काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा नेपाली सेनाका पेट्रोल पम्पमा काम गर्ने ३० जना कर्मचारीका लागि अग्नि सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको थियो । हिजो र आज गरी २ दिन चलेको तालिमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक सिप सिकाइएको थियो ।
कार्यक्रममा सहायक रथी किरण केसीले, अग्नि नियन्त्रणमा महानगरपालिकाले हासिल गरेको ज्ञान, सिप र अनुभवबाट नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरुलाई सम्भावित आगलागीको जोखिमबाट बचाउन मद्दत हुने धारणा राखे । कार्यक्रममा नगर प्रहरी उपरीक्षक विष्णु जोशीले, गैरप्राकृतिक विपत्तिबाट बचाउन मानवीय प्रयासले काम गर्ने बताए ।
तालिमका प्रशिक्षक नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईकाअनुसार अग्नि विज्ञान, घरेलु आगो र प्रतिकार्य, फायर इस्टिङ्ग्वीसरको चिनारी, यसलाई जडान गर्ने तथा प्रयोग गर्ने विधिका विषयमा सैद्धान्तिक ज्ञान दिइएको थियो । यस्तै तेलजन्य आगो नियन्त्रणमा व्ल्याङ्केटको प्रयोग गर्ने तरिका, एलपी ग्याँसमा लागेको आगो निभाउने ७ प्रकारका विधि, मिश्रित खालको आगो निभाउने तरिका, विपदसँग सम्बन्धित प्राविधिक शव्दावलीको प्रयोगात्मक अभ्यास गरिएको थियो ।
आगो सल्किएको माध्यम थाहा पाएपछि मात्र नियन्त्रणमा प्रयोग हुने बस्तु छनोट गर्न सकिने भएकोले आगो के मा लागेको छ, थाहा पाउनु पर्ने भट्टराईको सुझाव छ । आगो सल्किएको बस्तुसँगै आगोको मूल कहाँ हो, पत्ता लगाएर त्यहाँबाट नियन्त्रणको प्रयास थालनी गर्नुपर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: