एजेन्सी । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले सोमबार भारतको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने आफ्नो देशको प्रतिबद्धतालाई पुष्टि गर्दै एक जिम्मेवार छिमेकीको रूपमा कोलम्बोले कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न नदिने बताएका छन् ।
“हामीले स्पष्ट रूपमा भनेका छौँ कि हामी सबै देशसँग सहकार्य गर्न चाहन्छौँ तर भारतीय सुरक्षासम्बन्धी कुनै पनि चिन्तालाई उचित ध्यानमा राखिनेछ र कसैलाई पनि हानी गर्न दिनेछैनौँ, मन्त्री साब्रीले भने । “मलाई भर्खरै थाहा भयो कि चीन भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनेको छ त्यसैगरी हामी पनि सबैसँग काम गर्न चाहन्छौँ । म दोहोर्याउन चाहन्छु, एक जिम्मेवार छिमेकी र सभ्यताको साझेदारका रूपमा हामी भारतको वैध सुरक्षालाई हानी पुर्याउने कुनै पनि काम गर्दैनौँ”, उनले थप बताए ।
भारतमा चलिरहेको निर्वाचनको बारेमा सोधिएको प्रश्नमा मन्त्रीले यो अभ्यास लोकतन्त्रको उत्सव रहेको र श्रीलङ्काले चुनावको नतिजा जस्तोसुकै भए पनि भारतसँग मिलेर सहकार्य गर्ने बताए । “यो लोकतन्त्रको उत्सव हो, विश्वको सबैभन्दा ठुलो लोकतन्त्र । भारतीय जनता शिक्षित छन् । मलाई लाग्छ चुनाव आन्तरिक कुरा हो । यो जनताले निर्णय गर्नुपर्छ । हामी यसको शान्तिपूर्ण निष्कर्ष चाहन्छौँ र भारतीय जनताको निर्णयलाई आत्मसाथ गरेर अगाडी बढ्नेछौँ”, उनले भने ।
गत वर्ष भारतले श्रीलङ्काको बन्दरगाहमा जहाजको डकिङमा आफ्नो सुरक्षा चिन्ता व्यक्त गरेको थियो । “हाम्रो छिमेकीमा के हुन्छ, हाम्रो सुरक्षामा असर पार्ने कुनै पनि घटनाक्रम हाम्रो लागि चासोको विषय हो”, जयशंकरले नवौँ भारत–थाइल्यान्ड संयुक्त आयोगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: