एजेन्सी । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले सोमबार भारतको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने आफ्नो देशको प्रतिबद्धतालाई पुष्टि गर्दै एक जिम्मेवार छिमेकीको रूपमा कोलम्बोले कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न नदिने बताएका छन् ।
“हामीले स्पष्ट रूपमा भनेका छौँ कि हामी सबै देशसँग सहकार्य गर्न चाहन्छौँ तर भारतीय सुरक्षासम्बन्धी कुनै पनि चिन्तालाई उचित ध्यानमा राखिनेछ र कसैलाई पनि हानी गर्न दिनेछैनौँ, मन्त्री साब्रीले भने । “मलाई भर्खरै थाहा भयो कि चीन भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनेको छ त्यसैगरी हामी पनि सबैसँग काम गर्न चाहन्छौँ । म दोहोर्याउन चाहन्छु, एक जिम्मेवार छिमेकी र सभ्यताको साझेदारका रूपमा हामी भारतको वैध सुरक्षालाई हानी पुर्याउने कुनै पनि काम गर्दैनौँ”, उनले थप बताए ।
भारतमा चलिरहेको निर्वाचनको बारेमा सोधिएको प्रश्नमा मन्त्रीले यो अभ्यास लोकतन्त्रको उत्सव रहेको र श्रीलङ्काले चुनावको नतिजा जस्तोसुकै भए पनि भारतसँग मिलेर सहकार्य गर्ने बताए । “यो लोकतन्त्रको उत्सव हो, विश्वको सबैभन्दा ठुलो लोकतन्त्र । भारतीय जनता शिक्षित छन् । मलाई लाग्छ चुनाव आन्तरिक कुरा हो । यो जनताले निर्णय गर्नुपर्छ । हामी यसको शान्तिपूर्ण निष्कर्ष चाहन्छौँ र भारतीय जनताको निर्णयलाई आत्मसाथ गरेर अगाडी बढ्नेछौँ”, उनले भने ।
गत वर्ष भारतले श्रीलङ्काको बन्दरगाहमा जहाजको डकिङमा आफ्नो सुरक्षा चिन्ता व्यक्त गरेको थियो । “हाम्रो छिमेकीमा के हुन्छ, हाम्रो सुरक्षामा असर पार्ने कुनै पनि घटनाक्रम हाम्रो लागि चासोको विषय हो”, जयशंकरले नवौँ भारत–थाइल्यान्ड संयुक्त आयोगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: