगियो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending